एजेन्सी । एके–४७ राइफलका अन्वेषक मिखाइल कालास्निकोवको सालिक रुसको राजधानी मस्कोमा अनावरण गरिएको छ। हालसम्म सबैभन्दा धेरै व्यक्तिको ज्यान लिएको विश्वास गरिने सो राइफलका निर्माताको सम्मानमा मस्कोको गार्डेन रिङमा उनको सालिक स्थापना गरिएको हो। १३ फिट अग्लो बैठकमा राखिएको १६ फिट अग्लो सालिक राखिएको छ, जहाँ कालास्निकोव एके–४७ राइफल समातेर उभिएका देखिन्छन्। ‘मेरो पितृभूमिको रक्षाका […]
विश्व
उत्तर कोरियालाई पूरै ध्वस्त पार्ने ट्रम्पको धम्की
काठमाडाैं, ४ असाेज । संयुक्त राष्ट्र संघकाे महासभामा बाेल्दै अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले उत्तरकाेरियाविरुद्ध कडा अभिव्यक्ति दिएका छन् । उनले उत्तरकाेरियालार्इ अब ध्वस्त पार्नुकाे विकल्प नरहेकाे दावी पनि गरेका छन् । राष्ट्रसंघको महासभामा पहिलो पटक बोल्दै ट्रम्पले उत्तरकाेरियाली राष्ट्रपति किम जाेङ उनलार्इ ‘रकेट म्यान’काे संज्ञा दिएका छन् । उनले भनेका छन्, ‘रकेट म्यान किम जोङ […]
सि जिनपिङ र डोनाल्ड ट्रम्पको फोन कुराकानी चर्चित
एजेन्सी । चिनियाँ राष्ट्रपति सि जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच मङ्गलबार बिहान फोन वार्ता भएको छ । उनीहरुबीच भएको ट्रम्पको चीन भ्रमणका विषयमा कुराकानी भएको बताइएको छ । राष्ट्रपति ट्रम्पले यसैबर्षको अन्त्यतिर चीनको भ्रमण गर्दै छन् । अमेरिकी राष्ट्रपतिको चीन भ्रमण, पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा सिर्जना भएको तनावका साथै समसामयिक विश्व राजनीतिका बारेमा उनीहरुबीच […]
म्यान्मारमा अन्तरराष्ट्रिय निगरानी स्वीकार्य छ : सुकी
एजेन्सी । म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ सान सुुकीले म्यानमारका रोहिङ्गाको बारेमा विश्वव्यापी रुपमा गरिएको आलोचनाको बचाउ गरेकी छन् । साथै रोहिङ्गा सङ्कटलाई लिएर अन्तरराष्ट्रिय समुदायले कडारुपमा निगरानी गरिरहेका भन्ने भनाइको जवाफ दिँदै यसबाट आफूलाई कुनै आपत्ति नहुने पनि बताएकी छन् । अहिलेसम्म म्यानमारबाट उक्त देशका चार लाखभन्दा बढी मुस्लिम नागरिक भागेर बङ्गलादेश पुग्न […]
सुकीलाई राष्ट्रसंघीय महासभामा जान दबाब
एजेन्सी । म्यानमारका राज्य सल्लाहकार एवम् विदेशमन्त्री आङ सान सुकीलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन दाबाब आएको छ । यसअघि उनले उक्त महासभामा सहभागी नहुने बताएकी थिइन । उनले उक्त सभामा आफ्नो उपस्थिति रद्द गरेको म्यानमार सरकारले गत हप्ता जनाएको थियो । तर उनले उक्त सभामा सहभागी हुनुपर्ने माग विश्व समुदायबाट आएको प्राप्त समाचारमा जनाइएको […]
उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेपछि विश्वभर तरङ्ग । सुरक्षापरिषदको आकस्मिक बैठक बस्यो
