फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी !

एजेन्सी, ६ चैत । सामाजिक संजाल फेसबुकका करोडौं प्रयोगकर्ताको डाटा चोरी भएको आशंकापछि विश्वभर तिब्र प्रतिक्रिया आएको छ । यस विषयमा अमेरिका र विभिन्न यूरोपेली मुलकहरुले फेसबुकको गोपनियताका सम्बन्धमा गम्भीर प्रश्न उठाएका छन् । बेलायती प्रधानमन्त्री टेरिजा मेका प्रवक्ताले आरोपलाई निकै गम्भीर भनेका छन् । अमेरिकी सांसदहरुले पनि प्रयोगकर्ताको डाटा चोरी भएकोप्रति चिन्ता व्यक्त गर्दै […]

आज दिन र रात बराबर हुने, थाहा पाउनुहोस् यस्तो छ कारण

काठमाडौं, ६ चैत । ज्योतिष शास्त्रमा यसलाई ‘मेष विषुवत्’ भनिने ज्योतिषी डा. सुनिल सिटौलाले बताए । ज्योतिष शास्त्रअनुसार सूर्यको किरण पृथ्वीमा पर्ने चारवटा भौगोलिक दिनमध्ये एक मेष विषुवत् दिन हो । आज पृथ्वीको ध्रुवी क्षेत्रवाहेक अन्य सबैतिर दिन र रात बराबर हुन्छ । भोलिबाट उत्तरी गोलार्द्धमा रातभन्दा दिन लामो र दक्षिणी गोलार्द्धमा दिनभन्दा रात लामो […]

स्थानीय तहलाई बजेट: कोषमा नगद दिने व्यवस्था खारेज हुँदै

काठमाडौं, ६ चैत । स्थानीय तहलाई बर्षको सुरुमै सीधै पैसा दिँदा समस्या आएपछि सरकारले आगामी आर्थिक बर्षदेखि यो प्रणाली खारेजीको तयारी गरेको छ । मुलुक संघीयतामा गएसँगै सरकारले चालु आर्थिक बर्षमा स्थानीय तहलाई उनीहरुको सञ्चित कोष्मा सीधै दुई खर्च २५ अर्ब रुपैयाँ पठाईदिएको छ । चालु आर्थिक बर्षको सुरुकै दिन साउन १ मा स्थानीय तहका […]

सुबिधा नपाएको भन्दै उपमेयर रेणुको यस्तो लाजमर्दो चर्तिकला

काठमाडौं, ६ चैत । आफूले अधिकार नपाएको भन्दै एक उपमेयर मेयरविरुद्ध अनसन बसेकी छन् । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा मेयरसँग अधिकार माग गर्दै अनशन बसेकी हुन । नागरिकका अनुसार नगर कार्यपालिकाको कार्यालय सार्ने विषयले उत्पन्न विवादमा मेयर ज्ञानकुमार मण्डलले आफूसँग दुई तिहाइ बहुमत रहेको भन्दै उपमेयरको सहमति आवश्यक नरहेको भनिदिएपछि उनी अधिकार खोज्दै अनशन […]

इतिहास रच्न सफल नेपाली क्रिकेट टोलीलाई एयरपोर्टमा भव्य स्वागत

काठमाडौं, ५ चैत । नेपाललाई अन्तर्राष्ट्रिय एक दिवसीय मान्यता दिलाएर घर फर्केका नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । जिम्बाबेमा सम्पन्न आईसीसी विश्वकप छनौट खेलमा एक दिवसीय मान्यता पाएर फर्केको टोलीलाई विमानस्थलमा स्वागत गरिएको हो ।  टोलीलाई स्वागत गर्न खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशवकुमार विष्ट, क्यानका पूर्वसीइओ […]

मन्त्री बनाउनुपर्ने भन्दै रेणु र राजेन्द्रले ‘बबण्डर’ मच्चाएपछि

काठमाडौं, ५ चैत। प्रचण्ड गठबन्धनको केपी ओली सरकारमा सहभागी हुन अन्तिम तयारी भइरहेका रहेका बेला संघीय समाजवादी फोरम नेपालभित्र मन्त्री पदका लागि बबण्डर सुरु भएको छ । मन्त्री पदका लागि समानुपातिक सांसदद्वय रेणु यादव र राजेन्द्र श्रेष्ठले पार्टीभित्र बबण्डर मच्चाएपछि आन्तरिक कलहलाई साम्य पार्न अध्यक्ष उपेन्द्र यादवले नयाँ जुक्ति निकालेका छन् । त्यो जुक्ति हो तत्काल […]

भ्लादिमिर पुटिन पुनः राष्ट्रपतिमा निर्वाचित

काठमाडौं, ५ चैत । रुसमा फेरि एक पटक भ्लादिमिर पुटिन राष्ट्रपतिमा निर्वाचित भएका छन् । यसपाली पुटिनको कार्यकाल ६ बर्षको हुनेछ । हिजो भएको राष्ट्रपति निर्वाचनमा पुटिनलाई ७६ प्रतिशत मत मिलेको छ । विपक्षी नेता अलेक्सई नवालनीलाई प्रतिबन्ध गरिएको थियो । उनका प्रतिष्पर्धी पावेल ग्रुडिनिनले १२ प्रतिशत मत पाएका छन् । यो जितसँगै यो शताब्दिका […]

प्रदेश नं ५ को सरकार विस्तार आज, को-को बन्दैछन् मन्त्री ?

काठमाडौं, ५ चैत । प्रदेश नं ५ को मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकिरहेका बेला सोमबार मन्त्रिमण्डल विस्तारको तयारी गरिएको हो । प्रदेश ५ को मन्त्रिपरिषद् कार्यालय स्रोतले दिएको जानकारी अनुसार कम्तीमा ३ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । एमालेले दुई मन्त्रीको टुंगो लगाएको छ । प्रदेश ५ संसदीय दलको बैठकले लिला गिरी र […]

बढ्यो खर्च, उठेन राजस्व : सरकारको खर्च खाता ऋणात्मक

काठमाडौं, ५ चैत । सरकारको खर्च खातामा बजेटरी प्रणालीभित्रको रकम सकिएको छ। बजेट स्रोतबाट जुट्नुपर्ने रकम सकिएर उल्टो नौ अर्ब रुपैयाँ घाटामा गएको छ। बजेटले सोचेजति वैदेशिक सहायता÷अनुदान र राजस्व नउठेपछि सरकारी खाता ऋणात्मक भएको हो। शुक्रबार कार्यालय खुल्दा खर्च खातामा ६ अर्ब ५५ करोड रुपैयाँ थियो। सरकारी बजेटमा राजस्व, वैदेशिक ऋण तथा अनुदान र […]

रेशम चौधरीलाई जेलभित्रै शपथ

काठमाडौं, ५ चैत । साढे दुई वर्ष अगाडिको ‘टीकापुर घटना’ का मुख्य आरोपी रेशम चौधरीलाई ‘जेलभित्रै’ प्रतिनिधिसभा सांसदको शपथ गराउने तयारी भएको छ ।सरकारले त्यसको वातावरण निर्माणका लागि राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेताहरूसँग छलफल थालेको छ । राजपाको मागका आधारमा सरकारले चौधरीलाई जेलभित्रै शपथ र निर्वाचन जितेको प्रमाणपत्र उपलब्ध गराउने तयारी गरेको गृह मन्त्रालय […]