सुदुरपश्चिममा महिलाको अवस्था र हाम्रो दायित्व

लेखक : सुमी शाही

नेपालका सात वटा प्रदेश मध्येको एक अनुपम प्राकृतिक सुन्दरता बोकेको मनमोहक क्षेत्र हो ‘सुदुरपश्चिम’ । जुन सात वटा पहाडि जिल्ला र दुई वटा तराइ जिल्ला मिलेर बनेको छ।

विकासका दृष्टिकोणले शिक्षा, स्वास्थ जस्ता आधारभूत कुराले होस् या सामाजिक चेतनको कमिले होस् नेपालको अन्य भूभाग भन्दा कमजाेर आँकलन गरिएको छ । तर, अनुपम प्राकृतिक नमूना बोकेको यो क्षेत्र हिमाल, पहाड, तराइको सङ्गम स्थल हो, जहाँ अपि सैपाल जस्ता मनमोहक हिमश्रृङ्खला, अग्ला सुन्दर ढ्कमक लालीगुराँसले भरिपूर्ण पहाडहरु सुनौला तराइका फाँटहरुले सजि सजावट छ ।

खप्तड राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा बन्यजन्तु आरक्ष, कर्णाली पुल, जुन एशियाकै नमूना मानिन्छ दोधारा चाँदनीको झोलुङ्गे पुल, जुन आकर्षक मोडेल बनाइएको लामो झोलुङ्गे पुल हो। पुराना प्यागोडा शैलीका मठ मन्दिर दरबारहरुका साथ शैलेस्वरी, उग्रतारा, त्रीपुरा सुन्दरी जस्ता प्रचलित मन्दिर । रामारोशन, वडिमालिका, घोडाघोडी तालका साथ असङ्ख्य नदी नाला झरनाहरुको उदगमस्थल हो । सुदुरपस्चिम जहाँ प्रचुर मात्रामा कृषि ब्यवसायका साथ अन्य व्यवसायको पनि यतिकै सम्भावना रहेको यो क्षेत्र चीनसँग र बढी मात्रामा भारतसँग सीमाना गाँसिएको छ । त्यसैले व्यापार ब्यवसाय मात्र नभएर तमाम सुदुरपश्चिमेलीका लागि रोजगारीको केन्द्र पनि बनेको छ भारत । यो क्षेत्रको शब्दमा जति बयान गरे पनि यसका आफ्नै जटिलता र समस्याको चौघेरामा पनि छ।

पृथक खालको कला संस्कृति बोकेको यो क्षेत्र झन पृथक खालको अन्धबिस्वास, आडम्बर कुरीति विकृति विसङ्गतीका साथ भेदभावपूर्ण पनि रहेको छ । यी सबैको कारण २ वटा छ्न ।

शिक्षा र चेतनाको कमि

हुने खाने जान्ने बुझ्ने को समाजप्रतिको अज्ञानता र व्यवास्ता शिक्षा, स्वास्थ, जनचेतना बिकासबाट पछाडि परेको भन्ने गरिन्छ यो क्षेत्रलाई तर सरसर्ती हेर्दा त्यो भन्दा बढी हुने खाने जान्ने बुझ्ने चेतनशील जगतको दृष्टिले अझ पछाडि पारेको छ।

आज पनि सुदुरपस्चिमका दुरदराज गाउँ मात्र होइन, सहरका आसपासमा पनि छाउपडी प्रथा, बोक्सी जस्ता अन्ध बिस्वास, बालबिबाह, बहुबिबाह, दाइजो प्रथा जस्ता रुढीवादी परम्पराका साथ विभिन्न किसिमका कु-प्रथा विसङ्गती कुरुती, विकृतिले अहिले पनि जगडेको छ ।अन्धविस्वासको पराकाष्ठा नाघेको देउकी प्रथा जस्तो चल्न पनि कति कतै अझै पनि देखिन्छ । यी यस्ताखाले विभेदपूर्ण अज्ञानता कोही कसैबाट लुकेको छैन।

