श्रावण ३ काठमाडौँ / डा. केसीलाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौ ल्याइएको छ ।उहालाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिने बताइएको छ । गुणस्तरीय चिकित्सा शिक्षाको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीको समर्थनमा नेपाल संघको आह्वानमा काठमाडौँमा बिहिबार माईतीघर मण्डला बात चिकित्सक तथा समर्थकले र्याली निकाले को छ ।
प्रहरीले डा केसी समर्थकमाथि अनसन स्थल जुम्लाको खलङ्गा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बलप्रयोग गरि लाठीचार्ज गर्नुका साथै अश्रुग्यास हानेको छ ।
लाठी चार्जबाट १ दर्जा भन्दा बदी विद्यार्थी तथा स्थानीय घाइते भएका छन् ।सरकारले डाक्टरहरुको टोलीसहित नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । २० दिनदेखि अनसनरत डाक्टर केसी पछिल्लो समय स्वास्थ्य स्थिति बिग्रदै गएपछि थप उपचारका लागि स्तरीय अस्पतालमा राख्ने भन्दै सरकारले बिहिबार नेपाली सेनाको हेलिकप्टर पठाएको थियो।