आज भक्तपुरमा ३ लाख बढी एमाले कार्यकर्ताको भेला, देउवा र प्रचण्डले पनि सम्बोधन गर्ने

Uml

भक्तपुर । नेकपा (एमाले) ले भक्तपुर-१ सल्लाघारीस्थित १०८ रोपनी खुला चौरमा आज अपराह्न हुने ११औं महाधिवेशन उद्घाटन समारोहका लागि आवश्यक सम्पूर्ण तयारी सम्पन्न भएको जनाएको छ। महाधिवेशनस्थलमा आयोजित पत्रकार सम्मेलनमा एमाले नेताहरूले मञ्च व्यवस्थापनदेखि सहभागी व्यवस्थासम्मका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिए। पार्टीका प्रचार विभाग प्रमुख तथा स्थायी समिति सदस्य राजेन्द्र गौतमका अनुसार उद्घाटन […]

चप्पलबाट स्याटेलाइटसम्म : चेपाङ विद्यार्थीले बनाए पहिलो स्वदेशी स्याटेलाइट

काठमाडौँ । आर्थिक रूपमा पछाडि पारिएको अल्पसंख्यक समुदायबाट आएका चेपाङ विद्यार्थीहरूको संलग्नतामा नेपालमै डिजाइन तथा निर्माण गरिएको पहिलो स्वदेशी स्याटेलाइट बुधबार सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरिएकाे छ। ‘स्लिपर्स टु स्याट’ नाम दिइएको यस प्रेरणादायी मिसनअन्तर्गत निर्माण गरिएको क्युब–स्याटेलाइट चीनको इनर मंगोलियास्थित चिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट बिहानीपख पौने १० बजे काइनेटिका–वान रकेटमार्फत प्रक्षेपण भएको हो । स्रोतसाधन […]

२ मिनेटमै चमत्कारिक उद्धार: सशस्त्र प्रहरीद्वारा अद्भुत क्षमता प्रदर्शन

गोरखा । शहीद लखन गाउँपालिका–४ राईनासको भीरबाट करिब ५० मिटर तल त्रिशूली नदीमा खसेका ५१ वर्षीय दीपक तिवारीलाई सशस्त्र प्रहरीले अविश्वसनीय गतिमा उद्धार गरेको छ । मात्र दुई मिनेटमै उद्धार गरी सशस्त्रले उनको जीवन बचाएको हो । तिवारीलाई उपचारपछि सुरक्षित रूपमा घर पुर्याइएको छ । के भएको थियो ? बुधबार दिउँसो सशस्त्र प्रहरी बल नेपाल, […]

पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा पन्थी, पदभार ग्रहण

काठमाडौ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको कार्यकारी निर्देशक पदमा नियुक्त भएका लक्ष्मण पन्थीले कार्यभार सम्हालेका छन् । मंगलबार नारायणहिटीस्थित कार्यालय पुगी उनले पदभार ग्रहण गरेका हुन् । खुला प्रतिस्पर्धाबाट एक दर्जन प्रतिस्पर्धीलाई पछि पार्दै अर्घाखाँचीका पन्थी कार्यकारी निर्देशक नियुक्त भएका थिए । उनलाई मन्त्रीपरिषदले नियुक्त गर्ने निर्णय गरेको थियो । सांस्कृतिक, धार्मिक र वैदिक […]

भ्रष्टाचार आरोपमा चिनी बैंकरलाई मृत्युदण्ड

बेइजिङ । चीनले राज्य नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीका पूर्व कार्यकारीलाई भ्रष्टाचारको आरोपमा मंगलबार मृत्युदण्ड दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमहरूले जनाएका छन् ।  चिनियाँ हुआरोङ इन्टरनेसनल होल्डिङ्स (सिएचएच) की पूर्व महाप्रबन्धक बाई तियानहुईलाई सन् २०१४ देखि सन् २०१८ को बीचमा परियोजनाहरूको अधिग्रहण र वित्तपोषणमा अनुकूल व्यवहार गर्ने क्रममा १५६ मिलियन डलरभन्दा बढी रकम स्वीकार गरेको अभियोगमा दोषी […]

