काठमाडौं, १७ असार । एउटा मन्त्रीका कतिवटासम्म स्वकीय सचिव हाेलान ? अनि स्वकीय सचिव नै मन्त्रीभन्दा माथिल्लाे हैसियतमा हाेलान कि नहाेलान ? पक्कै पनि यसकाे सहज उत्तर हुन्छ । तर, सघीय सरकारका मन्त्रालयहरुमा भने त्यस्ताे छैन । अधिकांश मन्त्रालयमा स्वकीय सचिवहरुकाे ठूलाे भिड रहेकाे छ । अनि मन्त्री सेवाग्राही भन्दा स्वकीय सचिवहरुकै काम गर्नमा नै व्यस्त देखिन्छन् । त्यस्तै केही स्वकीय सचिव त मन्त्रीभन्दा पनि अाफू माथिल्लाे अाेहाेदाकाे हुँ भन्रे जस्रताे व्यवहार पनि प्रस्तुत गर्ने गरेका छन् ।
त्यसकाे एउटा गतिलाे उदाहरण संघीय सरकारकाे शिक्षा तथा प्रविधि मन्त्रालयमा देख्न सकिन्छ । याे मन्त्रालयका मन्त्री छन तत्कालीन माअाेवादी केन्द्रकाे काेटामा मन्त्री बनेका गिरिराजमणि पोखरेल । उनको कार्यकक्षमा अहिले स्वकीय सचिवहरुको ठूलाे भीड देखिन्छ । मन्त्रालयकाे गेटदेखि नै स्वकीयहरुसँग भेट सुरु हुन्छ । अचम्म त याे छ कि याे मन्त्रालयमा प्रधानमन्त्री केपी शर्मा अाेलीले राज्यमन्त्री नियुक्त त गरेका छैनन । मन्त्री मात्र हाे नियुक्त गरेकाे । तर, मन्त्रालयमा एक जना व्यक्ति राज्यमन्त्रीकाे हैसियतमा गजधम्मै बसेका भने छन् ।
त्यसरी राज्यमन्त्री सरह बसेका व्यक्ति हुन जीवन गाैतम । उनी पूर्व शिक्षाराज्यमन्त्री धनमाया बिक बस्ने काेठामा बस्ने गरेका छन् । उनले विगतका राज्यमन्त्रीभन्दा अाफू बढी नै हुँ भन्ने शैलीमा काम गरिरहेका छन् । मन्त्रालयमा विभिन्न काम लिएर आएका अन्य व्यक्तिले गौतमलाई नै भेट्ने गरेका छन । उनी मन्त्रीकै कुर्सीमा बसेर मानिसहरु भेटघाट गर्ने र कर्मचारीहरुलार्इ अादेश दिने गर्छन् । सामान्य मान्छेलार्इ लाग्छ कि उनी नै मन्त्री हुन् । तर, अाधिकारिक रुपमा उनी मन्त्री भने हाेइनन् । गाैतमलार्इ मन्त्री गिरिराजमणि पोखरेलले सल्लाहकारको रुपमा राखेका मात्र हुन् । विगतमा पनि धनिराम पाैडेले मन्त्री हुँदा यही समूहका जागृत रायमाक्षी यस्तै रुपमा बस्ने गरेका थिए । रायमाझी मन्त्री पाैडेल भन्दा अाफू बढी बुझेकाे बताउने गर्दथे । उनी हरेक काममा हावी हुने गर्दथे । पाेखरेल, पाैडेल र रायमाझी तत्कालिन एके मशाल समूहबाट नारायणकाजी श्रेष्ठकाे नेतृत्वमा माअाेवादी केन्द्रमा छिरेका हुन् । जतिचाेटी सरकारमा माअाेवादी सहभागी बन्याे त्यतिबेला नारायणकाजीले अाफ्नाे समूहबाट केही मन्त्री पार्नुपर्ने बार्गेनिङ गर्ने र अन्तत: त्यसरी पाएकाे काेटामा गिरिराजमणि पाेखरेललार्इ नै मन्त्री बनाउने गरेका छन् । साे समूहमा नारायणकाजीसँग वैचारिक बहस गर्ने र उनीजतिकै प्रभावशाली रहेका नेताहरु लिलामणि पाेखरेल, अमिक शेरचन, विश्वभक्त दुलालहरु भने सधै पाखा लगाइए । पाेखरेललार्इ निरन्तर मन्त्रीमा पेलान गरेर अाफ्नाे भागबाट बनाउन थालेपछि नारायणकाजीकाे ठूलाे विराेध पनि हुने गरेकाे थियाे । मन्त्री भएदेखि शिक्षा र स्वास्थ्यमा बसेका पाेखरेलले ठूलाे अाम्दानी पनि गरेकाे उनकै सहकर्मीहरु बताउँछन् ।
