टेलिकमभित्र नक्कली काम गर्ने ११५ जनालाई जेलसजाय

काठमाडौं, १५ भदौ । पूर्वी चीनको जेजिआङ प्रान्तमा बुधबार टेलिकममा नक्कली काम गरेको आरोपमा ११५ व्यक्तिलाई जेल सजाय दिइएको छ । सजाय दिइएका ती व्यक्तिहरूमा प्रायः कलेज अर्थात उच्च माध्यमिक विद्यालयका व्यक्तिहरू रहेका छन् । हैनिङ्ग शहरका एक अदालतका अनुसार जेल सजाय पाएका ती व्यक्तिहरूलाई वेबसाइट हटिङ्गको आरोप लागेको छ ।

अमेरिका र जापानले गरे उत्तरकाेरियालार्इ संयुक्त आग्रह

सोल, १३ भदौ । उत्तर कोरियाले मङ्गलबार पुनःव्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेपछि जापान र अमेरिकाले यस विषयमा तत्काल छलफल गर्नको लागि सुरक्षा परिषदको बैठकको बोलाउनको लागि संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । उत्तर कोरियाले मङ्गलबार गरेको क्षेप्यास्त्र परिक्षण जापानको आकाश हुदै जापानको नै समुन्द्रमा झरेपछि सो आग्रह गरिएको हो । उत्तर कोरियाले गरेको पछिल्लो यो क्षेप्यास्त्र […]

नाइजरमा बाढीका कारण ४० जनाको मृत्यु

नाइजर, १३ भदौ । पश्चिम अफ्रिकी मुलुक नाइजरको राजधानी नायमी लगायतका देशका अन्य भागमा परेको मुसलधारे बर्षाका कारण कम्तीमा ४४ जनाको मृत्यु भएको छ । नागरिक सुरक्षा तथा विपद् व्यवस्थापन विभागका महानिर्देशक कर्नेल अवाउबाकर बाकोले मङगलबार दिउको जानकारी अनुसार नायमीमा सोमबार परेको मुसलधारे बर्षाका कारण आएको बाढीले सयौँ घरहरू बगाएपछि हजारौँ मानिस विस्थापित भएका छन् […]

उत्तरकाेरियाद्वारा जापानी अाकाशमा क्षेप्यास्त्र प्रहार

एजेन्सी । उत्तर कोरियाले जापानी अाकाशमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेकाे छ । क्षेप्यास्त्र समुन्द्रमा खसेका कारण कुनै क्षति भने भएकाे छैन । उत्तरकाेरियाले परिक्षणका क्रममा उक्त क्षेप्यास्त्र जापानमा पुगेकाे बताइएकाे छ । तर, केहीले भने उत्तर काेरियाले जानी जानी याे क्षेप्यास्त्र जापानतर्फ प्रहार गरेकाे जनाएका छन् । मंगलवार बिहान परीक्षण गरिएको एउटा बलेस्टिक क्षेप्यास्त्र पहिलो […]

बलात्कारी धर्मगुरु रहिमबाट ४८ महिला पीडित केहीको हत्या भएको खुलासा

नयाँ दिल्ली, १२ भदौ । भारतका विवादास्पद धर्मगुरु गुरमित राम रहिमलाई अन्ततः जेल सजाय तोकिएको छ । जेल सजाय दिइएसँगै उनका नयाँ नयाँ पोल खुल्न थालेका छन् । आफ्नै एक भक्तमाथि बलात्कार गरेको आरोपमा विवादमा पक्राउ परेका उनीबाट अहिलेसम्म ४८ जना महिलाहरु यौनहिंसाबाट पीडित बनेको तथ्य खुलेको छ । साथै उनले केही महिलाहरुको हत्या समेत […]

दाेक्लामबाट भारतीय सेना पछि हट्याे । चिनियाँ सेनाले अब एक्लै गस्ती गर्ने

काठमाडाैं, १२ भदाै । लामाे समयदेखि विवाद चल्दै अाएकाे चीन र भारतीय सीमा क्षेत्र दाेक्लमबाट भारतीय सेना पछि हटेकाे छ । दाेक्लाम क्षेत्रमा भारतीय सेना चिनियाँ भूमीमा पुगेर गस्ती गर्न थालेपछि चीनले कडा अापती जनाउँदै अाएकाे थियाे । साथै साे क्षेत्रमा चीनले पनि अाफ्ना सेना पठाएपछि दैनिक क्षडप हुने गरेका थिए । दाेक्लामबाट भारतीय सेना […]

बिहारमा माेदी विरुद्ध लालु–कांग्रेस गठबन्धनकाे विशाल र्याली

बिहारमा सत्तारुढ गठबन्धनका विरुद्ध ठूलो जनमत देखा परेको छ । लालुसँगको संगत छाडेर विजेपीसँग गएका नितिशकुमार सहितको सत्ता गठबन्धनका विरुद्ध लालु र भारतीय कांग्रेसले फेरि ठूला ठूला र्याली निकाल्न सुरु गरेका छन् । बिहार ठूला ठूला र्यालीको लागि प्रसिद्घ मानिन्छ । तर, यसपटक अनुमान लगाइएको थियो कि सत्ताबाट बहिर्गमन, सीबीआईको छापा र नयाँ नयाँ समस्याबाट […]

किम जोङ उन किन यस्तो गर्छन ? उत्तर कोरियाको अनौठो रहस्य

एजेन्सी । उत्तर कोरियाले ‘गल्ती’ले तस्बिरहरूको पृष्ठभूमिबाट जरुरी जानकारी सार्वजनिक गरेको यो नै पहिलोपटक होइन । त्यसैले यस ‘गल्ती’माथि पनि शंका व्यक्त गरिँदै छ । बताइँदै छ कि उत्तर कोरियाले पछिल्लो समयमा ‘गल्ती’ले आफ्ना दुई यस्तो क्षेप्यास्त्रको जानकारी सार्वजनिक गरेको छ, जसको अहिलेसम्म परीक्षण पनि गरिएको छैन । देशका सर्वोच्च नेता किम जोङ उन एउटा […]

डोकलामबाट सेना फिर्ता गर्ने चीनसँग समझदारी भएको भारतको दावी

नयाँ दिल्ली, ११ भदौ । भारत चीनबीच रहेकोे हिमालय क्षेत्रको डोकलामबाट आफ्ना फौजहरू फिर्ता गर्न चीनसँग समझदारी गरेको भारत सरकारले जनाएको छ । महिनौँ लामो विवादपछि दुई देशबीचको कूटनीतिक पहलमा विवाद समाधान गरिएको भारतीय पक्षले जनाएको छ । भारतीय विदेशमन्त्रालयले हप्तौँदेखि जारी वार्ताका आधारमा यस्तो समझदारी बनेको सोमबार भारतीय विदेश मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा जनाइएको […]

हिमाल आरोहणका क्रममा दुर्घटना हुँदा पाँचको मृत्यु

भियना, ११ भदौ । अष्ट्रियामा हिमाल आरोहणमा गएको एक समूह हिमाल चढ्ने क्रममा आइतबार दुर्घटनामा परेका अष्ट्रियाली समाचार संस्था एपीएले जनाएको छ । घटनामा एक जना घाएते भएका छन् । साल्सवर्गको जेल एम सीमा हिमाल चढ्ने क्रममा लडेर उनीहरूको मृत्यु भएको थियो ।