नेपाल प्रहरीका असई विरुद्ध विप्लवले जारी गरे पक्राउ पुर्जी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल प्रहरीका एक असईका विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । नेकपाको कैलाली जिल्ला जनसरकारको नाममा उक्त पक्राउ पुर्जी जारी गरिएको हो । विद्रोही नेकपाले गठन गरेको जनअदालतको फैसला अनुसार यो पक्राउ पुर्जी जारी गरिएको दावी गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका १ बस्ने नेपाल प्रहरीका असई […]

मंसिर १४ गते तोकियो उपनिर्वाचनको मिति, स्थानीय, प्रदेश र संघीय गरी ५० पदमा मतदान हुने

काठमाडाैं, १७ साउन । निर्वाचन आयोगले प्रतिनिधिसभादेखि स्थानीय तहसम्म रिक्त रहेका विभिन्न स्थानका लागि मंसिर १४ गते उप निर्वाचन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा मंसिर १४ गते निर्वाचन गर्ने निर्णय गरेको हो। प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा गरी ५० जनाकाे पद विभिन्न कारणले रिक्त छ। […]

गोरे र ३८ क्वीन्टल सुन प्रकरणमा सर्वोच्चले दियो यस्तो आदेश (आदेशको पूर्ण पाठसहित)

काठमाडौं, १७ साउन । गाेरे नामले चर्चित सुनप्रकरणमा सर्वाेच्च अदालतले फैसला सुनाएकाे छ । सर्वोच्च अदालतले सनम शाक्य हत्या तथा ३८ क्विन्टल सुन तस्करी प्रकरणमा उच्च अदालतको आदेश नै सदर गरेकाे हाे ।  सर्वाेच्चका न्यायाधीशद्वय अनीलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले यस्ताे फैसला सुनाएकाे हाे । फैसलामा याे प्रकरणमा मुछिएका महावीर गोल्यानसँग १० लाख धरौटी […]

बाजुरा; घरमाथि पहिरो खस्दा २ जनाको मृत्यु,५ घाइते

बाजुरा, १७ साउन । बाजुरामा पहिराले घर पुर्दा आमा र छोरीको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्।बाजुरा जिल्ला प्रहरी कार्यालयका अनुसार लगातार वर्षाका कारण जिल्लाको गौमुल गाउँपालिका–६, टाँडाकोटीमा घरमाथि पहिरो खस्दा ३० वर्षीया निरुता चदाँरा र उनकी छोरी ६ वर्षीया किस्मिताको मृत्यु भएको हो। बिहीबार राति साढे १२ बजेतिर पहिराले तीनतले घर […]

नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक जनाको मृत्यु

काठमाडौं, १७ साउन । नख्खु कारागारभित्र कैदीबन्दीबीच दिउसै झडप हुँदा एक जनाकाे मृत्यु भएको छ । ललितपुरको नख्खुमा रहेको कारागारभित्र शुक्रबार दिउसो कुटाकुट भएको हो । उक्त कुटाकुटमा परी पूर्णबहादुर राजी नाम गरेका एक व्यक्तिकाे मृत्यु भएकाे हाे । उनी कर्तव्य ज्यान मुद्दामा नख्खु कारागारमा जेल सजाय काटिरहेका थिए । कारागार स्रोतका अनुसार कर्तव्य ज्यान […]

मध्यरातमा पहिरो खस्दा आमाछोरीको मृत्यु, थुप्रै घाइते

बाजुरा, १७ साउन । लगातारको भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिटोलका एकैघरमा आमा र छोरी रहेका छन् । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले […]

कपिलवस्तुमा एक नेतामाथि गोली प्रहार

बुटवल, १६ साउन । कपिलवस्तुमा गाेली प्रहारका घटना बढ्न थालेका छन । पछिल्लाे समय बिहीबार समाजवादी पार्टीका एक स्थानीय नेतामाथि गोली प्रहार भएको छ । अज्ञात समूहले समाजवादी पार्टीका कपिलवस्तु जिल्ला शुद्धोधन गाउपालिकाका अध्यक्ष रामनयन यादवमाथि गोली प्रहार गरेको हो । मोटरसाइकलमा आएका दुईजना व्यक्तिले उनीमाथि गोली प्रहार गरेकाे स्थानीयले जनाएका छन् । उनको हातको […]

साइबर अपराध चुनौतीपूर्ण बन्दै

चितवन, १६ साउन । पछिल्लो समय साइबर अपराध अनुसन्धान चुनौतीपूर्ण बन्दै गएको सरोकारवालाले बताएका छन् । भोटाहिटीस्थित प्रहरी प्रधान कार्यालय साइबर ब्युरोद्वारा यहाँ आज आयोजित महिला तथा बालबालिका विरुद्ध हुने ‘साइवर अपराध सचेतनामूलक कार्यक्रम’मा सहभागी बक्ताहरूले यस्तो बताएका हुन् । अहिले विभिन्न सामाजिक सञ्जालबाट हुने गरेका अपराधको निशाना महिला तथा बालबालिका केन्द्रित हुने गरेको सो […]

मुस्लिम समुदायमा लोकप्रिय बन्दै ढाकाटोपी

बाँके, १६ साउन । मुस्लिम समुदायका व्यक्तिले चाडपर्वका बेला गरिने पूजाआजाका क्रममा भगवान्को अगाडि अनिवार्य टोपी लगाउनुपर्ने परम्परा नै छ । इस्लाम धर्मले भगवान्का अगाडि टोपी अनिवार्य गरेको छ । धार्मिक मान्यताअनुसार पूजापाठ गर्दा वा शुभसाइत गर्दा इस्लाम धर्मावलम्बीले टोपी लगाउने गरेको इस्लाम धर्मगुरु मौलाना अब्दुल जब्बार मन्जरीले बताए । उनले मस्जिदमा नमाज पढ्दा र […]

एकैरात एनसेलका तीन दर्जन बढी टावरमा विप्लवको आक्रमण

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीले एनसेलका देशभरका टावरमाथि फेरि अाक्रमण गरेकाे छ । बुधवार राति मात्र देशभरका करिव १०० जति टावरमा अाक्रमण भएकाे थाहा भएकाे छ ।  राज्यलाई कर छलेकाे भन्दै विद्राेही नेकपाले एनसेलमाथि निरन्तर अाक्रमण गर्दै अाएकाे छ । साेही क्रममा बुधवार राति पनि देशभर एक दर्जन बढी जिल्लाका करिव […]