सौराहा, १२ मंसिर । चितवनमा जारी नेकपा एमाले दसौं महाधिवेशनको दोस्रो दिनको बन्दसत्र निर्धारित समयभन्दा ठ्याक्कै १२ घन्टापछि सुरू भएको छ। यस क्रममा अहिले एमाले अध्यक्ष मण्डलको बैठक बस्दैछ। बन्दसत्र स्थलमा अध्यक्ष केपी शर्मा ओली प्रवेश गरेपछि बाहिर नाराबाजी भएको छ। खासगरी ओली पक्षका समर्थकले ओलीको पक्ष र भीम रावलको विपक्षमा नाराबाजी गरेका छन्। नाराबाजी […]
मुख्य विशेष
गएराति जाजरकोटमा रात्रीबस दुर्घटना हुँदा ५ को मृत्यु २५ घाइते
सुर्खेत, १२ मंसिर । जाजरकोट कुदु नजिक बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । आइतबार बिहानै कुदुको खहरे खेला नजिक उक्त बस दुर्घटना भएको त्यहाँका स्थानीयले जनाएका छन् । दुर्घटनामा परी मृत्यु भएका पाँच जनाको सनाखत भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्जदेखि जाजरकोटको हुँदै रुकुम राडिबजार गइरहेको ना६ख २७५७ नम्बरको बस राति […]
एमालेको १०औँ महाधिवेशन आजदेखि, अध्यक्ष ओलीले उद्घाटन गर्दै
काठमाडौँ । देशको सबैभन्दा ठुलो राजनीतिक दल नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । नारायणी नदी तटमा हुने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ। एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित […]
छाङरु र तिंकरको जनगणना गरेर फर्किएको टोलीलाई हेलिकोप्टरमार्फत खलंगा ल्याइयो
दार्चुला । दार्चुलाको ब्यास गाउँपालिका १ छाङरु र तिंकरमा जनगणना गर्न गएको टोलीलाई बिहीबार नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुला सदरमुकाम खलंगा ल्याइएको छ । भारतले आफ्नो क्षेत्रको सडकबाट जान नदिँदा स्वदेशको बाटो भएर जोखिमपूर्ण यात्रा गर्दै चार दिन हिँडेर जनगणना टोली उक्त क्षेत्र पुगेको थियो । ३ मंसिरमा दार्चुला सदरमुकाम खलंगाबाट उक्त क्षेत्रतर्फ गएको जनगणना टोली […]
कांग्रेस प्यूठानको मतगणनामा झडप, झडपमा ७ घाइते, प्रहरीले चलायो गोली
दाङ । नेपाली कांग्रेसकाे १४ औँ महाधिवेशन अन्तर्गत प्यूठानमा मतगणनाकाे क्रममा मंगलबार बेलुकी भएको झडप नियन्त्रणमा लिन प्रहरीले चलाएकाे गाेली लागेर प्रहरीसहित ७ जना घाइते भएका छन्। गाेली लागेर गम्भीर घाइते भएकाहरुलाई थप उपचारको लागि बुटवल लगिँदै छ। प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले गाेली नचलेकाे भन्दै प्रहरीकाे बचाउ गरेका थिए। घटनास्थलमा रहेका प्रत्यक्षदर्शीका अनुसार प्रहरीले ४ […]
सरकारी तलब खानेले दलको कुनै पनि समितिमा बस्न नमिल्ने निर्वाचन आयोगको निर्णय
काठमाडौँ । निर्वाचन आयोगले सरकारी तलब खाने कुनै पनि कर्मचारीले कुनै पनि राजनीतिक दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको छ । आयोगको मंगलबार बसेको बैठकले संघीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकार अन्र्तगत रहेका कुनै पनि कर्मचारी, शिक्षक र प्राध्यापकले कुनै पनि दलको समितिमा बस्न नमिल्ने निर्णय गरेको हो । आयोगले सरकारी तलब खाने व्यक्ति […]
सिन्धुपाल्चोकको हेलम्बुमा गोठमा आगलागी, तीन बालकको मृत्यु
काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा घरसँगै गरेहेको स्थानीय सन्त तामाङको एक तले गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । सिन्धुपाल्चोकका डिएसपी दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार सोमबार बेलुका सात बजेतिर हेलम्बु–७ सरसिङका सन्त तामाङ गोठमा आगलागी हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको हो । मृत्यु हुनेमा गोठमा बसिरहेका सन्तका छोरा ६ वर्षका मनोज, स्थानीय सुकमान […]
प्रधानन्यायाधीशको अधिकार कटौती, गोलाप्रथाले वैधानिकता पायो
काठमाडौँ । सर्वोच्च अदालत नियमावली २०७४ दोस्रो संशोधन राजपत्रमा प्रकाशित भएको छ । नियमावली राजपत्रमा प्रकाशित भएसँगै सर्वोच्च अदालतका प्रधानन्यायाधीशको तजविजी अधिकार कटौती भएको छ । मुद्दाको पेशी प्रधानन्यायाधीशले आफ्नो तजविजीमा तोक्दै आएकोमा अब गोलाप्रथाबाट पेशी सूचीकरण हुने भएको छ । यही मंसिर २ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकको फुलकोर्ट बैठकले प्रधान्यायाधीशको अधिकार कटौती गर्ने […]
सर्वोच्च अदालतमा आजका लागि तोकियो १२ इजलास
काठमाडौं, ६ मंसिर । सर्वोच्च अदालतमा सोमबारका लागि १२ इजलास तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आजका लागि एउटा एकलसहित ११ संयुक्त इजलास तोक्नुभएको छ । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको सर्वोच्चले जनाएको छ । प्रधानन्यायाधीश जबराले न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाल, दीपककुमार कार्की र हरिप्रसाद फुयाल, मीरा खड्का र […]
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
सप्तरी – जिल्लाको बोदेबरसाइन नगरपालिका–७ हैठीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका–११ बनौलीका २३ वर्षीय मोहम्मद सहजाद आलम रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । गए राति भएको दुर्घटनामा गम्भीर घाइते भएका आलमको उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना गरे पनि उपचारका […]











