अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिका महासचिव विमला निरौलालाई राष्ट्रिय सेवा सम्मानद्वारा सम्मान गरिएको छ । काठमाडौंको राष्ट्रिय सभागृहमा भव्य कार्यक्रम आयोजना गरी चन्द्रलोक प्रतिष्ठानले उक्त सम्मान गरेको हो । पिता श्यामजी शर्मा ढुंगाना र माता शारदादेवी ढुंगानाको कोखबाट चितवन जिल्लामा जन्म लिएकी विमला निरौलाले नेपाली भाषाको विकास र संवर्धनमा लामो समयदेखि अनवरत रुपमा कलम चलाउँदै आएकी […]
प्रवास
भारतमा रेल दुर्घटना हुँदा ६ को मृत्यु, १०० घाइते
काठमाडौं । भारतको बिहारमा रेल दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएका छन् । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ को मृत्यु भएको भारतीय मिडियाले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिट्टिएका छन् । उक्त रेल दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको थियो । […]
अनेसास बालतारा-जापान कोरिया विशेष हुने
१५ असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै “अनेसास बालतारा” कार्यक्रम निरन्तर रूपमा हुँदै आएको छ । भर्च्युअलमार्फत २०८० असार १६ गते तदनुसार जुलाई १, २०२३ शनिवारका दिन हुने उक्तकार्यक्रममा सोयुजा […]
अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान
काठमाण्डौं, ६ असार । गैरआवासीय नेपाली सङ्घले अरनिको अन्तर्राष्ट्रिय पुरस्कारका लागि कृति आह्वान गरेको छ । नेपाली भाषा, साहित्य र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा जगेर्ना एवम् प्रवर्धन गर्न तथा प्रवासमा रहेर नेपाली वाङ्मयका क्षेत्रमा क्रियाशील सर्जकहरुलाई उत्प्रेरणा गर्ने उद्देश्यले संघले सन् २०२१ देखि प्रत्येक वर्ष दुई लाख राशीको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । […]
चीनबाट नेपालले राम्रो फाइदा लिनुपर्ने बिज्ञहरुको सुझाब
काठमाण्डौं, ७ कात्तिक । फ्रेन्डसिप फोरम फर नेप्लिज जर्नालिस्टले चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व र विश्वव्यापी रुपमा यसले पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं नयाँ बानेश्वरमा आयोजित सो अन्तरक्रिया कार्यक्रममा बोल्नु हुँदै नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले चीन र विश्वका समस्या समाधान गर्न चिनियाँ कम्युनिष्ट पार्टीको […]
उपराष्ट्रपतिसँग पाकिस्तानी राजदूतको विदाइ भेट
काठमाडौं, ३ कात्तिक, । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले उपराष्ट्रपति नन्दकिशोर पुनसँग विदाइ भेट गरेका छन् । उपराष्ट्रपति निवासमा पुगेर उनले बुधबार बिदाइ भेट गरेका हुन् । भेटका क्रममा उपराष्ट्रपति पुनले राजदूत शाहलाई सफल कार्यकाल पूरा गरेको प्रति बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिए । शाहले उपराष्ट्रपति पुनलाई पाकिस्तानको राष्ट्रिय र स्वतन्त्रता […]
बिष्णुपुकार श्रेष्ठ चीनका लागि राजदूतमा नियुक्त
काठमाडौं । चीनका लागि नेपाली राजदूतमा विष्णुपुकार श्रेष्ठ नियुक्त भएका छन् । नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका लागि नेपाली राजदूतमा श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।
भारत प्रशासित कश्मीरमा १ सय लडाकु मारिए
काठमाडौँ । यस वर्षको सुरुवातदेखि सरकारी फौजको कारवाहीमा परी भारत प्रशासित काश्मिरमा १०० विद्रोहीको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ । प्रहरीले जारी गरेको संक्षिप्त वक्तव्यमा भनिएको छ, ‘यस वर्ष पाँच महिना १२ दिनमा विभिन्न सशस्त्र भिडन्तमा १०० जना आतङ्ककारी मारिएका छन् ।’ प्रहरीका अनुसार गत वर्षको सोही अवधिमा मारिएका आतङ्ककारीको सङ्ख्याभन्दा यो सङ्ख्या […]
चीनका लागि प्रस्तावित राजदूत श्रेष्ठको नाम अनुमोदन
काठमाडौं । चीनका लागि प्रस्तावित राजदूत विष्णुपुकार श्रेष्ठको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको छ । मंगलबार सुनुवाइसँगै समितिले श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत दानबहादुर तामाङको नाम अनुमोदन गरेको हो । दुवै विरुद्ध समितिमा उजुरी परेको थिएन बाँकी प्रस्तावित १८ राजदूतविरुद्ध परेको उजुरी खोल्न र सुनुवाइ गर्न भोलि बुधबार बैठक बोलाइएको छ ।
भारतीय प्रम मोदी भोलि लुम्बिनी आउँदै, प्रधानमन्त्री देउवा आजै पुगे लुम्बिनी
बुटवल । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी भोलि जेठ ३ गते लुम्बिनी आइपुग्ने भएका छन् । २,५६६ औं बुद्ध जयन्ती मूल समारोहमा सहभागिता जनाउनका लागि भारतीय प्रम मोदी लुम्बिनी आउन लागेका हुन् । यसैबीच नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षीको स्वागत तथा बुद्ध जयन्तीमा सहभागि हुनका लागि आजै लुम्बिनी पुगेका छन् । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री […]










