चुनाव लड्न काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन्। माघ ४ गतेदेखि लागू हुने गरी उनले राजीनामा दिएको जानकारी दिएका हुन्।

पाण्डेले भने, “मैले राजीनामा बुझाइसकेको छु। माघ ४ गतेदेखि मात्रै लागू हुनेछ।” उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई राजीनामा बुझाएका हुन्।

आगामी निर्वाचनमा उम्मेदवारी दिने तयारीमा रहेका पाण्डेले काठमाडौँबाटै चुनाव लड्ने बताएका छन्। “मेयरज्यू जुन पार्टीमा हुनुहुन्छ, म त्यही पार्टीबाट चुनाव लड्नेछु। काठमाडौँकै कुनै क्षेत्रबाट उम्मेदवार बन्ने तयारी छ, क्षेत्र भने अझै तय भइसकेको छैन,” उनले भने।