एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने

  काठमाडौं । नेपाल राष्ट्र बैंकले एटीएमबाट रकम झिक्ने सिमा घटाएको छ । केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ लाई संशोधन गर्दै एटीएमबाट झिक्न मिल्ने रकमको सिमा घटाएको हो ।  अब एटीएमबाट एक पटकमा २० हजार रुपैयाँ मात्र झिक्न पाइने भएको छ । यस अघि एक पटकमा २५ हजार रुपैयाँ झिक्न सकिन्थ्यो । यसैगरी, एक […]

कांग्रेस पदाधिकारी बैठकका यस्ता कुरा, शुक्रबार पुनः बस्ने

ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सानेपामा आजबाट सुरु भएको बैठक भोलि शुक्रबार १ बजे पुनः बस्ने भएको छ। पार्टीका उपसभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको आजको बैठकमा पदाधिकारीहरुले धारणा राख्नेक्रम नसकिएकोले भोलि पुन: बस्ने गरी स्थगित भएको प्रवक्ता डाक्टर प्रकाशशरण महतले जानकारी गराए । “वर्तमान परिवेशमा भएको घटनाक्रमले खडा गरेको राजनीतिक चुनौती र पार्टीप्रतिको […]

शनिबार राजधानीमा एमालेले युवा शक्ति प्रदर्शन गर्ने

भक्तपुर । नेकपा (एमाले) का पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका क्रममा भएका घटनाहरूको सबै विवरण आफूले सुरक्षित राखेको बताएका छन्। सबैको एक-एक हिसाब हुने उनको चेतावनी छ । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले आफूलाई पक्राउ गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई खुलेआम चुनौती पनि दिएका छन्। “एमाले अध्यक्ष केपी ओली र महेश […]

गृहमन्त्रीले गरे तीनवटै सुरक्षा प्रमुखसंग उच्चस्तरीय छलफल

काठमाडौँ । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले देशको समग्र सुरक्षा स्थिति र पछिल्ला राजनीतिक गतिविधिबारे तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल गरेका छन्। बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र नेपाली सेनाका वरिष्ठ प्रतिनिधिहरू सहभागी थिए। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, विपद् व्यवस्थापन, राजधानीमा […]

गुण्डुका कार्की नेतृत्वको आयोग नमान्ने भन्दै गुण्डुमै गर्जिए ओली, भन्छन्- जेजे गर्ने हो गर्नु

भक्तपुर । अपदस्थ प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गौरीबहादुर कार्कीको नेतृत्वमा सरकारले बनाएको छानबिन आयोग अस्वीकार्य रहेको बताएका छन् । भक्तपुरको गुण्डुमा बिहीबार जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा उनले गुण्डुकै पूर्व न्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोग अमान्य भएको उद्घोष गरे । “प्रतिवेदन लेख्नुस्, बुझाउनुस्- हामी मान्दैनौँ ।” उनले चुनौती दिदै भने,”जे […]

कक्षा ९ र १० मा अनिवार्य कम्प्युटर विषय पढाई हुने

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विस्तृत अवलोकन गर्दै देशभरका विद्यालय सुधारका लागि ठूला निर्णय र स्पष्ट निर्देशन दिएका छन्। केन्द्रमा झण्डै तीन घण्टा लामो छलफलमा सहभागी हुँदै मन्त्री पुनले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयहरूको मर्जर (एकीकरण) प्रक्रिया, र योग्य तथा […]

काभ्रेमा सवारी दुर्घटना, सात घाइते

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–६ दुलालथोकमा आज दिउँसो बस र मिनि आइचर ठोक्किँदा सातजना घाइते भएका छन्। प्रहरीका अनुसार काठमाण्डौबाट बाह्रबिसेतर्फ जाँदै गरेको बा २ ख ६५७९ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा ५ ख ६८३ नम्बरको मिनि आइचरलाई ठक्कर दिँदा आइचर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेको हो। दुर्घटनामा मिनि आइचरमा […]

भक्तपुरमा तिहार मनाउने नयाँ तिथिमिति सार्वजनिक

भक्तपुर । भक्तपुर नगरपालिकामा बसेको बैठकले यस वर्षको तिहार (स्वन्ती) मनाउने मिति टुंगो गरेको छ। नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा तलेजुका पुजारी र ज्योतिषहरूको उपस्थितिमा बसेको बैठकले तिथिअनुसार मिति निर्धारण गरेको हो। बैठकले कार्तिक २ गते आइतबार काग तिहार, ३ गते सोमबार बिहान कुकुर तिहार र दिउँसो ३ बजेपछि औंशी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा […]

इतिहासमै पहिलो पटक नवदुर्गा दर्शनमा राष्ट्र प्रमुखको सट्टा कर्मचारी सरिक

भक्तपुर । इतिहासमै पहिलो पटक यस वर्षको कोजाग्रत पूर्णिमाको दिन भक्तपुर-९ स्थित नवदुर्गा मन्दिरमा राष्ट्र प्रमुख आएनन् । प्रत्येक दशैको कोज्राग्रत पूर्णिमामा राष्ट्र प्रमुख सवारी हुने प्रचलन यो वर्ष टुटेको हो । राष्ट्रपति रामचन्द्र पौडेल मंगलबार नवदुर्गा दर्शनका लागि आउने बिश्वाससहित नवदुर्गा मन्दिर व्यवस्थापन समितिले तयारी अघि बढाएको थियो । तर, अन्तिम समयमा उनी अनुपस्थित […]

अझै अस्पतालको शैयामा ३० आन्दोलनकारी

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणले ‘जेन–जी आन्दोलन’ले देशभर गम्भीर मानवीय असर पारेको स्पष्ट गरेको छ। हालसम्म अस्पताल पुगेका ४९ जनाको ज्यान गइसकेको छ भने ३० जना अझै विभिन्न अस्पतालमा उपचाररत रहेका छन्। मन्त्रालयका अनुसार, काठमाडौंका सिभिल अस्पतालमा एक, राष्ट्रिय ट्रमा सेन्टरमा १०, काठमाडौं मेडिकल कलेजमा तीन, त्रिवि शिक्षण अस्पतालमा पाँच, पाटन […]