गगन थापाको नेतृत्वमा बन्यो निर्वाचन घोषणापत्र समिति, अद्यावधिकका लागि पुग्यो आयोग

काठमाडौँ । विशेष महाधिवेशनपछि बसेको गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन घोषणापत्र समिति निर्माण गरेको छ । सभापति थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति बनाएको हाे ।

विशेष अधिवेशनबाट निर्वाचित भएको पहिलो कार्यसमितिले यस्तो निर्णय गरेको प्रवकत्ता देवराज चालिसेले जानकारी दिए । बैठकले उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वका निर्वाचन परिचालन समिति बनाउने निर्णय समेत गरेको छ ।

कांग्रेसको टोली आफूहरूको विशेष महाधिवेशन र त्यसबाट चयन गरिएको नयाँ कार्यसमितिबारे जानकारी गराउन आयोग गएको एक नेताले बताए ।

थापा नेतृत्वको कांग्रेसको पुस २७ देखि ३० गतेसम्म राजधानीमा विशेष महाधिवेशन भएको थियो । महाधिवेशन विधानसम्मत ढंगले गरिएकाले आफूहरूको आधिकारिकता पाउनुपर्ने गगन समूहको जिकिर छ । विशेष महाधिवेशनबाट थापा नेतृत्वको कार्यसमिति गएराति घोषणा गरिएको थियो ।