प्रोस्टेट ग्रन्थीको समस्याले ग्रस्त डा. भट्टराईको भक्तपुरमा शल्यक्रिया हुँदै

काठमाडौं, २० साउन । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईको प्रोस्टेट ग्रन्थीको अप्रेसन गरिने भएको छ। पिसाब सम्बन्धि समस्याबाट ग्रस्त भएका भट्टराईको शुक्रबार प्रोस्टेट ग्रन्थीको अप्रेसन गरिने भएको हो।

भट्टराईको भक्तपुरस्थित नागरिक अस्पतालमा साँझ ४ बजे अप्रेसन हुन लागेको हो। उनलाई डा. राजेश बर्माको टोलीले अप्रेसन गर्ने भएको छ। उनी लामो समयदेखि प्रोस्टेट ग्रन्थीको समस्याले ग्रस्त थिए।

औषधि सेवन गर्दापनि ग्रन्थी सुन्निने समस्या कम नभएपछि उनको अप्रेसन हुन लागेको हो।