टाेक्याे । जापानी राजकुमारी माको तथा उनका प्रेमी केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह आगामी दुई वर्षपछि मात्र हुने भएको छ । पर्याप्त तयारी नपुगेकाले सो विवाह दुई वर्षपछि धकेलिएको राजदरबार स्रोतलाई उद्धृत गर्दै जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् । सम्राट अकिहितोकी सबैभन्दा जेठी नातिनी २६ वर्षीया माको र कुमुरोको यही मार्चमा परम्परागत ढंगले इन्गेजमेन्ट […]
प्रवास
एअरपोर्टबाट उडेको केही समयमा नै विमान वस्तीमा खस्यो, ७१ जनाको मृत्यु
मस्को । रुसमा एक जेट विमान दुर्घटनामा परेकाे छ । ६५ जना यात्रु बाेकेकाे विमा रुसको राजधानी मस्कोस्थित डोमोडेडोभो एयरपोर्टबाट उडेको थियाे । एयरपोर्टबाट उडेको केहीबेरमा नै बिमान दुर्घटनामा परेको रुसी सञ्चारमाध्यमले जनाएका छन् । एन्टानाेभ एएन १४८ नम्बरकाे विमानमा ६५ जना यात्रु र ६ जना चालक दलका सदस्य रहेका थिए। साराटोभ एयरलाइन्सको उक्त जहाज मस्कोबाट […]
कुवेतमा नेपाली मृत फेला
काठमाडाैं । कुवेतको कवादस्थित कम्बाईन्ड समुहमा कार्यरत हलेसी ५ खोटाङका ३९ बर्षीय नवराज राई मृत अवस्थामा फेला परेका छन् । दुई बर्षदेखि कुवेतमा कार्यरत राईलाई कम्पनीको म्याम्पबाट नजिकैको खाली जग्गामा लडिरहेको अवस्थामा फेला पारेको उक्त कम्पनीमा कार्यरत रोलबहादुर विकले बताए । उनी शनिबारको काम सकेर क्याम्पबाट बाहिर निस्केपछि कोठामा फर्केका थिएनन् ।
स्याङ्जाका खाम्चा मगर पुगे बेलायती सेनाको अहिलेसम्मकै उच्च ओहोदामा
काठमाडौं, २२ माघ । बेलायती सेनामा कार्यरत एक नेपाली उच्च अधिकृतमा पदोन्नति भएका छन् । बेलायती सेनाको उच्च अधिकृतमा कमै नेपालीहरु पुग्दै आइरहेकोमा टोल खाम्चा मगर छैटौं वरीयताको लेफ्टिनेन्ट कर्णेल बन्न सफल भएका हुन् । ५० वर्षीय खाम्ता स्याङ्जा शीरकोट, करादीमा जन्मिएका हुन् । बेलायती सेनामा नेपालीहरुले २ सय वर्षदेखि प्रवेश पाउँदै आएका भए पनि […]
सुदुरपश्चिमेली समाज जापानको अधिवेशन टोकियोमा सम्पन्न अध्यक्षमा एकेन्द्र थापा निर्वाचित
टोकियो– “सुदुरपश्चिमको विकासका लागि सुदूरपश्चिमेली” भन्ने नाराका साथ सुदूरपश्चिमेली समाज जापानको पाँचौ अधिबेशन आईतबार टोकियोमा सम्पन्न भएको छ । समाजको अधिबेशनको उद्घाटन गर्दै गैर आवासीय नेपाली संघ,आईसीसीका अध्यक्ष भवन भट्टले नेपालीहरुका लागि नेपालीले विश्वको जुनसुकै मुलुकमा भएपनि आफ्नो माटो र जन्मभूमिका लागि केही गर्न एकजुट हुनु सुखद् पक्ष भएको बताउनुभयो । उहाले समाजले स्थापना गरेको […]
रोजगारीका लागि कतार गएका नेपालीले जिल्लामा पठाए एम्बुलेन्स
