अर्घाखाँचीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ। बुधबार राति छत्रदेव गाउँपालिका–१ सौरेखोलामा लु ५८ प ७९७८ र लु ३३ प ६५४४ नम्बरका मोटरसाइकल विपरीत दिशाबाट आइ ठोक्किँदा दुबै सवारीका चालकको ज्यान गएको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेमा अर्घाखाँची पाणिनी गाउँपालिका–५ का २१ वर्षीय तारा बेलबासे र गुल्मी छत्रकोट गाउँपालिका–६ […]
मुख्य विशेष
जेन–जी प्रतिनिधि यमराज पक्राउ
काठमाडौं । पछिल्लो समय ‘जेन–जी प्रतिनिधि’ भन्दै विभिन्न सरकारी कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउँदै आएका यमराज र यमु भनेर चिनिने अर्जुनबहादुर शाही पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई बुधवार साँझ कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको हो। परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार शाहीको अबैधानिक हर्कत र आपराधिक पृष्ठभूमिबारे थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। […]
भक्तपुर क्यान्सर अस्पतालमा पेलियटिभ सेवा बिस्तारको लागि कोष स्थापना
भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालले विश्व होस्पिस तथा पेलियटिभ केयर दिवस–२०२५ को अवसर पारेर पेलियटिभ हेरचाह कोष बनाउने घोषणा गरेको छ । “प्रतिज्ञा पूरा गरौं — सबैलाई पेलियटिभ हेरचाहको पहुँच सुनिश्चित गरौं” भन्ने उद्गारसहित एक विशेष कार्यक्रमका बीच अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले सो घोषणा गरेका छन् । भक्तपुर क्यान्सर अस्पताल पेलियटिभ हेरचाह कोषमा […]
माओवादी केन्द्रका युवा र विद्यार्थी उजुरी लिएर साइबर ब्यूरो जाने
काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा तथा विद्यार्थी संगठन वाइसीएल नेपाल र अखिल (क्रान्तिकारी)ले पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध साइबर ब्यूरोमा उजुरी दर्ता गर्ने भएका छन्। अखिल (क्रान्तिकारी)का उपाध्यक्ष तथा अधिवक्ता बिराज थापाका अनुसार उनीहरूले पार्टी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध सामाजिक सञ्जालमार्फत झुठो प्रचार र अफवाह […]
बकबक गर्नेलाई उपचार गर्ने गृहमन्त्रीको चेतावनी
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारमा नभए पनि आफू नै राज्य ठान्नेहरु बिरुद्ध कठोर हुने चेतावनी दिएका छन् । अछामका मदन बुढाको आमरण अनसन आज तोडाउँदै उनले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेततर्फ लक्षित गर्दै उनीहरूले “राज्यजस्तो हिँड्ने प्रवृत्ति” देखाएको बताए । गृहमन्त्री अर्यालले भने, “के कारणले […]
डोटीमा जिप दुर्घटना, एकजनाको निधन
डोटी । डोटीको बडिकेदार गाउँपालिका–३ देवलमा बिहान करिब साढे ९ बजे बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सु.प.प्र.०१–००१ च ४६५१ नम्बरको बोलेरो जिप भित्री कच्ची सडकमै पल्टिएको थियो । उक्त दुर्घटनामा परी बडिकेदार गाउँपालिका–३ की ३५ वर्षीया लक्ष्मी कुमारी सलामीको घटनास्थलमै ज्यान गएको हो । जिप […]
पाँच हजार बढी कैदीबन्दी अझै फरार
काठमाडौँ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि देशभरका विभिन्न कारागारबाट भागेका हजारौं कैदीबन्दी अझै फिर्ता नहुँदा शान्ति–सुरक्षामा गम्भीर चुनौती थपिएको छ। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ९ हजार ८ जना कैदीबन्दी फिर्ता भइसके पनि ५ हजार ५४७ जना अझै फरार छन्, जसले देशभरको सुरक्षा संयन्त्रलाई चिन्तित बनाएको छ। पछिल्लो केही कर्तव्य ज्यानसहितका आपराधिक […]
प्रायोजित र भ्रामक प्रचारको माओवादी केन्द्रद्वारा खण्डन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका परिवारका सदस्यहरूविरुद्ध केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् प्रायोजित, असत्य र चरित्रहत्या गर्ने सामग्रीहरूप्रति फैलाइएको भन्दै पार्टीले कडा आपत्ति जनाएको छ। संयोजक प्रचण्डको सचिवालयका तर्फबाट उनका प्रमुख स्वकीय सचिव एवं केन्द्रीय सदस्य गोविन्द आचार्यले एक विज्ञप्ति जारी गर्दै संकटको संवेदनशील घडीमा पार्टी नेतृत्वविरुद्ध नियोजित […]
इन्दिराको जीवनमा आधारित फिल्म ‘इन्दिरा धिमे मैचा’
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पहिलो महिला धिमेवादक इन्दिरा लाछिमस्युको जीवनमा आधारित फिल्म *‘इन्दिरा धिमे मैचा’*को उद्घाटन गरेका छन् । कार्यक्रममा प्रमुख प्रजापतिले ३ दशकअघि महिलाले धिमे, धाँ जस्ता बाजा बजाउन त के, छुनसम्म नहुने परम्पराविरुद्ध इन्दिराले उठाएको कदमलाई ऐतिहासिक र क्रान्तिकारी बताए। उनका अनुसार, इन्दिराको संघर्षले महिलालाई सांस्कृतिक सन्देशसहित सशक्त बनाएको छ। […]
भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ
भक्तपुर । दिउँसै मादक पदार्थ सेवन गरि सवारी चलाएका कारण दुर्घटना बढ्न थालेपछि भक्तपुरमा दिउँसो पनि मापसे चेकिङ शुरु गरिएको छ । छ लेन सडकमा शनिबार ट्राफिक प्रहरीले मापसे चेकजाँचलाई कडाइ गरेको हो । जिल्ला ट्राफिक कार्यालय भक्तपुरका प्रमुख रहेका प्रहरी निरीक्षक प्रदीप खत्रीले सवारी दुर्घटना बढ्न थालेपछि साँझबाट गर्दै आएको मापसे चेकिङ दिउँसो पनि […]










