विरगञ्जमा एकाविहानै सुतेका व्यक्तिलार्इ गोली हानियो

काठमाडाैं, १३ असाेज । विरगञ्जमा आज बिहानै गोली चलेको छ। वीरगन्ज महानगरपालिका–२, भन्सार रोडस्थित एक घरमा सुतिरहेका एक व्यक्तिलाई लक्ष्य गरेर अज्ञात समूहले गोली हानेको हो। शनिबार बिहान २ बजेतिर मदनप्रसाद साहलाई सुतिरहेकै कोठामा गोली हानिएको हो। तर गोली नलागेकाले साह सकुशल रहेको प्रहरीले जनाएको छ। कोठामा एक्लै सुतिरहेका साहलाई अज्ञात व्यक्तिले ढोकाको चरबाट हात […]

क्रान्तिकारी पत्रकार संगठनमा डिल्ली रावत अध्यक्ष, स्थापित मिडियाका सम्पादक तथा सक्रिय पत्रकारहरु कमिटिमा

काठमाडौं । क्रान्तिकारी पत्रकार संगठन, नेपालको केन्द्रीय अध्यक्षमा डिल्लीराज रावत निर्वाचत भएका छन् । बिहीबार काठमाडौमा बसेको केन्द्रीय समितिको बैठकले रावतलाई अध्यक्षमा निर्वाचित गरेको हो । बैठकले अन्य पदाधिकारीहरु पनि निर्वाचित गरेको छ । बैठकबाट निर्वाचित भएका सबै पत्रकारहरु सक्रिय पत्रकारहरु छन । साथै प्राय सबै जना नेपाल पत्रकार महासंघका विभिन्न संरचनामा काम गरिसकेका पत्रकार […]

मलेसियामा ४७ जना श्रमिक नेपाली पक्राउ, यस्तो छ कारण

काठमाडौं ।मलेसियामा अवैधानिक रूपमा रहेर काम गरेका ४७ जना नेपाली श्रमिक पक्राउ परेका छन् । अवैधानिक रूपमा कार्यरत आप्रवासी श्रमिकको खोजी र पक्राउ गर्ने मलेसिया प्रहरीको अभियानमा एकै कम्पनीबाट ४७ जना नेपाली प्रक्राउ परेका हुन् । मलेसियास्थित नेपाली दूतावासका अनुसार अभियानअन्तर्गत साइबरजयाको एक कम्पनीमा छापा मार्ने क्रममा नेपालीसहित ३३८ जना पक्राउ परेका थिए । मलेसियाले […]

भारतीय नागरिकलाई मार्ने हेलिकोप्टरलाई यसरी झुन्डयाएर सजाय दिइयो

हुम्ला, ९ असोज । उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानमा प्रतिबन्ध लगाएको मनाङ एयरको हेलिकप्टर सिमकोट पुर्‍याइएको छ। मनाङको ‘९ एन-एएमभी’ कलसाइन भएको ६ सिटे ‘एएस ३५० बिथ्री–ई’ सिरिजको हेलिकोप्टरलाई आज श्री एयरको ठूलो हेलिकप्टरले हिल्साबाट झुण्ड्याएर ल्याएको हो। २९ साउनमा हुम्ला र चीनको सिमानामा रहेको हिल्सास्थित हेलिप्याडमा अवतरण गरेको मनाङको हेलिकोप्टरको […]

धरपकको विरोधमा भोली असोज १० गते रोल्पा बन्द

रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी रोल्पाले अआश्विन १० गते रोल्पा बन्द गर्ने भएको छ । गत असोज १ गते प्रहरीले जिल्ला सेक्रेटरी सन्तोष सुवेदीलाई समेत विनाकारण पक्राउ गरेपछि त्यसको विरोधमा नेकपाले १० गते रोल्पा बन्दको घोषणा गरेको हो । लामो समयदेखि नेकपाका नेता कार्यकर्तामाथिको धरपकड, दमन र गिरफ्तारीबिरुद्ध मंगलबार बन्द आवहान गरिएको सो पार्टीकी नेतृ असिनाले […]

ओली देशबाहिर भएका बेला धुम्बाराहीमा प्रचण्डको उत्सव !

काठमाडौं । नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली देश बाहिर भएका बेला प्रचण्डले कांग्रेसका नेतालाई पार्टीमा भित्र्याएका छन् । सोहि अवसरमा नेकपाको पार्टी मुख्यालय धुम्बाराहीमा मंगलबार नेता कार्यकर्ताले उत्सव मनाइरहेका छन् । नेपाला टेलिभिजनका पूर्वअध्यक्ष एवम् नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य महेश दाहाल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)मा प्रवेश गरेका मंगलबार छन् । […]

मेसी र रोनाल्डो युग तोड्दै लुका मोड्रिक बने फिफा वर्ष खेलाडी

काठमाडाैं । विश्व फुटबलकाे वर्ष खेलाडीकाे पुरस्कारमा एक दशक एकछत्र राज गर्दै अाएका अर्जेन्टिनाका लियाेनल मेसी र पाेर्चुगलका क्रिस्टियानाे राेनाल्डाेकाे समय सकिएकाे छ । विश्व फुटबलकाे सर्वाेच्च प्रशासनिक निकाय फिफाले प्रदान गर्ने वर्षकाे उत्कृष्ट खेलाडीकाे सूचीमा एक दशक यता मेसी र राेनाल्डाेले अालाेपालाे जस्ताे गरी कब्जा जमाएका थिए । तर, यसपटकबाट त्याे क्रमभङ्ग गर्दै नयाँ […]

एउटा छोराका लागि न्याय माग्दै अनसनमा गंगामाया, अर्का छोरा ज्यान मुद्दामा पक्राउ

काठमाडौं । असनसनकै क्रममा मृत्यु भएका बाबुको शव नबुझी फरार रहेर लामो समयपछि प्रहरीले नियन्त्रणमा लिएर छाडेका गोरखा फुजेलका नुरप्रसाद अधिकारी पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर ललितपुरले नुरप्रसादलाई सोमबार पक्राउ गरेको हो । परिसर प्रमुख एसएसपी रवीन्द्र धानुकले अदालतबाट सात दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिइएको बताए । उनीमाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत कारबाही […]

आफैंमाथि गोली हानेर कुलप्रसादले गरे आत्महत्या

रोल्पा ।  रोल्पामा एक ५१ वर्षीय पुरुषले आफैंमाथि गोली प्रहार गरी आत्महत्या गरेका छन्। जिल्लाको रुन्टीगडी गाउँपालिका वडा नं. ६ डुव्रिङ निवासी कुलप्रसाद विकले आफैंमाथि गोली हानी आत्महत्या गरेको जिल्ला प्रहरी प्रमुख दीपक खड्काले जानकारी दिए । प्रहरी प्रमुख खड्काका अनुसार विकले बिहान ८ बजेतिर आफ्नै घरभित्रै आफैमाथि गोली हानेका हुन् । घटना घटेको १ घण्टापछि आफन्तले प्रहरीलाई खबर […]

सांसद बन्न मरिहत्ते, ओलीलाई घेराबन्दी गर्न वामदेव कार्ड

काठमाडौं – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए। तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले निर्वाचनमा सफलता प्राप्त गर्न सकेनन्। […]