बुटवलमा गोली चल्यो । ठूलो सङ्ख्यामा प्रहरी परिचालन

रुपन्देही, २० साउन । रुपन्देहीमा अज्ञात समूहले एक व्यापारीमाथि दिउसै गोली प्रहार गरेको छ । जिल्लाको मणिग्राममा दिउसो गोली चलेको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द मरासिनीले गोली चलेको जानकारी दिएका छन् । साथै उनले उक्त क्षेत्रमा प्रहरी परिचालन गरिएको र गोली हान्नेहरुको खोजी भइरहेको बताएका छन् ।

मणिग्रामका स्थानीय वासिन्दाका अनुसार नम्बर प्लेट नभएको मोटरसाइकलमा आएका दुई जनाले स्थानीय व्यापारी दुर्गालाल भण्डारीमाथि गोली प्रहार गरेका हुन् । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ स्थित शिरिशा मार्वलका सञ्चालक भडारीलाई लक्षित गरी गोली प्रहार गरेर उनीहरु भागेका थिए । तर, गोली उनलाई नलागेको स्थानीयले बताएका छन् ।

हेलमेट लगाएर आएकाले उनीहरुको हुलिया र विस्तृत विवरण थाहा पाउन नसकेको स्थानीयवासीले जनाएका छन् । प्रहरीले मणिग्रामसहित त्यसको आसपासका साथै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जनाएको छ ।

Loading...