विद्यार्थी पढाउन हेलचक्रयाइँ नगरौँ: मुख्यमन्त्री भट्ट

डोटी, १२ भदौ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विद्यार्थी पढाउनमा कुनै कन्जुस्याइँ नगर्न आग्रह गर्नुभएको छ । डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल राजपुरमा रहेको शहीद स्मृति आवासी विद्यालय राजपुरको आज अनुगमन गर्दै मुख्यमन्त्री भट्टले विद्यार्थी पढाउनमा कुनै हेलचक्रयाइँ नगर्न शिक्षकहरुलाई निर्देशनसमेत दिएको छ । निरीक्षणकै क्रममा मुख्यमन्त्री भट्टले पढाइमा लापरवाही गर्ने शिक्षकलाई तत्काल कारवाही […]

विद्यालयमा सेनिटरी प्याडसहितको एटिएम

बझाङ, १२ भदौ । छाउपडी प्रथाविरुद्ध अभियान सञ्चालन गरिरहेको छविसपाथिभेरा गाउँपालिकाले विद्यालयमा महीनावारीका बेला छात्राको पढाइमा असर नपरोस् भनेर सेनिटरी प्याडसहितको एटिएमको व्यवस्था गरेको छ । छात्रालाई चाहिने सेनिटरी प्याडसहितको एटिएम कक्ष शुरु गर्ने बान्नीचौर मावि पहिलो स्कूल भएको छ । छविसपाथिभेरा गाउँपालिका उपप्रमुख राधिका जोशीले भनिन, “महीनावारी भएका कारणले स्कूल नआउने दिनको अन्त्य भएको […]

पद छोड्नै लाग्दा त्रिविमा खनियाँको ६० करोडको खेल

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका निवर्तमान उपकुलपति तीर्थ खनियाँले अवकाशको केही दिनअघि निजी मेडिकल कलेजहरूलाई फाइदा हुनेगरी विवादास्पद निर्णय गरेको भेटिएको छ । निजी मेडिकल कलेज सञ्चालकहरूको प्रस्तावमा उनले त्रिवि प्राज्ञिक परिषद्को निर्णय भन्दै नेपालमा प्रवेश परीक्षा नै नलिई विदेशी विद्यार्थी भर्ना गर्ने बाटो खोलेका हुन् । निर्णयबारे बैठकमा सहभागीहरूले फरक/फरक प्रतिक्रिया दिएका छन् । निवर्तमान उपकुलपति खनियाँ लगायतले […]

गाउँपालिकाका कारण एक वर्षदेखि ६ स्कूलका शिक्षकले तलब नै पाएनन

रोल्पा । गाउँपालिकाले गरेको गलत निर्णयका कारण रोल्पाका ६ विद्यालयमा कार्यरत करिब दुई दर्जन बढी शिक्षकले एक वर्षयता तलब खान पाएका छैनन् । शिक्षकले तलब त पाएनन् नै विद्यार्थीको छात्रवृती, खाजा, पुस्तक र मसलन्दको रकम समेत रोकिएको छ। पश्चिम रोल्पाको गंगादेब गाउँपालिकाले औपचारिक रुपमै विद्यालयहरुको बैङ्क खाता रोक्का गरिदिएपछि शिक्षक विद्यार्थीको बिचल्ली भएको हो । […]

प्रधानाध्यापकले कि विद्यालय सुधारौं कि त पद छाडौं

  राजेन्द्र अधिकारी प्रधानाध्यापक टंगाल मावि, टंगाल,काठमाडौं समग्र विद्यालयको अवस्थाबारे बताइदिनोस् न ? वि.सं. २०२० सालमा स्थापना भएको यो विद्यालय क्रमिक रुपमा २०२७/०२८ सालमा निम्न माध्यमिक हुँदै २०४० मा माध्यमिक तह भएको हो । २०६५ सालदेखि कक्षा ११ र १२ अध्ययन अध्यापन गराउन शुरु गरेको हो । यस टंगाल माविले स्थापनाकालदेखि अहिलेसम्म  आइपुग्दा धेरै आरोह […]

पढ्दा पढ्दै कक्षाकोठामै ढलेकी कमलाको मृत्यु, आठ जना बेहोस

पाल्पा, ११ भदौ । पाल्पाको एक विद्यालयमा अनौठो घटना घटेको छ । जिल्लाको रम्भा माध्यमिक विद्यालयमा कोचिङ पढ्दै गदाृ एकाएक बेहोस भएकी एक जना विद्यार्थीको मृत्यु नै भएको छ भने अन्य ८ जना अझै बेहोस नै रहेका छन् । रम्भा माविकी छात्रा कमला फालको कोचिङ पढ्दा पढ्दै बेहोस भएर मृत्यु भएको हो । उनका अन्य ८ […]

काठमाडौँ विश्वविद्यालयको २१ दिन अगाडिदेखि लगाएको ताला खुलेन

बनेपा, ११ भदौ । काभ्रेपलाञ्चोकको धुलिखेलमा रहेको काठमाडौँ विश्वविद्यालयका प्राध्यापक र कर्मचारी सङ्घले उपकुलपति, रजिष्ट्रार र डिनको कार्यालयमा लगाएको ताला आज २१ दिन बितिसक्दा पनि खुलेको छैन । प्राध्यापक सङ्घ र कर्मचारी सङ्घले विश्वविद्यालय नीति–नियम र पद्धतीबाट भन्दा पनि व्यक्तिविशेषबाट चलाउन खोजिएको र त्यसभित्र देखिएका अनियमितता, दक्षता र अनुभवीलाई विभिन्न विभागको जिम्मेवारी सुम्पिन र पेशागत […]

प्रअकै भरमा शिक्षा शाखा

सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य […]

प्रअ चलाउछन् स्थानीय सरकारको शिक्षा शाखा : सहयोगमा राखेका छन् अनमी

सल्यान । सल्यानको कुमाख गाउँपालिकाको शिक्षा शाखामा हालसम्म कुनैपनि कर्मचारी छैनन् । २०७५ साल माघ ३० गतेदेखि संघीय सरकारले कार्यरत स्रोतव्यक्तिहरूको काज फिर्ता गरी हटाएपछि यो अवस्था सिर्जना भएको हो । कर्मचारीको अभावले गर्दा विद्यालयको स्थलगत अनुगमन तथा निरीक्षण, कक्षा अवलोकन-परामर्श, रिपोर्टिङ जस्ता प्राविधिक कार्य ठप्प रहेका छन् भने विद्यालयका तथ्याङ्क संकलन तथा अद्यावधिक कार्य […]

परीक्षा नै नदिएर आयो करिश्माको एसईईको मार्कसिट

बैतडी । सुन्दै अचम्म लाग्ने कुरा ! परीक्षा नदिएर कुनै विद्यार्थीको मार्कसिट आउँछ ? आउँदैन । तर, बैतडीमा भने कक्षा १० को पढाई छाडेर एसईई परीक्षा समेत नदिएर ‘लब म्यारेज’ गरेर हिँडेकी करिश्मा चन्दको एसईईको मार्कसिट आएको छ । जिल्लाको सिगास गाउँपालिका–५, ढुङ्गाढ स्थित सारदा माध्यमिक विद्यालयमा अध्ययनरत करिश्मा चन्दको एसईईको मार्कसिट आएको विद्यालयले जानकारी […]