बानेश्वरमा हतियारसहित मान्छे हिडेको देखेपछि ठूलो संख्यामा प्रहरी परिचालन

काठमाडौं, २७ जेठ । नयाँ बानेश्वरमा हतियार सहित मान्छे भेटिएपछि प्रहरी परिचालन गरिएकाे छ । काठमाडौंको बानेश्वरस्थित गैरीगाउँमा प्रहरीले हात हतियारसहित हिडेका एक व्यक्तिलाई पक्राउ समेत गरेको छ । प्रहरीले साङ्गेल शेर्पा नाम रहेका सोलुखुम्बुका एक युवालाइ पक्राउ गरेकाे जनाएकाे छ । काठमाडाैं प्रहरीले याे घटनाकाबारेमा अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ । काठमाडाैं प्रहरी परिसरकाे […]

लोकसेवाले निकालेको ९ हजारको दरवन्दी रद्द गर्न संसदीय समितिको निर्देशन

काठमाडौं, २७ जेठ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी पूर्ती गर्न निकालेको विज्ञापन रद्द गर्न संसदीय समितिले निर्देशन गरेको छ । आयोगले अहिलेसम्मकै बढी ९ हजार कर्मचारी पूर्ती गर्नका लागि विज्ञापन खोलेको थियो । आयोगको विज्ञापन संविधानको मर्म र भावनाअनुरुप नभएको भन्दै समितिले रद्द गर्न निर्देशन दिएको हो । संघीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु […]

नेयमारविनै ब्राजिलको होन्डुरसमाथि ७ गोल !

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा ब्राजिलले होन्डुरसमाथि शानदार जित हात पारेको छ । पोर्टाे एलेग्रीमा आइतबार राति भएको खेलमा घरेलु टोली ब्राजिलले १० खेलाडीमा समेटिएको होन्डुरसलाई ७–० को भारी अन्तरले पराजित गरेको हो । चोटका कारण ब्राजिलले स्टार फरवार्ड नेयमारलाई गुमाएपनि अन्य खेलाडीले उनको अभाव हुन दिएन । ६ जुनमा कतारविरुद्ध २–० को जित निकालेको […]

फेरि फैलियो झाडापखालाको महामारी, एकै गाउँमा ५० बढी बिरामी

मेलम्ची– सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाको महामारी फैलिएको छ । झाडापखलाका कारण एकै गाउँका ५० बढी बिरामी भएका छन् । केहीको स्थिति गम्भीर रहेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिए । विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अस्पतालको एउटै शय्यामा तीनजनासम्म विरामी राखेर उपचार भइरहेको स्थानीय मिलन सुवेदीले […]

प्रेसमाथि नियन्त्रण गर्ने सरकारको नियत विरुद्ध पत्रकारको हातेसाङ्लो प्रदर्शन

काठमाडौं । प्रेस स्वतन्त्रता कुण्ठित हुने गरी सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकका विरुद्ध नेपाल पत्रकार महासंघकाे नेतृत्वमा पत्रकारहरुले प्रदर्शन गरेका छन । साे क्रममा उनीहरुले विधेयक पास गरे त्यसअन्तर्गत गठन हुने काउन्सिल अस्वीकार गर्ने चेतावनी समेत दिएका छन । विधेयकका विरुद्धकाे प्रदर्शनका क्रममा शनिबार राजधानीमा हातेसाङ्लो प्रदर्शन सुरु गर्दै पत्रकारहरुले साे चेतावनी दिएका हुन् । […]

भ्रष्टाचारी प्रमाणित भइ जेल सजायसमेत काटेका जोशीको फायल अख्तियारबाटै गायब

काठमाडौं । शक्तिमा रहँदा अधिकारको दुरुपयोग गद्रै ठूलो रकम भ्रष्टाचार गरेको र अकूत सम्पति आर्जन गरेको ठहर भएर जेल सजाय समेत काटेका एक व्यक्तिको फायल अख्तियारबाटै गायब पारिएको भेटिएको छ । नेपाली कांग्रेसका नेता समेत रहेका गोविन्दराज जोशीको फायल अख्तियारबाटै गायब भएको हो । अदालतले पाँच वर्षदेखि निरन्तर माग गरिरहँदा पनि अख्तियारले उक्त फायल दिएको […]

गुडिरहेको गाडी नै उडाउने गरी चल्यो हावाहुरी, २ को मृत्यु १०० बढी घाइते

धनगढी, २३ जेठ । सुदूरपश्चिमकाे कैलाली र कञ्चनपुरमा अाएकाे भयानक हावाहुरीले ठूलो जनधनको क्षति भएकोे छ । अहिलेसम्म २ जनाकाे मृत्यु भएकाे छ भने ठूलाे संख्यामा मानिसहरु घाइते भएका छन् । अहिलेसम्म १ सयभन्दा बढी घाइते भएकाे प्रहरीले जनाएकाे छ ।  एकाएक चलेकाे हावाहुरीले  केही सवारी साधन समेत उडाएको छ । हावाहुरीले टिनका छाना उडाएकाे […]

चरीमाथि गोली हान्ने र हात काटिदिने गुण्डा नाइके राधे पक्राउ

धादिङ, २३ जेठ । चर्चित गुण्डा नाइके राधे भण्डारीलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको मलेखुबाट राधेलाई प्रहरीले हतियारसहित पक्राउ गरेको दावी गरेको छ । प्रहरीको खोजी सूचीमा रहेका राधे नेपाली कांग्रेसको युवा संगठन तरुण दलको जिल्ला तहको नेता पनि रहेको बुझिएको छ । बुधवार साँझ धादिङको गजुरी गाउँपालिका वार्ड नं. २ मलेखुमा राधेले हतियार […]

चन्दा कम दिएको भन्दै मेयरमाथि मध्यरातमा कुटपिट

रौतहट, २२ जेठ । चन्दा कम दिएको भन्दै रौतहटमा एक मेयरमाथि कुटपिट भएको छ । इस्लाम धर्मावलम्बीको चाड इद उल फित्र मनाउने क्रममा मस्जिदमा बसेका मेयरमाथि मंगलबार राति कुटपिट भएको हो । कुटिनेमा रौतहटको राजपुर फरदहवा नगरपालिकाका मेयर शेख सकिल हुन । उनीमाथि सोही ठाउँका एक यूवकले मंगलबार राति कुटपिट गरेका हुन् । मेयरसँग ती […]

केपी ओली र माधव नेपालबीच बाझाबाझ, प्रचण्डले नेपाललाई साथ दिएपछि ओली अल्पमतमा

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा पूर्व एमालेका दुई शीर्ष नेताहरुको विवाद पुनः चर्किएको छ । दुई अध्यक्ष रहेको पार्टीका एक अध्यक्ष केपी शर्मा ओली र अर्का बरिष्ठ नेता माधवकुमार नेपालबीचको विवाद पुनः सुरु भएको हो । ओली र नेपालबीचको विवाद चुलिएपछि पार्टीको सचिवालयको पछिल्लो बैठक नै अवरुद्ध भएको छ । केन्द्रीय सदस्यहरुको कार्यविभाजन […]