तीन सन्तानलाई स्नातकोत्तर गराउने एकल आमा सम्मानित

भद्रपुर, २० असोज । तीन सन्तानलाई स्नातकोत्तर अध्ययन गराउन सफल विर्तामोड नगरपालिका–२ चारपानेकी एकल महिला मायादेवी रिजाललाई आइतबार यहाँ सम्मान गरिएको छ । साहित्यकारद्वय कृष्ण धराबासी र कुमार भट्टराईकी ममतामयी आमा अम्बिकादेवी भट्टराईको स्मृतिमा स्थापित ‘आमा सम्मान’ बाट उनी सम्मानित भएकी हसन् । सम्मानमा प्रमाणपत्रसहित उनलाई रु ११ हजार नगद प्रदान गरिएको थियो । प्रतिष्ठानका […]

गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै

भोजपुर, १९ असोज । गाउँमै उच्च तहको शिक्षा पाएपछि पछिल्लो समय गाउँकै क्याम्पसमा विद्यार्थीको मोह बढ्दै गएको छ । घरपायकमा क्याम्पस तथा कलेज खुल्न थालेपछि महँगो खर्च गरेर शहरबजारमा बस्नुपर्ने अवस्था कम भएको हो । आफ्नै गाउँठाउँको क्याम्पसमा रुचिअनुसारको विषय पढ्न पाएपछि ग्रामीण भेगका विद्यार्थीमा सहजता थपिएको छ । उच्च शिक्षाका लागि धनकुटा, खाँदबारी, धरान, […]

त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउन शिक्षामन्त्रीको आग्रह

गौशाला, १८ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि शिक्षासँग सरोकारवाला निकायसमक्ष आग्रह गरेका छन् । शनिबार महोत्तरीको गौशालामा आयोजित पढाइका निरन्तरताका लागि शैक्षिक सामग्री वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले बालबालिकालाई विद्यालयमा भर्ना गरेर […]

छ आधारभूत विद्यालय बालविकास केन्द्रमा रुपान्तरित

फिदिम, १८ असोज । विद्यार्थीको अभाव भएपछि पाँचथरको याङवरक गाउँपालिकाका छ वटा आधारभूत विद्यालयलाई बालविकास केन्द्रमा रुपान्तरण गरिएको छ । यहाँका तीन आधारभूत विद्यालयमा आधारभूत तह उमेरका विद्यार्थीको सङ्ख्या शून्य भएको छ भने तीन विद्यालयमा आधारभूत तहका विद्यार्थी आवासीय विद्यालयमा रहने भएपछि विद्यालयलाई बालविकास केन्द्रमा रुपान्तरण गरिएको हो । शिक्षण सिकाइ क्रियाकलापलाई व्यवस्थित गर्दै शैक्षिक […]

पढेको हुबहु सम्झिने र पढ्न जाँगर चल्ने यी सरल तरिका

काठमाडौ । धेरै विद्यार्थीहरुको मुख्य समस्या पढ्न बस्दा निन्द्रा लाग्छ । भन्नुको अर्थ के भने विद्यार्थीलाई किताब पढ्न मन लाग्दैन बरु उनीहरु फेसबुक पढ्न मन पराउँछन् । यो बच्चा देखि युवा हरेकमा देखिने गम्भीर खालको समस्या हो । सानै देखि मोबाइल, टिभीसँग नजिक भएका बच्चाहरुलाई किताब हेर्न मन लाग्ने कुरा पनि भएन् । अर्को नेपालमो […]

दशैँ खर्च जुटाउन गिट्टी कुट्दै बालबालिका

जाजरकोट, १७ असोज । राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या पनि ठूलै छ । सयौँ व्यक्ति यही बाटो हुँदै हिँड्ने गर्दछन्, तर यहाँका दलित र जनजाति समुदायका […]

दुर्गम क्षेत्रका विपन्न र सडक बालबालिकाका लागि याङवरकमा आवासीय विद्यालय

फिदिम, १७ असोज । पाँचथरको याङवरक गाउँपालिकाले दुर्गम क्षेत्रका विपन्न तथा सडक बालबालिकाका लागि आवाशीय विद्यालय सञ्चालनमा ल्याउने भएको छ । गाँउपालिकाको वडा नं १ च्याङथापूमा रहेको विष्णु माध्यमिक विद्यालयमा आवासीय विद्यालय सञ्चालन गर्न लागिएको हो । गाउँपालिकाले विष्णु माविकै छेउमा एक घर भाडामा लिई विद्यार्थीलाई आवासको व्यवस्था गरेको छ । आवाशमा विद्यार्थीका लागि आवश्यक […]

एसइई पुरक परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सूचना जारी गरेको छ । गत १ भदौदेखि ११ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । पुरक परीक्षामा एक लाख […]

एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक हुँदै, परीक्षा नियन्त्रण कार्यालयमा गोप्य बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । भदौ १ गतेदेखि भएको पुरक परीक्षाको नतिजा प्रकाशन गर्न अहिले सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बैठक बसिरहेको छ । केहीबेरमा ननस्टप खबरमा एसईई पुरक परीक्षाको नतिजा हेर्न सकिनेछ । २०७५ चैतमा सञ्चालित […]

चेपाङ बस्तीमा विद्यालय बनाउन जापानको सहयोग

हेटौँडा, १५ असोज । मकवानपुरमा विद्यालय बनाउन भन्दै जापान सरकारले रु एक करोड आर्थिक सहयोग गरेको छ । अति सीमान्तकृत समुदायको रुपमा रहेको चेपाङ बाहुल्य विकट राक्सिराङ गाउँपालिका–२ सरिखेतको कुडुलेमा रहेको प्रजा प्रगति आधारभूत विद्यालयको भवन बनाउन जापानी राजदूतावासले रु एक करोड सहयोग गर्ने सम्झौता गरेको हो । जापानी राजदूतावासका डेपुटी चिफ अफ मिसन युजो […]