३३ प्रतिशत क्याम्पस प्रमुख महिला राख्न माग गर्दै त्रिविका प्राध्यापक आन्दोलित

काठमाडौं । त्रिभुवन विश्व विद्यालयका महिला शिक्षक आन्दोलनमा उत्रिएका छन् । त्रिवीका आंगिक क्याम्पसहरुमा ३३ प्रतिशत महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गर्दै उनीहरु आन्दाेलनमा उत्रिएका हुन् । उनीहरुले राजधानीकाे बागबजारस्थित पद्मकन्याबाट आन्दोलन घोषणा गरेका हुन् । त्रिवीका देशभर रहेकाका ६१ अांगिक क्याम्पसमध्ये कम्तिमा २० क्याम्पसमा महिला क्याम्पस प्रमुख हुनुपर्ने माग गरेका छन् । उनीहरुले पटक […]

शैक्षिक अवस्थामा सुधार गाउँमा खुशी

जाजरकोट, ३० फागुन । विद्यार्थीलाई बस्ने ठाउँको अभाव हुँदा समस्या भोग्दै आएका यहाँका सयौँ विद्यार्थीले सुविधा साथ बस्ने कक्षा कोठा पाएका छन् । कुशे गाउँपालिकाले २६ विद्यालयको भवन निर्माण गरेपछि यहाँका विद्यार्थी खुशी भएका हुन् । वर्षेनी विद्यार्थीको चाप बढ्दै गए पनि विद्यालय भवन नहुँदा दैनिक पठनपाठनमा समस्या आएपछि कुशे गाउँपालिकाले पहिलो चरणमा २६ विद्यालयका […]

थापा संस्थागत विद्यालय शिक्षक युनियन अध्यक्षमा निर्वाचित

काठमाडौँ, २७ फागुन । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) को पाँचौँ राष्ट्रिय महाधिवेशनले होमकुमार थापाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ राष्ट्रिय समिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा मोतीराम फुयाँल, खुल्ला उपाध्यक्षमा अमल राई, नारायण पौड्याल तथा महिला उपाध्यक्षमा अञ्जु गौतम चयन भएका छन् । यसैगरी प्रदेश उपाध्यक्षहरुमा रोहिणीरमण दवाडी (प्रदेश नं १), केशवराज पाठक […]

श्रम र उत्पादनसँग नजोडिएको शिक्षाले राष्ट्रलाई समृद्धितर्फ लग्दैनः पूर्व शिक्षामन्त्री पौडेल

काठमाडौं, २५ फागुन । पूर्व शिक्षामन्त्री धनीराम पौडेलले श्रमसँग नजोडिएको शिक्षा काम नलाग्ने बताएका छन् । अझै पनि शिक्षा जीवउपयोगी नभई शैक्षिक वेरोजगार उत्पादन गर्ने मात्र भएको भन्दै उनले शिक्षा प्रणालीमा आमूल परिवर्तन हुनुपर्नेमा जोड दिएका छन् । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलले अभिभावक दिवसका अवसरमा आयोजना बोल्दै उनले सो कुरा बताएका हुन् । […]

राहत शिक्षकको आन्दोलन फिर्ता, कारण यस्तो

काठमाडौँ, २३ फागुन । काठमाडौ केन्द्रित आन्दोलन गरिरहेका राहत शिक्षकले आन्दोलन फिर्ता लिएका छन । सरकारसँग तीन बुँदे सहमति भएपछि आन्दोलन फिर्ता भएको हो । राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको प्रतिनिधि र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिबीच तीन बुँदे सहमति भएपछी आन्दोलन फिर्ता भएको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका […]

चर्को शुल्क लिएर विद्यार्थी ठगेको भन्दै मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रक गिरफ्तार

पोखरा, २३ फागुन । चर्को शुल्क लिएर विद्यार्थीमाथि ठगी गरेको आरोपमा प्रहरीले गण्डकी मेडिकल कलेजका सिइओ र परीक्षा नियन्त्रकलाई पक्राउ गरेको छ । कलेजका सिइओ सन्तोष खनाल र परीक्षा नियन्त्रक लक्ष्मण शर्मालाई पक्राउ गरेको कास्की प्रहरीले पुष्टि गरेको हो । विद्यार्थीले ठगी मुद्दामा उजुरी गरेपछि बुधबार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमबहादुर […]

विद्यार्थीलाई राजनीति पढाउनुपर्छ : मेयर प्रजापति

भक्तपुर, १९ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीलाई राजनीति पढाउनु पर्ने बताएका छन । राजनीति भनेको बन्द, हड्ताल र ढुंगामुढा नभई देशभक्ति, समाजसेवा, विकास र समृद्धिको बाटो भएको जिकिर गर्दै प्रमुख प्रजापतिले विद्यार्थीलाई राजनीति पढाउनुपर्ने बताएका हुन् । शनिवार भक्तपुर-१ दुधपाटीस्थित लिटिल वर्ल्ड इंगलिस स्कूलको वार्षिकोत्सव कार्यक्रम उद्घाटन गर्दै प्रमुख प्रजापतिले भने ” अहिले […]

साहाराका विद्यार्थीले बनाए आफ्नै ड्रोन र रोबोट

काठमाडौं । काठमाडौंको शंखमूलमा रहेको साहारा नेशनल स्कूलका विद्यार्थीले आफैले बनाएको ड्रोन उडाएका छन । विज्ञान प्रदर्शनी कार्यक्रमको आयोजना गरी साहाराले विद्यार्थीहरुहरुले विज्ञान प्रविधिमा गरेको विकास र हासिल गरेको ज्ञानलाई प्रस्तुत गरेको हो । बाग्मती नदी किनारमा रहेको साहारा स्कूलले गरेको विज्ञान प्रदर्शनीमा सबैभन्दा आकर्षणका केन्द्र ड्रोन र रोबोट बनेका थिए । ड्रोन प्रविधि अहिलेको […]