गुणस्तरीय शिक्षासम्बन्धी समाचार न्यून

काठमाडौँ, १६ साउन । शिक्षासम्बन्धी नीति, नेता र औपचारिक समाचारले मात्र राष्ट्रिय सञ्चार माध्यममा स्थान पाउने गरेको पाइएको छ । शिक्षा पत्रकार समूहले काठमाडौँबाट प्रकाशित विभिन्न सातवटा नेपाली र अंग्रेजी दैनिकका गत फागुनदेखि असार मसान्तसम्मको सामग्री विश्लेषणमा गुणस्तरीय शिक्षा र सोसँग सम्बन्धित खोजी समाचार भने कम भएको जनाएकोे हो । अध्ययन गरिएका अवधिमा ती दैनिकमा […]

नेविसंघको विवाद चरमचुलीमा । त्रिविमा ४ छुट्टाछुट्टै समानान्तर समिति

काठमाडा‌ैं, १५ साउन । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको विवाद फेरि चरम चुलीमा पुगेको छ । नेविसंघमा यसअघि दुईवटा मात्र गुट बाहिर देखिने गरेको भए पनि पछिल्लो समय भने धेरै गुट देखा परेका छन् । यतिसम्म कि त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पसमा नेविसंघका ४ वटा समानान्तर कमिटि गठन भएका छन् । कांग्रेस सभापति […]

न्यायाधिश माथि महाअभियोग लगाउन अस्थायी शिक्षकको माग

काठमाडौं । अस्थायी शिक्षकहरुले तथ्य लुकाइ, विपक्षीबाट पेश भएको प्रमाणलाई टेकेर अन्तरिम आदेश नदिइ हजारौं अस्थायी शिक्षकहरुको रोजगारी खोसेको आरोप लगाउँदै न्यायधिश माथि महाअभियोग लगाउन सभामुख समक्ष निवेदन दर्ता गराएका छन् । शनिवार शान्तिवाटीकामा सार्वजनिक जानकारी कार्यक्रम गर्दै अस्थायी शिक्षकहरुले देशभरका पाँचजना अस्थायी शिक्षकहरुले व्यवस्थापिक संसदमा पुगी सभामुख समक्ष निवेदन दर्ता गराएको जानकारी गराए । […]

राजधानीको एक विद्यालयबाट हराएका बालक अझै भेटिएनन्

काठमाडौँ, १३ साउन । राजधानीको एक विद्यालयबाटै हराएका एक बालकको अझै पत्तो लाग्न सकेको छैन । क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ स्कूलबाट बिहीबार विद्यालय समयपछि निस्किएका पाँच वर्षीय विशाल चौधरी अहिलेसम्म परिवारको सम्पर्कमा आएका छैनन् । उनका बुबा विजय चौधरी छुट्टी भएको केही मिनेटमै छोरालाई लिन विद्यालय आए पनि छोरालाई भेटाउनु भएन । छुट्टी हुनेबित्तिकै विद्यालयबाट बालक […]

विद्युत चुहिएर विद्यालयमा आगलागी

इनरुवा, १३ साउन । सुनसरीको धरान उपमहानगरपालिका– १५ स्थित मिलन पथमा आज विद्युत् चुहिएर विद्यालयमा आगलागी भएको छ । धरान– १५ मा रहेको पदम मेमोरियल बोर्डिङ स्कूलको तीन तलामाथि स्कूल सञ्चालक विचारसिंह राई सुत्ने कोठामा विद्युत् चुहिएर आगलागी हुँदा ल्यापटप र बक्स पलङ र पंखा एक एक थान तथा टिभी, टेबल र स्टिल दराज दुई […]

६ लाख ९५ हजार अवैध रकमसहित जिल्ला शिक्षा अधिकारी पक्राउ

सर्लाही । जिल्‍लाको शैक्षिक क्षेत्रको नेतृत्व पाएका जिल्ला शिक्षा अधिकारी नै घुस रकमसहित पक्राउ परेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयले दिएको सूचनाका आधारमा प्रहरीले चितवनको लोथरबाट सर्लाहीका जिशिअ होमनाथ सुवेदीलाई ६ लाख ९५ हजार अवैध रकमसहित प्रहरीले पक्राउ गरेको हो ।   विभिन्‍न योजनाबाट घुस लिएको रकम भएको अाशंका अख्तियार र […]

अस्थायी शिक्षकहरुले गुहारे नेपाली सेना

काठमाडौं । सरकार, न्यायालयबाट आफुहरुले न्याय नपाएको भन्दै अस्थायी शिक्षकहरुले न्यायका लागि पूर्वराजा र नेपाली सेना गुहारेका छन् । बुधवार उनीहरुले ‘न्याय पाउँ’ भन्दै सैनिक मुख्यालय जंगी अड्डा र पूर्वराजाको निर्मल निवासमा निवेदन दर्ता गराएका हुन् । सर्वोच्च अदालतले पनि विपक्षी शिक्षक सेवा आयोगकै गलत पत्रका आधारमा आदेश जारी गरेको तथा शिक्षा मन्त्रालय र विभागले आफुहरुलाई […]

डिपोर्ट गरिएकी नेपाली किशोरीलार्इ फर्काए जर्मनीका विद्यार्थीले

जमर्नीको डुइसवर्गका अध्यागमन अधिकारीहरुले १५ वर्षीया विभसी रानालाई गत मेमा विद्यालयमा पढ्दापढ्दै गरेको अवस्थामा कक्षाकोठाबाटै जबर्जस्ती बाहिर निकालेर आफ्नो आमाबाबुसँग सोही दिन नेपाल डिपोर्ट गरेको थियो । जर्मनीमा जन्मिएकी नेपाली किशोरी र उनको आमाबाबुलाई डिपोर्ट गरेको घटनाले सो समूदायमा ठूलो आक्रोश पैदा गरेको थियो । उनीहरुले प्रदर्शन गर्दै त्यहाँको मेयर र स्थानीय सरकारलाई यसबारे आवश्यक […]

विदेश जाने विद्यार्थीको पहिलो रोजाई प्राविधिक विषय

काठमाडौँ, ७ साउन । नेपाल बाहिर पढ्न चाहने विद्यार्थीको पहिलो रोजाइ प्राविधिक र व्यावसायिक विषय देखिएको छ । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान) ले सञ्चालन गरेको मेलामा आउने विद्यार्थीमा त्यस्तो रुचि देखिएको हो । भृकुटीमण्डपमा यही साउन ५ गतेदेखि जारी सो चारदिने मेलामा आज उत्साहजनक सहभागिता भने देखिएन । मेलामा कक्षा १२ को परीक्षा सिध्याएर […]

पूर्वाञ्चल विश्वविद्यालयमा अखिल क्रान्तिकारीको तालाबन्दी

काठमाडौं, ७ साउन । अखिल क्रान्तिकारीले पूर्वाञ्‍चल विश्‍वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले आफ्नो ९ बुँदे मागप्रति विश्‍वविद्यालय गम्भीर नभएको भन्दै शुक्रबार काठमाडौंस्थित सम्पर्क कार्यालयमा तालाबन्दी गरेको हो । अखिल क्रान्तिकारीले विश्वविद्यालयमा देखिएको विकृति विसंगती, गैरजिम्मेवारपूर्ण कार्य समाधानको माग गर्दै साउन १ गते ९ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको थियो […]