सुर्खेत, २१ माघ । कर्णाली प्रदेश सरकारले प्राविधिक शिक्षामा महिलाको पहुँच बढाउन विभिन्न विधामा छात्रवृत्तिसम्बन्धी कार्यक्रम शुरु गरेको छ । सामाजिक विकास मन्त्रालयले चालू आवको बजेट कार्यक्रमअन्तर्गत ‘छोरीबुहारी छात्रवृत्ति’ कार्यक्रम सञ्चालन गरेको हो । सो कार्यक्रमका लागि प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट खर्च गर्ने तयारी गरेको छ । मन्त्रालयका शिक्षा महाशाखा प्रमुख […]
शिक्षा
रत्नराज्य माविले पायो नयाँ भवन
काठमाडौं । मध्यबानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुनस् निर्माण गरिदिएको हो । शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको […]
रत्नराज्यले १५ महिनामा पायो पुनर्निर्माणको भवन
मध्यबानेश्वरस्थित रत्नराज्य माविले नयाँ भवन प्राप्त गरेको छ । भूकम्पले विद्यालयको भवनमा क्षती पुर्याइदिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विद्यालयलाई ४ तले सुविधासम्पन्न भवन पुन: निर्माण गरिदिएको हो । शुक्रवार प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले एक कार्यक्रमका बीच उक्त भवन विद्यालयलाई हस्तान्तरण गरे । ज्ञवालीलाई जिल्ला आयोजना कार्यान्वयन इकाई काठमाडौका प्रमुख अर्जुनबहादुर रायमाझीले भवनको अवलोकनगराएका […]
चिकित्सा शिक्षा विधेयक : केसीलाई सम्झाउँदै सरकार
काठमाडौँ, १८ माघ । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ विगतको सहमतिकै आधारमा ल्याइएको भन्दै आएको सरकार र अनशनरत् प्रा डा गोविन्द केसीसँग औपचारिक वार्ता नभए पनि सार्वजनिक आव्हानका माध्यमबाट सम्झाउन छाडेको छैन । सरकार र डा केसीबीच गत साउन १० गते गरिएको सहमतिका मूलभूत सबै व्यवस्था समावेश गरी विधेयक ल्याइएको सरकारको भनाइ भए पनि केसीले […]
शिक्षा विभागीय आधिकारीक ट्रेड युनियनद्वारा आन्दोलनको चेतावनी
काठमाडाैं । कर्मचारी समायोजनको नाममा शिक्षा सेवाका कर्मचारीमाथि अन्याय भएको भन्दै कर्मचारीका संघ संगठनले आपत्ति जनाएका छन । निजामती कर्मचारीको शिक्षा विभागीय आधिकारिक ट्रेड युनियन लगायतले यथावस्थामा नै समायोजन स्वीकार्य नहुने भन्दै आन्दोलनको चेतावनी दिएका हुन । मंगलवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पुगेर उनीहरुले आफ्नो माग पत्र पेश गर्दै सो पूरा नभए आन्दोलनको चेतावनी […]
अस्थायी शिक्षक परीक्षा : आफ्नै विद्यार्थीसँग असफल
काठमाडौँ, १२ माघ । शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गर्नुभएका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय पढाउने उहाँ अस्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगले लिएको आन्तरिक प्रतियोगितात्मक परीक्षामा आफ्नै विद्यार्थी पुस्तासँगको प्रतिस्पर्धामा पछाडि परेपछि खिन्न भएका छन् । “कार्यरतमध्ये ७५ प्रतिशत शिक्षकका […]
४८ सामुदायिक विद्यालयमा शून्य दरबन्दी
म्याग्दी, ९ माघ । जिल्लाका ४८ सामुदायिक विद्यालय सरकारी दरबन्दीका शिक्षकबिना सञ्चालन भएका छन् । सरकारी दरबन्दीका शिक्षक नहुँदा समुदायले नै आर्थिक जोहो गर्नुपर्ने बाध्यता छ । उन्नाइस मावि तहका विद्यालयमा शून्य दरबन्दी, कक्षा १ देखि ३ सम्म पठनपाठन हुने नौ तथा कक्षा ६ देखि ८ सम्म पठनपाठन हुने २० विद्यालयमा शून्य दरबन्दी रहेको क्षिक्षा […]
सिटिइभिटी झोलाभरि पैसा बोकेर जाने दुई नम्बरी धन्दावालहरुको भएको मुख्यमन्त्रीको कडा आरोप
सर्लाही, २९ पुस । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) माथि प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले गम्भीर आरोप लगाएका छन् । शनिबार सर्लाहीको हरिवनमा आयोजना गरिएको ए कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले सो आरोप लगाएका हुन् । हरिवन नगरपालिका वार्ड नं ६ घुर्कौलीमा रहेको जनसेवा माध्यमिक विद्यालयमा प्लस टू सञ्चालनार्थ आयोजित विराट नवाह ज्ञान […]
नेविसंघको विवाद चरम चुलीमा, ८ पदाधिकारीको सामूहिक राजीनामा
काठमाडौं, २८ पुस । अध्यक्ष नैनसिंह महरप्रति असन्तुष्टि जनाउँदै नेपाल विद्यार्थी संघका ८ जना पदाधिकारीले सामूहिक राजिनामा दिएका छन् । यससँगै नेपाली कांग्रेसको विद्यार्थी संगठनभित्रको विवाद फेरि चरम चुलीमा पुगेको छ । शुक्रबार पार्टी सभापति शेरबहादुर देउवासमक्ष उपाध्यक्षहरु पुष्पकुमार शाही, सञ्जय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, अम्बिका चलाउने, प्रकाश घिमिरे र […]
अक्षरांकन पद्धतिका अन्यौलता हटाउन परीक्षा बोर्डले थाल्यो देशभर छलफल
काठमाडौं । राष्टिय परीक्षा बोर्डले अक्षरांकन पद्धतिका बारेमा सरोकारवालाहरुबीच छलफल गरेको छ । माध्यमिक शिक्षा परीक्षाको मूल्यांकन अक्षरांकन पद्धतिमा हुन थालेपछि काठमाडौंमा एक दिने गोष्ठीको आयोजना गरी बोर्डले छलफल गरेको हो । कक्षा ११ र १२ मा समेत बोर्डले यस वर्षदेखि लेटर ग्रेडिङ पद्धति अनुसार नतिजा प्रकाशन गर्न सुरु गरेको छ । यसअघि एसईईमा यो […]











