डा. गोविन्द केसी अनसनस्थलबाटै गिरफ्तार

काठमाडौँ, २४ पुस । डाक्टर गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट गएको टोलीले उनलाई अनसन बसिरहेकै अवस्थाबाट पक्राउ गरेको हो । प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध अनसन बसेका डा. गोविन्द केसीलाई पक्राउ गरी मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएपछि प्रहरीले पक्राउ गरेको हो । न्यायाधीश डम्बरबहादुर शाहीको एकल […]

पत्रकारको अधिकार नछिन्न प्रहरीलाई प्रेस काउन्सिलको चेतावनी

काठमाडौं, २४ पुस । प्रेस काउन्सिल नेपालले समाचारको स्रोत नमाग्न नेपाल प्रहरीलाई चेतावनी दिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रवीन्द्र धानुकलाई आफ्नो कार्यालयमा बोलाएर पत्रकारसँग समाचारको स्रोत नमाग्न प्रेस काउन्सिले चेतावनी दिएको हो । अबदेखि पत्रकारलाई समाचारको स्रोत माग्दै प्रत्यक्ष सम्पर्क नगर्न र उनीहरुलाई पत्र नकाट्न एसएसपी धानुकलाई सचेत गराइएको काउन्सिलका कार्यवाहक […]

राजधानीमा आठ वर्षयताकै सबैभन्दा बढी चिसो, शुन्यमा झर्यो तापक्रम

काठमाडौं, २३ पुस । लगातार चिसो बढेको काठमाडौंको तापक्रम आइतबार शून्यमा झरेको छ । सन् २०१० पछि काठमाडौंको तापक्रम शून्यमा झरेको हो । अघिल्लो वर्ष काठमाडौंको न्यूनतम तापक्रम ०.४ सम्म झरेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार बिहान काठमाडौंको तापक्रम शून्य डिग्री मापन भएको छ । यो जुम्लापछिको कम तापक्रम हो । तापक्रम घटेसँगै […]

पाँच घन्टा नेपाल टेलिकमको नेटवर्क जाम, कसरी भयो यस्तो गम्भीर समस्या

काठमाडौं, २२ पुस । नेपाल टेलिकमपकाे नेटवर्क पाँच घन्टासम्म अवरुद्ध भएकाे छ । पाँचघन्टासम्म नेटवर्क अवरुद्ध भएपछि धेरै सेवाग्राहीहरु समस्यामा परेका छन् । शनिबार बिहानै नेपाल टेलिकमको नेटवर्कमा समस्या आएको हाे । बिहान तीन बजेदेखि नेटवर्कमा आएको समस्या एकै पटक बिहान आठ बजेमात्र टेलिकमले समाधान गरेको हाे । ओभर हिटका कारण ट्रान्समिसनमा समस्या आउँदा पाँच […]

जाडोमा आफ्नै मिलमा आगो तापिरहेका युवा व्यवसायीको दिउसै गोली हानी हत्या

बुटवल, २१ पुस । बुटवलमा आज फेरि एक युवा व्यवसायीको दिउसै गोली हानी हत्या गरिएको छ । रूपन्देहीको देवदह नगरपालिका–५ का स्थानीय व्यवसायीसमेत रहेका एमाले कार्यकर्ता वसन्त पौडेलको गोली हानी हत्या गरिएको हो । अज्ञात समूहले स्थानीय करिब ४२ वर्षीय बलु भनिने वसन्त पौडेललाई गोली हानी हत्या गरेको हो । मृतक पौडेलको टाउकामा गोली लागेको […]

क्रान्तिको गला रेट्न उभिएका संशोधनवादी डाक्टर ऋषिराज बरालका नाममा

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका तर्फबाट विभिन्न स्वरूपका सङ्घर्षहरू भएका छन् । भित्तेलेखन, पर्चा वितरण, जनसभा, कोणसभामा समेत सरकारी हस्तक्षेप […]

नवराज सिलवाललार्इ पक्रन पक्राउ पुर्जी जारी, सिलवालले उपत्यका छाडे, नवराजलार्इ जेल नहाली देउवाले सरकार नछाेड्ने

काठमाडौं, १८ पुस । नवनिर्वाचित सांसद तथा पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ । तर, पक्राउ पुर्जी जारी गरेको सूचना पाएपछि सिलवालले मंगलबार बिहानै उपत्यका छाडिसकेका छन् । आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सर्वोच्च अदालतले केही […]

विद्या भण्डारीलार्इ नै राष्ट्रपति बनाउने केपी ओलीको यस्तो गोप्य योजना

काठमाडौँ, १८ पुस । भावी राष्ट्रपतिमा विद्यादेवी भण्डारीलाई नै निरन्तरता दिने पक्षमा केपी ओली रहेको रहस्य खुलासा भएको छ । पुरानैलाई निरन्तरता दिएर जनतामा परिवर्तनको महसुस नगराउने चलखेलमा ओली लागिपरेका माओवादी नेता एवं नवनिर्वाचित सांसद देवेन्द्र पौडेलले खुलासा गरेका हुन् । ‘केपी ओलीजी अहिलेकै राष्ट्रपतिलाई निरन्तरता दिनेमा हुनुहुन्छ, झलनाथजीले आफू हुनलाई लबिङ गर्नुभएको छ,’ माओवादी […]

अझै दुर्इ महिना कांग्रेसले सरकार नछाड्ने, एमाले-माके गठबन्धन भत्काउने अनेकौ कसरत जारी

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसले अझै दुर्इ महिना सरकार नछाड्ने भएकाे छ । नेकपा एमाले र माअाेवादी केन्द्रकाे गठबन्धनले दुर्इ तिहार्इ नजिककाे बहुमत ल्याए पनि कांग्रेसले भने यही सरकारलार्इ विभिन्न बाहना बनाउँदै लम्ब्याउने कसरत गरेकाे हाे । दुर्इ पार्टीकाे गठबन्धन ताेड्न सकिए सके सरकारकाे नेतृत्व नै लिने नसके माकेलार्इ एमालेबाट फुटाएर अाफ्नाे गठबन्धन सरकार […]

प्रचण्डको हेडक्वार्टरमा कुटाकुट हुँदा हितमान शाक्य र झक्कु सुवेदी घाइते

काठमाडौं, १५ पुस । नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फका प्रदेश सभा सदस्य छनोटमा बढेको विवाद हात हालाहालसम्म पुगेको छ । नेताहरुले आफ्ना नातेदारलाई मात्रै मात्रै छनोट गरेको भन्दै कार्यकर्ताहरुले नेतामाथि हात हालेका हुन् । शुक्रबार कोटेश्वर पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमै नेताहरुबीच हात हालाहाल भएको हो । असन्तुष्ट पक्ष माओवादी केन्द्र ३ नम्बर प्रदेश इन्चार्ज हितमान शाक्य र […]