बुटवलमा गोली चल्यो । ठूलो सङ्ख्यामा प्रहरी परिचालन

रुपन्देही, २० साउन । रुपन्देहीमा अज्ञात समूहले एक व्यापारीमाथि दिउसै गोली प्रहार गरेको छ । जिल्लाको मणिग्राममा दिउसो गोली चलेको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले गोली चलेको जानकारी दिएका छन् । साथै उनले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र गोली हान्नेहरुको खोजी भइरहेको बताएका छन् । मणिग्रामका स्थानीय […]

बार्सिलोना छोड्नुको कारण खोले नेमारले । मेसी जस्तो महान खेलाडी विश्वले फेरि नपाउने दावी

एजेन्सी । विश्व फुटबलमा अहिलेसम्मको रेकर्ड तोड्दै चर्चित ब्राजिलियन स्टार नेमारले आफूले बार्सिलोना छोड्नुको कारणबारे पहिलो पटक मुख खोलेका छन् । फ्रान्सको फुटबल क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले कीर्तिमानी रकमको प्रस्ताव गरेपछि बार्सिलोना छोडेका नेमारले पीएसजीसँगको सम्झौतामा हस्ताक्षर गरेपछि यसबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् । पीएसजीसँग नेमारले शुक्रबार बिहानमात्र सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् […]

ओम अस्पतालको लापर्वाहीका कारण सामान्य बिरामीको ज्यान गएपछि तनाव

काठमाडौं । पटक पटक विवादमा अाइरहने ओम अस्पतालमा फेरि विवाद आएको छ । लापर्वाहीका कारण बिरामीको ज्यान गएपछि अस्पतालमा विवाद आएको हो ।   गोरखा आरुघाट स्थायी घर भई चाबहील गणेश स्थान बस्दै आएकी बर्ष ५४ की नन्दकुमारी लामीछानेको चिकित्सकको लापर्वाहीकै कारण ज्यान गएको आफन्तले आरोप लगाएका छन् ।   बुधबार दिउँसो १२ बजे पत्थरीको […]

रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा

काठमाडौं, १९ साउन । रुस र अमेरिकाबीच व्यापारिक युद्धको घोषणा भएको छ । रसियन प्रधानमन्त्री दिमित्री मेदनेभले हालै अमेरिकाले लादेको आर्थिक नाकाबन्दीको विधेयक मस्कोका विरुद्ध गरिएको पूर्ण रुपको व्यापारिक युद्धको घोषणा भएको टिप्पणी गरेका छन् । अमेरिकी कांग्रेसले रसिया विरुद्ध अार्थिक नाकाबन्दी लगाउने निर्णयसँगै दुर्इ देशले व्यापारिक युद्ध सुरु भएकाे टिप्पणी गरेका हुन् । रुसका […]

मौन संस्कृति र भ्रष्ट सिण्डिकेटका विरुद्ध

संसार, गलत क्रियाकलाप गर्नेहरुबाट नष्ट हुँदैन् तर यसकारणले हुन्छ जो गलत क्रियाकलाप चुपचाप देखिमात्र रहन्छन् । — अल्बर्ट आइन्स्टाइन समाजको मौन संस्कृति डरलाग्दो हुन्छ । बोल्नुपर्ने, चिच्याउनु पर्ने विषय र समयमा समेत मौनता खतनाक हुन्छ । त्यसले जागरुक र चेतनशील, खतरासँग जुझ्ने भन्दा पनि लम्पसारवादी समाज निर्माण गरिरहेको हुन्छ । मौन बसिदिँदा राजनीतिक पार्टीहरु भ्रष्ट […]

बलात्कारी र भ्रष्टाचारीलाई चुनाव लड्न दिनुपर्ने माग गर्दै संसदमा एक दर्जन सांसदले गरे हंगामा

काठमाडौं, १७ साउन । संसारभर बलात्कार र भ्रष्टाचार निकै ठूलो अपराधमा दर्ज हुँदैछन । नेपालमा भने बलत्कारी र भ्रष्टाचारीलाई राज्यको कानुन बनाउने सर्वोच्च निकायमा पुर्याउनुपर्छ भन्ने माग उठन थालेका छन् । त्यो पनि अरुले होइन, देशको संविधान बनाउन निर्वाचित सभासद/सांसदहरुले नै संसदमै यस्ताे माग गरेका छन । भ्रष्टाचारलार्इ शुन्य सहनशीलता अपनाउने घोषणा चौतर्फी भइरहेका बेला […]

गृहमन्त्रीसँग विप्लवका प्रवक्ता आगो । हस्तक्षेप नरोके कडा संघर्षको चेतावनी

काठमाडौँ, १७ साउन । नेपाल कम्युनस्टि पार्टीले पोखरा पृथ्वी चोकस्थित सस्तो बजारका व्यवसायीमाथि हस्तक्षेप गरेको भन्दै विरोध जनाएको छ । विगत पाँच वर्षदेखि फुटपाथका व्यापारीले लगानी गरेर सस्तो बजार संचलान गर्दै आएका साना व्यपारीलाई उठिबास लगाउन सरकार भ्रष्ट तत्वसँग मिलेको नेकपाले बताएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले मंगलबार विज्ञप्ति जारी गरेर सरकार र नेपाल वायु […]

अख्तियारको नियन्त्रणमा ज्वाइ सरह बसेका शर्मालाई प्रहरी हिरासतमा लिन सर्वोच्चको आदेश

काठमाडौं, १७ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक चुडामणी शर्मालाई प्रहरी हिरासतमा राख्न आदेश गरेको छ । कर फर्छ्यौट आयोगमार्फत कर मिनाहा दिइएको अभियोगमा अख्तियार अनुसन्धान आयोगद्वारा पक्राउ परेका शर्मा अहिलेसम्म अख्तियारको नियन्त्रणमा रहेका छन् । सर्वोच्चको यो आदेशसँग अब शर्मालाई प्रहरीको हिरासतमा लगिने भएको छ । अख्तियारको नियन्त्रणमा उनी उच्च सुविधासहित […]

मन्त्रीकै अगाडि कार्यकारी अधिकृतमाथि कुटपिट । मन्त्री साह हेरेको हेर्यै

धनुषा, १७ साउन । सहरी विकास मन्त्री प्रभु साहसँगै विकास निर्माण कार्यको अनुगमनमा रहेका जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृतलाई स्थानीयवासीले कुटपिट गरेका छन् । जनकपुर नगर क्षेत्रमा एडिबीको ऋण सहयोगमा सञ्चालित एकीकृत विकास आयोजनाको स्थलगत अनुगमनका लागि मंगलबार बिहानै सम्बन्धित कार्यालयका प्रमुखसहित मन्त्री साह स्थानीय विद्यापति चोक पुगेको बेला कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरिएको हो […]

हत्या गरी मलेसिया, कम्बोडिया, भियतनाम बसी फर्केका व्यक्ति १५ वर्षपछि प्रहरी फन्दामा

झापा, १७ साउन । भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका […]