युनेस्को आबद्ध संस्थाहरुको राष्ट्रिय अधिवेशन शुरु

काठमाडौँ, ३१ असार । नेपालमा रहेका संयुक्त राष्ट्रसंघीय शैक्षिक वैज्ञानिक तथा सामाजिक संगठन (युनेस्को)सँग आबद्ध सङ्घसंस्था तथा क्लबहरूको राष्ट्रिय महासङ्घको राष्ट्रिय अधिवेशन आजदेखि शुरु भएको छ । अधिवेशनको आज यहाँ आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा तीर्थ खनियाँले उद्घाटन गरे । सो अवसरमा उनले युनेस्कोको अभियानले नेपालको शिक्षा र संस्कृतिमा महत्वपूर्ण भूमिका खेलेको बताए । […]

विद्यालयका खाली जमिनमा तरकारीखेती

काठमाडौँ, ३१ असार । देशभरका प्राथमिक तथा आधारभूत विद्यालयमा खाली रहेका आठ आना जग्गामा करेसाबारी तरकारी खेती गर्दा रु. १० करोड ५० लाख आम्दानी लिन सकिन्छ । मुलुकभर ३५ हजार प्राथमिक तथा आधारभूत विद्यालय रहेका छन् । आठ आना जग्गाका दरले हिसाब गर्ने हो भन्ने मुलुकभर ८७ हेक्टर अर्थात् एक हजार ७५० रोपनी जमिनमा करेसाबारी […]

स्थानीय तहमा शिक्षाका कर्मचारी खटाउन सुरु, कार्यक्षेत्रमा अन्योल

काठमाडौँ, ३१ असार । शिक्षा मन्त्रालयले काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन सुरु गरेको छ । कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय नहुँदै कर्मचारी स्थानान्तारण सुरु भएको छ । मन्त्रालयले बिहीबार र शुक्रबारको निर्णयबाट निर्वाचन सम्पन्न भएका पाँच महानगरपालिकासहित अन्य उपमहानर, नगरपालिका र गाउँपालिकामा क्रमशः कर्मचारी पठाउन […]

तीन घन्टा पैदल हिडेर स्कूल पुग्छन बालबालिका

काठमाडाैं, ३० असार । कक्षा १ मा पढ्ने सोनाम तामाङ दिनहुँ हिँडेर विद्यालय पुग्छन् । ६ वर्षीय सोनामलाई गोकर्णेश्वर महादेव मन्दिरबाट स्कुल पुग्न डेढ घण्टा लाग्छ । फर्किन त्यति नै समय लाग्छ । दिनमा तीन घण्टा हिँडेर सुन्ताखानको भीमदेव आधारभूत स्कुल पुग्छन् उनी । उनका दुई दिदी पनि हिँडेरै स्कुल जान्छन् । ८ वर्षीया दिदी […]

६ सामुदायिक विद्यालय नमूना विद्यालय घोषित

नवलपरासी, २७ असार । नवलपरासी जिल्लाका छवटा सामुदायिक विद्यालय नमूना विद्यालयका रूपमा छनोट भएका छन्। जिल्ला शिक्षा कार्यालयबाट भएको प्रारम्भिक मूल्यांकन तथा शिक्षा विभागले गरेको अवलोकन र मूल्यांकनका आधारमा आवश्यक मापदण्ड पूरा गरेका जिल्लाका छवटा विद्यालय छनोट भएका हुन्। नमूना विद्यालय घोषित हुनेहरुमा नेपाल मावि दिव्यपुरी देवचुली, शिव मावि कावासोती, नवजागरण मावि चोरमारा मध्यबिन्दु, महाकवि […]

बाजुरामा सेनाले विद्यार्थीलाई सैनिक तालीम दिँदै हिड्न थालेपछि

Nepal-Army

बाजुरा, २४ असार । बाजुरामा नेपाली सेनाले विद्यार्थीलार्इ सैनिक तालिम दिन थालेकाे छ । जिल्लाभरका ७२ जना विद्यार्थीलाई जम्मा गरेर सेनाले एक सय दिनको स्वयमसेवक तालीम दिन थालेपछि यसबारे जिल्लामा व्यापक चर्चा परिचर्चा सुरु भएकाे छ । समरजित गुल्मले जिल्लाका मालिका उच्च मावि, कन्भर्स एकेडमी र बडिमालिका बोडिङ स्कुलका गरी ७२ जना छात्रछात्रालाई स्वयम्सेवक तालीम […]

सरकारी अधिकृतको उच्च शिक्षाका लागि जापानले नेपाललार्इ दियाे २ अर्ब ५७ करोड

काठमाडौं । जापानले सरकारी अधिकृतहरुलाई उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको छ । जापानको नेपालको मानव संशाधन विकास अन्तरगत सरकारी कार्यालयको क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारी अधिकृतहरुको उच्च शिक्षाका लागि २ अरव ५७ करोड आर्थिक सहायता उपलब्ध गराउने भएको हो । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच अर्थ […]

पाठ्यपुस्तक अझै पुगेनन् । राजधानीकै विद्यालयमा विद्यार्थी पुस्तक विहीन

पाठ्यपुस्तक छपाईको जिम्मा लिएको जनक शिक्षा सामाग्री केन्द्रको लापरवाहीका कारण देशका अधिकांश क्षेत्रका विद्यार्थीहरुले अझै पनि पाठ्यपुस्तक पाउन सकेका छैनन् । विद्यालयमा पढाई सुरु भएको लामो समय भइसक्दा पनि पाठ्यपुस्तक नपुगेपछि विद्यार्थीहरु आक्रोशित बनेका छन् । दुर्गमको कुरा त परै छ राजधानीकै सरकारी विद्यालयमा काम गर्ने विद्यार्थीहरुले पाठ्यपुस्तक पाउन सकेका छैनन् । राजधानीका अधिकांश विद्यालयका […]

बालश्रम नियन्त्रण गर्नेतर्फ नेपाल प्रयत्नशील

गत डिसेम्बरमा बालबालिका तथा महिलाका लागि सामाजिक सेवा तथा मानव अधिकार (सीवीस) मा कार्यरत बालसंरक्षण अधिकृत प्रदीप डंगोलको फोनमा आफ्नै संस्थाबाट आपतकालीन घण्टी बज्यो । उनी दौडिँदै ११ वर्षीया बालिकाको उद्धारका निम्ति पुगेः उनका आँखा निन्याउरा थिए, उनका हातमा घाउचोट थियो, र उनको कपाल उखेलिएको थियो ।  उनले पछि मात्र थाहा पाए, ती बालिका भागेर […]

‘मौरी–मैत्री’ वनस्पतिमा धेरै विषादी

प्रमुख अमेरिकी रिटेलर (खुद्रा बिक्रेता)हरुले बगैंचामा रोपिने बनस्पतिहरु मौरी–मैत्री भन्दै बेच्ने गरिरहेका हुन्छन् तर तिनमा हालिएको विषादी मौरीका निम्ति विषालु रहेको पाइएको छ, पहिलोपटक अमेरिकामा सार्वजनिक गरिएको एक अध्ययनको प्रारम्भिक निचोडमा भनिएको छ ।  फ्रेन्ड्स अफ द अर्थ युएस र पेस्टिसाइड रिसर्च इन्स्टिच्यूटका अनुसन्धाताहरुले अध्ययन गरिएका आधाभन्दा बढी नर्सरीका बनस्पतिमा “नियोनीकोटीनोइड” नामको विषादी पाइएको बताएका […]