काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनबाट सभापतिमा चयन भएका गगनकुमार थापाको तस्बिर पार्टीको आधिकारिक वेबसाइटबाट हटाएको छ ।
कांग्रेसले १४औं महाधिवेशनमा महामन्त्री निर्वाचित थापाको नाम र तस्बिर बिहीबार बिहान पार्टीको वेबसाइटबाट हटाएको हो । उनीसँगै अकां महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्ला मन्सुरको नाम पनि वेबसाइटबाट हटाइएको छ ।
भृकुटीमपण्डामा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट शर्मा उपसभापति र मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका थिए ।
त्यसअघि उनीहरूलाई बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले तत्कालीन महामन्त्री थापासँगै ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निस्कासित गरेको थियो ।







