अष्ट्रेलिया पठाइदिन्छु भन्दै १२ लाख लिएर फरार ब्यक्ति पक्राउ

काठमाडौँ। अष्ट्रेलिया पठाईदिन्छु भनि रकम ठगेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन्। आफूलाई Queensland Education Foundation Pvt. Ltd. को सञ्चालकका रुपमा परिचय दिने बानेश्वर बस्ने मणि निरौलालाइ प्रहरीले पक्राउ गरेकाे हाे । 

निराैलाले सुजन खत्री नामका एक व्यक्तिसँग अध्ययनको लागि डिपेन्डेण्ट भिषामा अष्ट्रेलियामा पठाइदिन्छु भनि १२ लाख लिएका थिए । पैसा लिएपछि अस्ट्रेलिया पनि नपठाएकाे र केहि समयपछि फरार भएकाेले पिडितले दिएकाे निवेदनका अाधारमा निराैलालाइ महानगरी अपराध महाशाखाले बुधबार बानेस्वरबाटै पक्राउ गरेको जनाएकाे छ ।

टोखा न.पा. वडा नं. १ बस्ने २४ वर्षका सुजन खत्रीलाई निराैलाले धेरै प्रलाेभन दिएर फसाएकाे बताइएकाे छ । पटक पटक प्रयास गर्दा पनि सम्पर्कमा नआए पछि महाशाखामा जाहेरी निवेदन दिएकाे खत्रीले जनाएका छन । पक्राउ परेका निरौलालाइ थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार काठमाडौँ पठाईएको महाशाखाले जनाएको छ ।

 

Loading...