काठमाडौँ, २० पुस । राष्ट्रियसभा सदस्यका लागि आगामी माघ ९ गते हुने निर्वाचनका लागि आइतबार उम्मेदवारले मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवार मनोनयन दर्ता कार्यक्रम हुनेछ । ५९ सदस्यीय राष्ट्रियसभाका १९ जनाको आगामी फागुन २० गते पदावधि सकिँदैछ । त्यसमध्ये १८ जनाको निर्वाचनको माध्यमबाट र […]
मुख्य विशेष
पाल्पाको पूर्वखोलामा किवीको व्यवसायिक खेती
पाल्पा १८ पुस। जिल्लाको पूर्वखोला गाउँपालिका २ जल्पामा किवीको व्यवसायी खेती सुरु गरिएको छ । जल्पाको ढोलिमारा साठिकोल र मैदानलाइ किविको पकेट क्षेत्र नै बनाएर गाउँपालिकाले खेतीको लागि प्रोत्साहन समेत गरेको छ । यहाँका किसानलाई आवश्क तालिम सहित किबी खेतीको सुरुवात गरिएइको गाउँपालिकका प्रमुख नुनबहादुर थापाले बताए । उनले कम मेहनतमामा किबीबाट प्रशस्त आम्दानी गर्न […]
प्रतिनिधिमण्डलको टोलीद्वारा दशगजा अतिक्रमित क्षेत्रको स्थलगत निरीक्षण
नेपाल–भारत सीमा जोडिएका सर्लाही जिल्लाका सीमावर्ती दशगजा अतिक्रमित क्षेत्रको निरीक्षण तथा अनुगमन गरिएको छ । पछिल्लो समय सीमा अतिक्रमणको विषयले चर्चा पाउन थालेपछि परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, जिल्ला प्रशासन कार्यालयसहितको प्रतिनिधिमण्डलको टोलीले छिमेकी मुलुक भारतसँग जोडिएका सीमा क्षेत्रको संयुक्त निरीक्षण तथा अनुगमन गरेको हो । परराष्ट्र मन्त्रालयका सहसचिव यज्ञबहादुर हमाल, रक्षा […]
काठमाडौँसहित देशैभर तिन दिन वर्षा र हिमपातको सम्भावना
काठमाडौ,१८ पुस । शुक्रबार देशका विभिन्न भागमा वर्षा तथा हिमपातकोे सम्भावना छ। महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय वायुको प्रभाव रहेको हुँदा वर्षा र हिमपातको सम्भावना रहेको बताएको हो । हाल देशभर सामान्य बदली रहेको जनाएको छ । महाशाखाले मौसम बदलीसंगै वर्षारहिमपातको सम्भावना रहेको र चिसो बढ्ने हुँदा सतर्कता अपनाउन सबैलाई अनुरोध छ । केही […]
भ्रमण वर्षको अवसरमा मोदीलाई नेपाल भ्रमणको निम्तो
काठमाडौं, १६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्षको अवसरमा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनमार्फत नेपाल भ्रमणको निम्तो दिएका छन् । नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन अगावै आज बुधबार बिहानै मोदीलाई फोन गरी प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएका हुन् । फोन संवादमा नयाँ वर्ष सन् २०२० को अवसरमा शुभकामना आदानप्रदान […]
भ्रमण वर्षको पूर्वसन्ध्यामा बजाए लाय्कुको ठुलो घण्टा र नगरा
भक्तपुर, १६ पुस । विश्व सम्पदा स्थल लाय्कु दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष सन् २०२० को पूर्वसन्ध्यामा भक्तपुर नगरपालिकाले मंगलबार सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ ।नगरपालिकाले आयोजना गरेको उक्त कार्यक्रमको समुद्घाटन लाय्कुस्थित घण्टा र ठूलो नगरा बजाएर नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले गरे । नेपाल भ्रमण वर्षले भक्तपुरलाई […]
बौद्धका डिएसपीलाई अख्तियारको पुर्जी
काठमाडौं, १५ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता सच्याएको विषयमा आवश्यक सोधपुछ गर्न महानगरीय प्रहरी वृत बौद्धका डीएसपी रमेशबहादुरलाई सिंहलाई पुर्जी (पत्र) काटेको छ । महानगरीय प्रहरी कार्यलय रानीपोखरीमा पत्राचार गर्दै अख्तियारले डीएसपी सिंहलाई उपस्थित गराउन निर्देशन दिएको हो । सिंह यसअघि घुससहित ललितपुबाट पक्राउ परेका थिए । उनले सो विषयमा विशेष अदालतबाट सफाइ […]
तनहुँमा चितुवाको आक्रमणबाट अर्का बालकको मृत्यु, घरभित्रैबाट चितुवाले लगेको बालकको आधा शरीर मात्र भेटियो
दमौली, १५ पुस । चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा सोमबार एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ महिनाका बालक रविन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । घरको पिंढीमा बसेर खाना खाइरहेको अवस्थामा एक्कासी हराएका बालकको शव घरभन्दा एक किमी टाढा रहेको ढाङढुङ्गे ठूलोपाखा तीनपोखरी सामुदायिक वनमा भेटिएको जिल्ला प्रहरी […]
सभामुख चयनबारे छलफल गर्न नेकपा अध्यक्ष प्रचण्ड बालुवाटारमा
काठमाडौं, १५ पुस । सभामुख उम्मेदवार कसलाई बनाउने भन्नेबारे छलफल गर्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सभामुख चयनका लागि प्रतिनिधिसभाले आजबाट प्रक्रिया सुरु गर्न लागिरहेका बेला प्रचण्ड यसबारे छलफल गर्न बालुवाटार पुगेका हुन् । आइतबार नेकपाको सचिवालय बैठक बसे पनि सभामुखको एजेण्डामा छलफल नगरी प्रचण्ड चितवन […]
आइतबार पक्राउ परेका सीपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता रिहा
काठमाडौं, १४ पुस । सिंहदरबार अगाडिबाट आइतबार पक्राउ परेका नेकपा क्रान्तिकारी माओवादी का उपाध्यक्ष सीपी गजुरेलसहित १५ जना नेता–कार्यकर्ता आज सोमबार छुटेका छन् ।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई सीमा विवाद समाधानका लागि ज्ञापनपत्र बुझाउन जाँदै गर्दा गजुरेलसहित उनको टोलीलाई आइतबार पक्राउ गरेर पुलिस क्लबमा राखिएको थियो । पक्राउ परेका केही सोही दिन छुटे । […]











