इञ्जिनीयरिङका विद्यार्थी बिचल्लीमा

नवलपरासी, १० चैत । कलेजको लापरवाहीका कारण पूर्वी नवलपरासीको गँैडाकोटस्थित अक्सफोर्ड कलेज अफ इञ्जिनीयरिङ एण्ड मेनेजमेन्टमा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् । विसं २०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल […]

कडा सुरक्षाबीच १९ बन्दीले दिए एसइई परीक्षा

पर्सा, १० चैत । विभिन्न अपराधमा कैद सजाय भोगिरहेका १९ युवा आज वीरगञ्जबाट मध्यमिक शिक्षा परीक्षा एसइई मा सहभागी भएका छन् । एसइई परीक्षाको आज पहिलो दिन नियमित अङ्ग्रेजी विषयको परीक्षामा वीरगञ्ज कारागारबाट १६ र बाल सुधार केन्द्रबाट तीन जनाले सहभागिता जनाएका हुन् । लागुऔषधलगायत मुद्दामा पक्राउ परेका युवालाई कडा सुुरक्षा व्यवस्थाका बीच कारागारभित्रै परीक्षा […]

भोलिदेखि एसइई परीक्षा हुँदै, ४ लाख ७५ विद्यार्थी सहभागी हुने

काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को तयारी पूरा भएको छ। आइतबार बिहान ८ बजेबाट शुरु हुने परीक्षामा सबै तयारी पूरा भएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ। परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन्। यस वर्षदेखि पहिलोपटक […]

मल्लको उपचारका लागि १ महिनाको पारिश्रमिक-भत्ता सहयोग गर्ने सेजुवालको घोषणा

काठमाडौं । कालिकोटको पचाल झरण गाँउपालिकाका अध्यक्ष खडकराज सेजुवालले दुबै मृगौला फेल भएर अस्पताल भर्ना भएका जाजरकोटका युवा कालीबहादुर मल्लको उपचार सहयोगका लागि आफ्नो एक महिनाको तलब र भत्ता सबै दिने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भावुक स्टाटस लेख्दै सेजुवालले जनयुद्धकालीन योध्दा दुबै मृगौलालाले काम नगरि छट्पटिरहेको खबरले असाध्यै पीडाबोध भएर सहयोगको […]

जहाँ विद्यार्थीलाई काम लगाएर पारिश्रमिक दिइन्छ

धम्बोझी, ५ चैत , नेपाल राष्ट्रिय नमूना मावि ढोढरी बर्दियाकै नमूना सरकारी विद्यालयमध्ये अहिले नमूना विद्यालय बनेको छ । मधुवन – ४ को ढोढरीस्थित सो विद्यालयमा करीब एक हजार सात सय विद्यार्थी अध्ययनरत छन् जसमा बहिरा विद्यार्थी पनि पर्छन् ।  अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट कक्षा १० सम्म पढाइ हुने गरेको सो विद्यालयमा प्राविधिक शिक्षातर्फ […]

७५ प्रतिशत हाजिरी नपुगेपछि विद्यार्थी एसइईबाट वञ्चित

म्याग्दी, ४ चैत । जिल्लाका ३१ विद्यार्थी आगामी हप्तादेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुनबाट वञ्चित भएका छन् । ७५ प्रतिशत हाजिरी नपुगेका कारण परीक्षाका लागि आवेदन फारम भरेकामध्ये ३१ परीक्षा दिन अयोग्य भएका जिल्ला शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । एकाइका प्रमुख केशवप्रसाद बुढाथोकीका अनुसार विद्यालय छाडेका र नियमित हाजिरी […]

शिक्षक बन्नको लागि विएड पढ्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य

शिक्षक बन्नको लागि लाइसेन्स चाहिने र त्यसको लागि शिक्षा शास्त्र संकायमा अध्ययन गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको छ । एक वर्षे विएड सरह मान्यता प्राप्त हुने गरि ‘खुला सिकाइमा आधारित एक वर्षे शिक्षक पेशागत विकाश तालीम’ संचालनमा आउने भएपछि शिक्षक बन्न शिक्षा शास्त्र संकायको शैक्षिक योग्यता हासिल गर्नैपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुने भएको हो […]