काठमाडाै । उत्तर कोरियाले शुक्रबार बिहान जापानी आकाशमा क्षेप्यास्त्र हानेको छ । उसले शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र शुक्रबार जापानको आकास हुँदै गएको बताइएको छ । केही दिनअघि पनि उसले यसै गरी क्षेप्यास्त्र हानेको थियो । अन्तर्राष्ट्रिय समुदायको संयुक्त राष्ट्रसङ्घको स्थायी समितिले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णय गरेपछि क्रुद्ध बनेको उक्त मुलुकले अर्को क्षेप्यास्त्र जापानको आकासमा […]
लण्डनको भूमिगत रेलमा विष्फाेट । २२ जना घाइते
लण्डन, ३० भदौ । लण्डनको भूमिगत एक रेलमा विस्पोट हुँदा कम्तीमा २२ जना घाइते भएका प्रहरीले जनाएको छ । यात्रुले खचाखच रहेको रेलको अघिल्लो भागमा शुक्रबार बिहानै गराइएको विस्पोटपछि केही यात्रुको अनुहारमा विस्पोटका कारण जलेको र रगताम्मै अवस्थामा देखेको एक प्रत्यक्षदर्शीले बताए । प्रहरीले घटनालाई ‘आतंकवादी घटना’ भनेको छ । “पश्चिम लण्डनको पासन्स ग्रीन स्टेसनमा […]
उत्तर कोरियाले अमेरिकामाथि प्रहार गर्यो शक्तिशाली क्षेप्यास्त्र । जापानमा बज्याे सुरक्षा सार्इरन
काठमाडौँ, ३० भदौ । उत्तरकोरियाले अमेरिकालाई चेतावनी दिँदै शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ । जापानको आकाशमाथिबाट अमेरिकातर्फ प्रहार गरिएको उक्त क्षेप्यास्त्र अमेरिकाकाे सीमा क्षेत्र नजिक पर्ने समुन्द्रमा खसेको बताइएको छ । अमेरिकाले उत्तरकोरियामाथि नाकाबन्दी लगाउन अभियान नै थालेपछि त्यसकाे जवाफमा यो क्षेप्यास्त्र प्रहार गरिएको हो । अमेरिकाकै प्रस्तावमा सोमबार संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाका […]
म्यानमारका मुसलमानमाथि जातीय द्वन्द्व थोपरिएकोे राष्ट्रसंघको भनाई
कायरो, २६ भदौ । हिंसा र चोटपटक खेप्दै आएका रोहिङ्गा मुसलमान समुदायका व्यक्तिहरूले म्यानमारमा जातीय द्वन्द्व खेप्दै आइरहेको राष्ट्रसंघीय अधिकारीले बताएका छन् । राष्ट्रसंघको मानवअधिकार प्रमुख जेइद राड अल हुसेनले सोमबार ‘पाठ्यपुस्तकमा भएको उदाहरण’ जस्तो हिंसा उनीहरूले भोगिरहेको सोमबार बताउनुभएको मेना समाचार संस्थाले जनाएको छ । मानवअधिकार परिषद्को ३६औँ बैठकको शुरुमा बोल्दै उहाँले हिंसा प्रभावित […]
सेप्टम्वर ११ को स्मरण गरिँदै । वल्र्ड ट्रेड टावरमा हजारौँको सहभागिता हुने अपेक्षा
न्यूयोर्क, २६ भदौ । अमेरिकाले विनासकारी आँधीको सामना गरिरहेकै वेला १६ वर्ष पहिले अमेरिकी भूमिमा भएको त्रासदीपूर्ण आक्रमणको स्मरण गरेको छ । आतंककारी हमलाको दुःखद घटनालाई अमेरिकीहरूले इतिहासमै भएको त्रासदीपूर्ण आक्रमणका रूपमा स्मरण गर्दै आएका छन् । अमेरिकाको पेन्टागन तथा सानक्सभिल पेनसिल्विनियामा सन् २००१ को सेप्टेम्बर ११ मा भएको उक्त आक्रमणमा आतंककारी समूहले विमान अपहरण […]










