काठमाडौं, १३ पुस । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक विना निर्णय टुङ्गिएको छ । सभामुख चयन र अमेरिकी परियोजना मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी) बारे निर्णय गर्न आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेको थियो । यी दुई एजेन्डामा कुनै निर्णय हुन नसके पनि अन्य विषयमा केही सहमति गरिएको स्रोतले जनाएको छ । […]
मुख्य विशेष
विश्वका चर्चित १४ शहरका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने
काठमाण्डौँ १३ पुस । नेपाल भ्रमण वर्ष २०२० को प्रचार गर्न विश्वका अग्ला टावरमा नेपालको झण्डा र भ्रमण वर्ष २०२० को लोगो फहराइने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले डिसेम्बर ३१ तारिखका दिन विश्वका चर्चित १४ शहरका अग्ला भवनमा नेपालको झण्डा फहरिने पक्का भएको जानकारी दिनुभयो । मन्त्री भट्टराईले यसको […]
अर्काको जीवनसँग गम्भीर खेलवाड गर्नेलाई जेल सजाय गर्दा राम्रो होला
काठमाण्डौ, १३ पुस । बढ्दो दुर्घटना न्यूनिकरणका लागि राज्यले नीतिगत सुधारका लागि पहल गरिरहेको छ । चालकको लापरवाही नै दुर्घटनाको मुख्य कारकका रुपमा देखा पर्दै आएका कारण जरिवाना दर वृद्धि गर्ने दिशामा छलफल भइरहेको छ । कतिपयले सवारी नियम उल्लंघनमा जरिवाना दर बढाउनुपर्ने तर्क पनि गरिरहेका छन् । यद्यपि सवारी नियम उल्लंघनकर्तालाई जरिवाना दर वृद्धिले […]
बालुवाटारमा केहीबेर अघिबाट नेकपा सचिवालय बैठक सुरु
काठमाडौं, १३ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक सुरु भएको हो । बैठकमा नयाँ सभामुखका प्रस्तावित उम्मेदवारबारे छलफल केन्द्रित भएको बताइएको छ । यौन दुर्व्यवहारको आरोपसँगै कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । उपसभामुखलाई राजीनामा गराएर नेकपाले सभामुखमा नयाँ अनुहार […]
तानसेनको चुच्चेबारीमा बस दुर्घटना,थप विवरण आउन बाँकी
पाल्पा ११ पुस । पाल्पाको तानसेन नगरपालिका वडा नं ८ चुच्चेबारीमा यात्रुबाहक बस दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडकखण्डको चुच्चेबारीमा बस दुर्घटना भएको हो । पोखरबाट बुटवलको लागि छुटेको बस दिउँसो २ १५बजे दुर्घटनामा परेको स्थानिय मोहन कार्कीले जानकारी दिनुभयो । बस सडकबाट केही तल खोल्सामा खसेको छ । घाईतेलाई स्थानिय […]
बिज्ञापनमा दिँदा घुस माग्ने कर्मचारी अख्तियारको फन्दामा
ललितपुर, ११ पुस । नगरपालिकाले विभिन्न पत्रपत्रिकामा बिज्ञापन प्रकाशित गर्दा पनि कर्मचारीले कमिसन माग्ने गरेको सुन्दा तपाई अचम्म मान्न सक्नुहुन्छ । तर अचम्म नमन्नुस ललितपुरको महालक्ष्मी नगरपालिकाका कर्मचारीले बिज्ञापन बापतको कमिसनमा बार्गेनिंग गर्दा अख्तियारको फन्दामा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित नगरपालिकाका दुइ कर्मचारीलाई पक्राउ गरेको छ। लेखा अधिकृत शिवकुमार घिमिरे […]
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै भक्तपुरमा ३२९ वर्ष पुरानो सम्पदा पुन: स्थापित
बिहीवार दिउँसोको करीब ३ बज्न लागेको थियो । भक्तपुरको दरवार क्षेत्रस्थित पचपन्न झ्याले दरवार अगाडी कहिल्यै नदेखिएका २ वटा ठूला नगराले मानिसहरुको ध्यान तानिरहेको थियो । नगराको छेउमै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति प्रफुल्ल मुद्रामा केहि निर्देशन दिइरहेका देखिन्थे । प्रायजसो गम्भीर मुद्रामा प्रस्तुत हुने र कमै खुल्ने उनको चेहराको मुस्कानले नगरपालिकाले केहि राम्रै गरेको […]
सकेन नेकपाले सभामुख टुंगो लगाउन
काठमाडौं ११ पुस । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा ले सभामुखको उम्मेदवारमा सहमति जुटाउन नसक्दा प्रतिनिधिसभाको निर्धारित बैठक नै प्रभावित भएको छ । शुक्रबार १ बजेका लागि कार्यसूचीसमेत तय भइसकेको बैठक कम्तीमा चार दिन धकेलिने भएको छ । उपसभामुख डा शिवमाया तुम्बाहम्फेले सूचना टाँसेर बैठक पुस १४ वा १६ गतेका लागि राख्ने तयारी भइरहेको संसद […]
माइती नेपालद्वारा २३९ जना महिला तथा बालबालिकाको उद्धार
काठमाण्डु, १० पुस । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग […]
महाविर पुनको आविष्कार केन्द्रमा चिनियाँ बिजुली बसका सिइओको अवलोकन
काठमाडौं, १० पुस। चिनियाँ सिचुवान गुवान अटोमोवाइल्सका सिइओ च्यङलिङ लोले महाविर पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका छन् । बुधवार विहान उनी त्यहाँ पुगेको आविष्कार केन्द्रका अधिकारीहरुले बताए । लोले चीनमा बिजुली बस बनाउने कम्पनीका सिइओ हुन् । कीर्तिपुरस्थित पुनको राष्ट्रिय आविष्कार केन्द्रमा पुगेका लोलेले निमार्णाधीन विद्युतिय सवारीमा विशेष चासो देखाएका थिए। विद्युतिय सवारी साधन बनाउन […]