२१औ शताब्दीमा पनि यस्ता विभेदपूर्ण अन्धविस्वासका पहेलीहरु सुन्दा देख्दा अच्चम लाग्छ आफूमाथि, हाम्रो जागृत समाजप्रति, हाम्रो राज्यप्रति । आज यही अशिक्षा, अज्ञानता र चेतनाको कमिले हजारौ महिलाहरु यिनै कुरीति विकृतिका शिकार हुँदैछ्न् । दिनानुदिन अनेक बाध्यताले बिदेशीनेको संख्या दिन प्रतिदिन बढ्दैछ।

यति सुन्दर सुदूरपश्चिममा महिलाप्रतिको विभेदपूर्ण सोच चुलो चौकामा सीमित महिलालाई छाउपडी प्रथाको अन्धकारबाट कहिले मुक्ति पाइने ? बालबिबाह, बहुबिबाह जस्ता आडम्बरी सोचबाट कसरी मुक्ति दिने ? बोक्सी जस्ता हिंसात्मक कुकृत्यको अन्त्य कहिले? दाइजो प्रथा जस्ता कुसंस्कारबाट महिला कहिलेसम्म पीडित ?

हुँदा हुँदा एच.आइ.भी जस्तो खतरनाक रोगबाट कसले बचाउने  ? अहिले पनि हाम्रो क्षेत्रका पुरुषहरु रोजगारीको लागि भारततिर लम्किने गरेका छ्न । तिनै पुरुष जो परिवारको उज्ज्वल भविष्यको लागि विदेशीन बाध्य छ्न, तिनै पुरुषले आफ्नो मोज मस्ती र चेतनाको कमिले एचआइभि बोकेर आउछ्न र घरमा आफ्नो परिवारलाई समेत शिकार बनाउँछन जसका कारण अहिले यो क्षेत्रमा एचआइभीको शिकार हुनेमा बाल बच्चाको संख्या पनि बढ्दो क्रममा छ । जुन शिक्षा चेतना र रुढिवादी परम्परा र बेरोजगारीको मारले यो समस्या झन झन ग्रसित हुँदै गएको छ आखिर यसकाे जिम्मेवारी कसले लिने।

यी सबै समस्यासँग जुध्दा जुध्दै विभिन्न समस्याहरुको समाधानको खोजी गर्न एक कदम बाहिर मात्र के निस्किन सुरु गर्छन, महिलाहरु गिद्द झै बसेका हुन्छ्न अनेक बाहाना प्रलोभन देखाएर बिदेश बेचिनुको अर्को पीडाको कहाली लाग्दो परिदृश्य कोहीबाट लुकेको छैन।

विभिन्न प्रलोभन देखाएर भारत, खाडीमुलुकका साथ युरोपका काल कोठरीमा जीवन बिताउन बाध्यछ्न महिलाहरु ।

साँच्चै मेरो मानसपटलमा सामान्यतया सुदुरपस्चिम प्रतिको भावना उजागर गर्दा सुदुरपश्चिमको सुन्दरताको बयान गर्दा जति खुसी जति उमङ्ग र आन्नद मिल्छ त्यति नै दु:ख पीडा आक्रोश पनि आउँछ जब यथार्थको धरातलमा महिलाप्रतिको विभेद र महिलाको अवस्था देख्दा ।

यसरी आफ्नो क्षेत्रमा भइरहेको महिला विभेद र विभिन्न भेदभावपूर्ण कुराको अन्त्य गर्न प्रवासमा रहेका महिलाहरुले आफ्नो पीडा सम्झेर त्यो क्षेत्रको लागि अग्रसर हुनुपर्ने आजको टड्कारो आवश्यकता छ । यसरी समाजमा रहेका बिसङ्गी हटाउन राज्य पक्षबाट विशेष पहलको आवश्यकता रहेको छ ।

अन्धबिस्वासले जगडेको हाम्रो समाजलाई आज चेतना शिक्षा स्वास्थको माध्यमबाट नै सम्भव भएकोले सामाजिक रुपमा काम गर्ने संघ सस्था व्यक्तिले अब जागरण अभियानको खाँचो छ।

मेरो सम्पूर्ण प्रवासी महिला दिदिबहिनीमा आफ्नो समाजको समृद्धि र महिलाको उत्थानको लागि एकदम अगाडि बढ्न हार्दिक अपील गर्द्छु।

 

Loading...