काठमाडाैं, १७ माघ । वैदेशिक रोजगारीका लागि कतार गएका नेपालीहरुले अाफ्नाे जिल्लाका लागि एम्बुलेन्स जुटाएका छन् । अाेखलढुङ्गाबाट कतारमा गएका नेपालीहरुले अाफ्नाे जिल्लालार्इ यस्ताे उपहार पठाएका हुन् । कतारमा रहेकाे अाेखलढुङ्गा एकता सेवा समात कतारले त्यहाँ रहेका नेपालीहरुबाट सहयाेग उठाएर जिल्लामा एम्बुलेन्स पठाएकाे हाे । उक्त एम्बुलेन्स जिल्लामा सञ्चालन गर्ने बताइएकाे छ । ओखलढुंगा एकता […]
सुदुरपश्चिमेली समाज जापान सेन्दाइको अध्यक्षमा जय चन्द निर्वाचित
जय चन्दलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गराउदै सुदुरपश्चिमेली नेपाली समाज सेन्दाइको दोश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले १७ सदस्यिय कार्यसमितिको चयन पनि गरेको छ । कार्यसमितिको उपाध्यक्षमा गणेश चन्द र जंगबहादुर घेराल रहेका छन भने सचिबमा यज्ञराज जोशी सह सचिबमा गंगादत्त जोशी चयन भएका छन समाजको कोषाध्यक्षमा भरत बम र सह कोषाध्यक्षमा केशव पाण्डे […]
वैदेशिक रोजगारमा गएका युवाले दिए विद्यालयलाई १ लाख ८० हजार
मोरङ, १४ माघ । वैदेशिक रोजगारका लागि हङकङमा रहेका मोरङ राजघाटका युवाको समूह केबीआई ग्रुपले उर्लाबारी—९ स्थित सार्वजनिक माविलाई नगद एक लाख ८० हजार सहयोग गरेको छ । ग्रुपका प्रतिनिधि लक्ष्मी खापुङ इन्द्रले शनिबार उक्त रकम विद्यालयका प्रधानाध्यापक टंक दुलाल र अध्यक्ष कुरुराज आङबुहाङलाई हस्तान्तरण गरे । अक्षयकोषमा रहने गरी विद्यालयको स्तरोउन्नतिका लागि उक्त रकम […]
टर्कीमा एक सयभन्दा बढी युवा अलपत्र
काठमाडौं । स्याङ्जा पुतलीबजार नगरपालिकाका लक्ष्मण गुरुङ गत भदौमा भारतको बाटो हुँदै टर्की पुगे । युरोपियन मुलुकमा आकर्षक तलब पाइने, युरोपभर निर्वाध आवतजावत गर्न पाइने तथा स्थायी बसोबास अनुमति (पिआर) पनि पाइने आशमा उनी पोखराको पिएनपी कन्सल्टेन्सीलाई ८ लाख ८० हजार रुपैयाँ बुझाएर पर्यटक भिसामा टर्की पुगेका थिए । सुखद भविष्यको कल्पना गर्दै टर्की पुगेका […]
‘नेपाल गन्तव्य’ न्यूयोर्कमा
काठमाडौँ, १० माघ । नेपालको पर्यटन–प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले अमेरिकी राज्य न्युयोर्क र वरपरका राज्यहरूमा पर्यटन पेशामा संलग्न नेपाली तथा अमेरिकी पर्यटन व्यवसायीबीच हालै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको आयोजनामा नेपाल गन्तव्य कार्यक्रम आयोजना गरियो । त्यस अवसरमा महावाणिज्यदूत मधुकुमार मरासिनीले पर्यटन क्षेत्रमा प्रशस्त सम्भावना रहेका बताउँदै विश्वको आर्थिक राजधानीका रूपमा रहेको न्युयोर्क महानगरका पर्यटन उद्यमी […]