अहिले मन्त्री पाेखरेलले अाफ्नाे साथमा मन्त्रालयका ६ वटा सवारी साधन राखेका छन् । ती ६ वटा साधनहरु मन्त्रीका तिनै स्वकीय सचिवहरुले प्रयाेग गर्ने गरेका छन् । त्यसमध्ये मन्त्री पाेखरेलले अाफूसँग तीनवटा राखेका छन् भने बाँकी तीनवटा स्वकीय सचिवका नाममा विभिन्न व्यक्तिलार्इ प्रयाेग गर्न दिएका छन् ।
मन्त्री पाेखरेलका स्वकीय सचिवका रुपमा अहिले झण्डै एक दर्जनजति मानिस छन् । मन्त्रालयका कर्मचारी काे स्वकिय सचिव हाे भन्ने ठम्याउँनै मुस्किल परेकाे बताउँछन् । उनको स्वकिय सचिवको रुपमा कर्मचारी पुष्पराज ढकाल र पुरण केसी रहेका छन् । ढकाल मन्त्रालयकै कर्मचारी हुन भने केसी निजी सचिव । उनीहरूबाहेक अन्य एक दर्जन भन्दा बढी व्यक्तिले स्वकीय सचिवको नाम लिएर काम गर्ने गरेका छन् । विडम्वना त याे छ कि निजामति सेवामा रहेका कर्मचारीहरु नै धेरै जना अहिले मन्त्रीकाे स्वकीय सचिवका रुपमा अाफूलार्इ चिनाउने गरेका छन् ।
मन्त्री पाेखरेल सहयोग आवश्यक पर्ने भएकोले अाफ्ना केही साथीहरुलाई मन्त्रालयमा बोलाएको दावी गर्छन् । तर उनीहरुले अन्य निकायबाट भटाभट रकम लिइरहेकाे मन्त्रालयका कर्मचारी बताउँछन । खारेजको संघारमा पुगेको शिक्षा विभाग, राष्ट्रिय परीक्षा बोर्ड, सिटिइभीटी, इभेन्ट परियोजना लगायतका निकायबाट विभिन्न शिर्षकमा मन्त्रीले नै उनीहरुका नाममा रकम उपलब्ध गराउन कर्मचारीलार्इ निर्देशन दिने गरेकाे कर्मचारीकाे दावी छ ।
मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘हामी त अचम्म परेका छौ, कसलाई स्वकीय सचिव मान्ने कसलाई नमान्ने, मन्त्रीको कार्यकक्षभरि स्वकीय सचिवको भीड लाग्ने गरेको छ ।’
सल्लाहकारका रुपमा स्वघाेषणा गरेर राज्यमन्त्रीकाे कुर्सीमा बसालिएका गौतमलाई मन्त्री पाेखरेलले शिक्षक दरबन्दी वितरण कार्यदलमा विज्ञको रुपमा जिम्मा दिएका थिए । पूर्व सचिव महाश्रम शर्मा संयोजक रहेको समितिमा गौतमलाई राख्दा मन्त्रालयका कर्मचारी अचम्मित भएका छन् ।
पटक पटक मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी शिक्षामा ब्यापक सुधार थालनी गर्ने बताएका मन्त्रीले उच्चस्तरीय शिक्षा आयोग गठन गर्दा सरोकारवालालाई सहभागिता गराएका छैनन् । हरेक कर्मचारीको स्पष्ट कार्यविवरण तयार गरी टाइम अन टाक्समा आबद्ध गर्ने व्यवस्था र विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप स्विकृत भएको दाबी गरिएता पनि ती कामहरू समेत हुनसकेका छैनन् ।
झण्डै ३ सय ५० वटा स्थानीय निकायमा शिक्षाका कर्मचारी पुग्न सकेका छैनन, शिक्षा विभागमा झण्डै ५१ उपसचिवलाई कामविहीन बनाइएको छ ।
उनीहरुलाई बस्ने स्थानको समेत व्यवस्था गरिएको छैन । १४ जना विद्यालय निरीक्षकलाई पेण्डुलम बनाइएको छ । उपसचिव र विद्यालय निरीक्षकको काम हाजिर गरेर घर जाने मात्र भएको छ । अहिले त मन्त्रीको काम आफू निकटकालाई राम्रो स्थानमा सरुवा गर्नु अनि मन्त्रालयमा स्वकीय सचिवको नाममा विभिन्न व्यक्तिलाई भेला गराउनुमात्र देखिएको मन्त्रालयका उच्च अधिकारी बताउँछन् ।