शिक्षा मन्त्रालयले गर्यो एसईईको बाँकी सबै परीक्षा स्थगित

काठमाडौं, १५ चैत । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई परीक्षाको बाँकी परीक्षा सबै स्थगित गरेको छ । प्रदेश नम्बर दुईमा बिहीवार भएको विज्ञान विषयको प्रश्नपत्र र शुक्रबार भएको सामाजिक अध्ययन विषयको प्रश्नपत्र बाहिरिएपछि उठेको विवाद साम्य पार्न शिक्षा मन्त्रालयले बाँकी परीक्षा नै स्थगित गर्ने निर्णय गरेको हो ।

शुक्रबार साँझ अबेर सिंहदरवारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले प्रदेश नम्बर दुई अन्तर्गत हुने एसईईको बाँकी परीक्षा सबै स्थागित गरिएको जानकारी गराएको हो । अरु प्रदेशमा भने परीक्षा नियमित रुपमै सूचारु हुनेछ । लगातार दुई वटा विषयको प्रश्नपत्र नै बाहिरएपछि व्यापक दवावमा परेको मन्त्रालय अरु थप विषयका प्रश्नपत्र पनि बाहिरिएको हुन सक्ने अनुमान सहित परीक्षा स्थगित गर्ने निर्णयमा पुगेकाे बताइन्छ । मन्त्रालयले यसअघि स्थगित भएको विज्ञान विषयको परीक्षा चैत २२ गते हुने बताएको छ । उक्त परीक्षा भने सोही दिने हुने पनि मन्त्रालयले जनाएको छ । बाँकी स्थगित भएको विषयको पुनः परीक्षा कहिले हुने भन्ने मन्त्रालयले पछि जानकारी गराउने जनाएको छ ।

एसईईको प्रश्नपत्र परीक्षा हुनुभन्दा पहिले नै बाहिरिएपछि राजिनामा माग गरिएका शिक्षामन्त्री गिरिराजमणि पोखेरलले शुक्रबार साँझ सात बजे शिक्षा मन्त्रालयमै पत्रकार सम्मेलन आयोजना गरेका थिए । प्रश्नपत्रको सुरक्षा व्यवस्था गर्न नसकेको भन्दै प्रदेश सरकारका मुख्यमन्त्री र प्रदेश सरकारका प्रवक्ताले समेत अाफ्नाे राजिनामा मागेपछि उनी पत्रकार सम्मेलनमार्फत नयाँ निर्णय सार्वजनिक गरेका हुन  ।

यसअघि आजै मन्त्रालयमा सुरक्षा अधिकारीहरुसहित मन्त्रालयको बैठक बसेको थियो । उक्त बैठकमा प्रश्नपत्र कसरी बाहिरएको हो भन्ने बारे कुरा भएको थियो । बिहीबार परीक्षा सुरु हुनासाथ परीक्षार्थीबाट खोसिएको चिटमा प्रश्नपत्रको समूह र प्रश्न नम्बर अनुसार हुबहु उत्तरहरु पाइएपछि परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो । त्यसैगरी शुक्रबार हुने सामाजिक अध्ययन विषयको प्रश्नपत्र राती नै सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

एसईईमा सबै प्रदेशका लागि फरक फरक प्रश्नपत्र गरिएको छ । प्रदेश २ अन्तर्गतका सबै जिल्लामा प्रश्नपत्र बाहिरएका दुबै विषयको परीक्षार्थीले परीक्षा दिइसकेका थिए । परीक्षा दिइसकेपछि परीक्षा स्थगित गरिएको हो । स्थगित गरिएको परीक्षा आगामी चैत्र २२ गते हुने बताइएको छ ।

यसैबीच प्रदेश २ को एसईई परीक्षाको प्रश्न पत्र परीक्षा अगावै बाहिरिएको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ । ब्यूरोका एक डीएसपीको नेतृत्वमा अनुसन्धान टोली प्रदेश दुई पठाएर अनुसन्धान थालेको बताइएकाे छ ।

यस्ताे छ मन्त्री पाेखरेलकाे प्रेस नाेट

Loading...