ट्राफिक प्रहरीलाई भक्तपुर नगरपालिकाको सहयोग

भक्तपुर । भक्तपुर नगरपालिकाले ट्राफिक प्रहरी प्रभाग कमलविनायक, भक्तपुरलाई विविध कार्यालय सामग्री उपलब्ध गराएको छ । नगरपालिकाले प्रभागलाई स्टील दराज, लाइब्रेरी मेच, अफिस टेबुल, प्रिन्टर, खाट, इलेक्ट्रिक वाटर डिस्पेन्सर, कार्पेट र पर्दालगायतका सामग्री सहयोगस्वरूप प्रदान गरेको हो। सामग्री हस्तान्तरण गर्दै नगरपालिका प्रमुख सुनिल प्रजापतिले ट्राफिक प्रहरीको मेहनत, समर्पण र निरन्तर सेवा भावना प्रशंसनीय रहेको उल्लेख […]

भक्तपुरमा १० मिनेटको योगसाधना पाठ्यक्रमका लागि श्रव्य–दृष्य सामाग्री

भक्तपुर । भक्तपुरका विद्यालयमा अब श्रव्य–दृष्यसहितको योगसाधना पाठ्यक्रम लागू हुने भएको छ। शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरले जिल्ला प्रशासन कार्यालय, योग जिल्ला समन्वय समिति भक्तपुर र स्थानीय पालिकाहरूको समन्वय गरी सञ्चालनमा ल्याएको १० मिनेट योगसाधना पाठ्यक्रमलाई प्रभावकारी पार्न श्रव्य–दृष्य सामाग्री तयार गरिएको हो। विद्यालयका योग सहजकर्ता शिक्षकको मागअनुसार आकर्षक रूपमा रेकर्डिङ गरी श्रव्य–दृष्य सामाग्री […]

सिन्धुलीबाट शैक्षिक भ्रमणमा सौरहा आएकी बालिकाको छतबाट खसेर गयो ज्यान

Dead

चितवन । सिन्धुलीबाट विद्यालयको शैक्षिक भ्रमणमा आएकी एक छात्राको हाटेलको छतबाट लडेर मृत्यु भएको छ । चितवनको रत्ननगर नगरपालिका–६ सौराहामा रहेको एक होटेलको छतबाट लडेर उनको मृत्यु भएको हो । मृत्यु हुने विद्यार्थी सिन्धुलीको सिद्धबाबा प्लस टु म्यानेजमेन्ट गुरुकुलमा अध्ययनरत विद्यार्थी भएको प्रहरीले जनाएको छ । सिन्धुली कमलामाई नगरपालिका वडा नं. ६ की १८ वर्षीय […]

पाकिस्तानी सहयोगमा ज्ञानोदय माविले पायो कम्प्युटर प्रयोगशाला

काठमाडौं । काठमाडौं महानगरपालिका-१३ स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा पाकिस्तान सरकारले कम्प्युटर प्रयोगशाला स्थापना गरिदिएको छ । पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले नयाँ कम्प्युटर प्रयोगशाला उद्घाटन एवं हस्तान्तरण गरेका छन्। नेपालमा डिजिटल शिक्षा प्रवर्द्धनका लागि पाकिस्तान जनताबाट आएको सहयोग अन्तर्गत प्रयोगशाला स्थापना गरिएको दूतावासले जनाएको छ । विद्यालयमा सन् २०१३ मा पाकिस्तानकै सहयोगमा स्थापना गरिएको पहिलो […]

एमाले महाधिवेशनका लागि भक्तपुरबाट १४ प्रतिनिधि सर्वसम्मत, अध्यक्ष ओली पक्षको पल्ला भारी

भक्तपुर । नेकपा(एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि भक्तपुर जिल्लाबाट १४ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । बिधान बमोजिम विभिन्न क्लस्टरबाट प्रतिनिधित्व गर्दै शनिबार उनीहरू महाधिवेशन प्रतिनिधि चयन भएका हुन् । भक्तपुर र चाँगुनारायण नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर १ बाट ५ जना तथा सूर्यविनायक र मध्यपुर थिमि नगरपालिका रहेको निर्वाचन क्षेत्र नम्बर […]