तानसेनको चुच्चेबारीमा बस दुर्घटना,थप विवरण आउन बाँकी

पाल्पा ११ पुस । पाल्पाको तानसेन नगरपालिका वडा नं ८ चुच्चेबारीमा यात्रुबाहक बस दुर्घटना भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत पाल्पा बुटवल सडकखण्डको चुच्चेबारीमा बस दुर्घटना भएको हो ।

पोखरबाट बुटवलको लागि छुटेको बस दिउँसो २ १५बजे दुर्घटनामा परेको स्थानिय मोहन कार्कीले जानकारी दिनुभयो । बस सडकबाट केही तल खोल्सामा खसेको छ । घाईतेलाई स्थानिय र प्रहरीले उद्धार गरि रहेका छन । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

Loading...