एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।

पार्टीको बिहीबार बसेको स्थायी कमिटीको बैठकले पार्टीको चुनाव चिह्न कलम राख्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले चार पदाधिकारी मनोनयन गरेको छ । प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई उपमहासचिव तथा गरिमा साह, जीवनराम श्रेष्ठ र भागवत विश्वासीलाई सचिवमा मनोनित गरेको छ ।

Loading...