काठमाडौं, २६ चैत । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य किरणले देशमा फासिवादी हैकम लागु भएको बताएका छन् । रेडियो मिर्मिरेको १२ औ वार्षिक उत्सवका अवसरमा सोमवार राजधानीको अनामनगरमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै महासचिव किरणले सो कुरा बताएका हुन् । सरकारले फासिवादको अभ्यासतिर अघि बढिरहेको भन्दै नेता किरणले त्यसको दृढतापूर्वक विरोध गर्ने […]
मुख्य विशेष
‘नेकपा र काङ्ग्रेस थारो गाइ हुन, थारो गाई ब्याउँदैन, देश चल्दैन’ – श्रेष्ठ
काठमाडौँ । सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले पहिचान र समृद्धि चाहने जनताका लागि कम्युनिष्ट र काङ्ग्रेसलाई हिन्दूवादीहरूले थारो गाईलाई गौमाता भनेर दानापानी खुवाए जस्तो भएको बताएका छन् । गोकर्णेश्वर नगरपालिकाको नगर स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा सहअध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले भने- ‘नेपालमा पुरानो ब्राण्ड भन्दै देशको विकास […]
प्रधानमन्त्री ओलीले नैतिकता र कानुनी घात गरेर सफेद घुस खाएः पूर्वसहायक रथी
काठमाडौं । नेपाली सेनाका पूर्व सहायक रथी डा. प्रेमसिंह बस्न्यातले प्रधानमन्त्री केपी शर्मा ओलीले सफेद रुपमा घुस खाएर घात गरेको बताएका छन् । एक अनलाइन टेलिभिजनसँग कुराकानी गर्दै बस्न्यातले रक्षामन्त्री र प्रधानमन्त्रीले सुरक्षा परिषदलाई वाइपास गरेर आफ्नो मनमौजी काममा सेना परिचालन गर्ने ध्येयका साथ विधेयक ल्याएको पनि आरोप लगाएका छन् । पूर्व सहायक रथी बस्न्यातले […]
सिकेलाई तेल, विप्लवलाई जेल र देशमा रेलको भेल
आज नेपालको राजनीतिक आकाशमा कालोबादल मडारिन थालेको छ । देश अग्रगमन र पश्चगमनको दोबाटोमा उभिएको छ । जनताको अधिकारहरु विस्तारै खोसीदै गएको छ । भ्रष्टाचार र बेथितीले देश आक्रान्त छ । यो बेला जनताको आक्रोसको भेल उर्लीए को कहाँ पुग्ने हुन ठेगान छैन । अबोध नेपालीहरुको रगतको आहलमा तैरीदै जन्मिएको नेपालको संविधान २०७२ ले देशलाई […]
क्रिष्टल हिमालमा हिमपहिरोमा परी ३ जना वेपत्ता, प्रहरी भन्छ उद्धारमा जान सकिन्न
डोल्पा, २२ चैत । डोल्पाको शे फोक्सुण्डो गाउँपालिकामा पर्ने क्रिष्टल हिमाल आरोहणका लागि गएको टोली हिमपहिरोमा परेर वेपत्ता भएको छ । हिमपहिरोमा परेको पाँच दिन बित्दा पनि अहिलेसम्म उद्धारका लागि कोही पुग्न सकेका छैनन । क्रिष्टल हिमाललाई दोस्रो कैलाश पर्वत मानिन्छ । हिउँ परेका बेला यो पर्वत घुम्दा पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वास रहेको छ […]
बारमा महासचिव बाहेक सबै पदमा वामपन्थी प्यानल विजयी
काठमाडौं, २१ चैत । नेपाल बार एशोसिएशनको अध्यक्षमा चण्डेश्वर श्रेष्ठ र महासचिवमा लिलामणी पौडेल विजयी भएका छन् । अध्यक्षमा विजयी भएका श्रेष्ठ सरकारको नेतृत्व गरिरहेको दल नेकपा समर्थित बामपन्थी प्यानलका उम्मेदवार हुन भने पौडेल प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस समर्थित लोकतान्त्रिक प्यानलका उम्मेदवार हुन । कानून व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको बारको अध्यक्षमा विजयी श्रेष्ठले […]
यसरी पत्ता लागे एसईई परीक्षाका प्रश्नपत्र आउट गर्नेहरु
काठमाडौं, २१ चैत । एसईई परीक्षाको प्रश्नपत्र आउट गर्नेहरु पत्ता लागेका छन् । प्रश्नपत्र आउट भएको विषयमा छानविन गरिरहेको प्रहरीले दोषी पत्ता लगाइसकेको दावी गरेको छ । प्रहरीले एसईई प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्नहरुलाई आजै सार्वजनिक गर्ने तयारी पनि गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीमा पत्रकार सम्मेलन गरी आरोपीहरुलाई सार्वजनिक गर्ने बताएको छ […]
बहालवाला प्रशासनका कर्मचारी नै न्यायाधिशमा सिफारिस
काठमाडाैं, २० चैत । न्याय परिषद्को न्यायाधीश सिफारिस विवादित बनेको छ । मंगलवार परिषद्ले सर्वोच्च अदालतमा ५ र उच्च अदालतमा १८ गरी २३ न्यायाधीश सिफारिस गरेको थियाे । सार्वजनिक भएका नाममध्ये अधिकांसको क्षमतामा प्रश्न चिन्ह खडा भएपछि सिफारिस विवादित बनेको हो । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलकी भान्जीदेखि परिषद् सदस्यको ज्वाईसम्म न्यायाधीश सिफारिस भएपछि न्याय […]
यसरी बाहिरिएको थियो प्रदेश २ मा एसईईको प्रश्नपत्र
काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको कान्तिपुरमा जनकराज सापकोटा र सुदिप कैनीले खबर लेखेका छन । घटना छानबिन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सिरहाको इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत दुई प्रहरी जवान […]
धुर्मुस र रवि लामिछाने फिल्डमै पुगेर पीडितलाई राहत वितरण गर्दै
काठमाडौं । कलाकारिता र पत्रकारिताबाट निकै चर्चा कमाएका सिताराम कट्टेल धुर्मुस र रवि लामिछाने बारा र पर्साका हावाहुरीबाट पीडितलाइृ राहत वितरण कार्यमा सक्रिय भएका छन् । बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि पुगेका कलाकार सीताराम कट्टेल र पत्रकार रवी लामिछानेले टोली नै लिएर राहत वितरण गर्न थालेका हुन् । २७ जनाकाे ज्यान […]











