नवनियुक्त मन्त्री सबैले शितल निवासमा लिए सपथग्रहण

काठमाडौँ । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा विशेष समारोहबीच शुक्रबार नियुक्त भएका १६ मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । राष्ट्रपति भण्डारीले संविधानको धारा ८० बमोजिम मन्त्रीहरुलाई शपथ ग्रहण गराएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यसअघि नवनियुक्त २ राज्यमन्त्रीहरुले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पद तथा गोपनियताको […]

धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न प्रचण्डको निर्देशन

असोज २२ ,भक्तपुर । पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना कर्यकर्तालाइ धन र डनको राजनीति गर्न खोज्नेलाई लखेट्न निर्देशन दिएका छन् । शुक्रवार भक्तपुरको सूर्यविनायकमा आयोजित पार्टीको जिल्ला बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालिन सत्तासंगै बिद्रोह गरेर परिवर्तन ल्याउन सफल पार्टी भएकोले धन र डनको आडमा माओवादीलाई […]

एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ । पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई […]

लुम्बिनी प्रदेश सरकारले नयाँ बजेट ल्याउँदै

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दैछ । आज दिउँसो एक बजे बस्ने बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट सभामा पेश गर्ने कार्यसूची रहेको छ। प्रमुख विपक्षी दल एमालेले आजको बैठक पनि अवरुद्ध पार्ने बताएको छ । एमालेले सांसदद्वय अजय शाही र विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने […]

राष्ट्रपतिसमक्ष महिला आयोगको प्रतिवेदन पेश

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रिय महिला आयोगले आज आयोगको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन पेश गरेको छ । राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आयोजित एक समारोहमा आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले नेपालको संविधानको धारा २९४ अनुसार राष्ट्रपति भण्डारीसमक्ष सो प्रतिवेदन पेश गरिन् । सो अवसरमा राष्ट्रपति भण्डारीले लामो समयको सङ्घर्षबाट स्थापित राष्ट्रिय महिला आयोग नेपाली […]

ड्यूटीमा भेटिदैनन् सिभिल अस्पतालका चिकित्सक, तलब भत्ता सरकारी काम भने निजीतिर

काठमाडौं, १६ असोज । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी (सिभिल) अस्पतालमा चिकित्सकहरु नभेटिने गरेको भन्दै सेवाग्राहीहरुले गुनासो गर्ने गरेका छन् । अस्पतालमा विरामीहरुको अत्यधिक भिड भए पनि चिकित्सकहरुले पूरा समय ड्यूटी नगरेका कारण सिभिल अस्पतालले दिनुपर्ने सेवामा प्रभाव परेको छ । सिभिल अस्पताल नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको अस्पताल हो । अस्पतालमा कार्यरत, चिकित्सक, नर्स र […]

कांग्रेस काठमाडौंको नगर अधिवेशनमा आज देउवा-सिटौला भर्सेज प्रकाशमान-गगन भिडन्त

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंमा आज नगर अधिवेशन हुँदैछ। ११ वटा नगरपालिकामध्ये १० वटामा शनिबार अधिवेशन हुन लागेको हो। दक्षिणकाली नगरपालिकामा भने २ नम्बर वडाको अधिवेशन बाँकी रहेकाले आज नगर अधिवेशन नहुने नेपाली कांग्रेसले जनाएको छ। चन्द्रागिरी नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन हुने भएको छ। त्यहाँ अहिलेकै नगरसभापति घनश्याम गिरीलाई दोहोर्‍याउन संस्थापन र इतर पक्ष तयार […]

भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी काठमाडौँमा

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी मंगलबार काठमाडौँ आएका छन् । भारतीय विदेश मन्त्रालयका नेपाल र भुटान मामिला हेर्ने अनुराग श्रीवास्तव मंगलबार काठमाडौँ आएका हुन् । भारतको लगानीमा नेपालमा सञ्चालित परियोजनाको अनुगमन बैठकमा सहभागी हुन उनी नेपाल आएको जनाइएको छ । अमेरिकाको न्यूयोर्कमा परराष्ट्र मन्त्री डा. नारायण खड्का र उनका भारतीय समकक्षी एस जयशंकरबीच […]

एमाले केसको बैठकमा तीन प्रतिवेदन पारित, घनश्याम भुसालको फरकमत

काठामडौँ । नेकपा एमाले केन्द्रीय कमिटीको बैठक सकिएको छ । शुक्रबार सुरु भएको बैठक आइतबार तीनवटा प्रतिवेदन पारित गर्दै सकिएको हो । अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिब ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिब विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन मस्यौदा बैठकले सुझाबसहित पारित गरेको प्रचार विभाग प्रमुख योगश भट्टराईले […]

न्यायाधिशको भेषमा अदालत भित्र छिरेकाले गोली चलाउँदा ‘मोस्ट वान्टेड ग्याङस्टार’सहित तीनको मृत्यु

काठमाडौं । भारतको राजधानी नयाँदिल्लीस्थित एक अदालतभित्र गोली चल्दा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो दिल्लीको रोहिनी अदालतभित्र गोली चल्दा तीन जना मारिएको हिन्दुस्तान टाइम्सले जनाएको छ। दुई जना बन्दुकधारी व्यक्तिहरूले वकिलको लुगा लगाएर अदालत परिसर प्रवेश गरेका थिए। ती दुई बन्दुकधारीले दिल्लीका ‘मोस्ट वान्टेड ग्याङस्टर’ जितेन्द्र गोगीलाई गोली हानेका थिए। प्रहरीले दोहोरो गोली […]