अनेसास बालतारा-जापान कोरिया विशेष हुने

१५  असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै  “अनेसास बालतारा” कार्यक्रम निरन्तर रूपमा हुँदै आएको छ ।

भर्च्युअलमार्फत २०८० असार १६ गते तदनुसार जुलाई १, २०२३ शनिवारका दिन हुने उक्तकार्यक्रममा सोयुजा अधिकारी (जापान), विवान बस्नेत (कोरिया, सरिसा बास्तोला (जापान), विस्मा प्याकुरेल (जापान), आरभ सोरा श्रेष्ठ (जापान), आरुषी मिराई श्रेष्ठ (जापान), एलभिन थापा (दक्षिण कोरिया सत्यम पोखरेल (जापान), रोनिक्स सापकोटा (जापान), रोचक पाठक (जापान), चिरायु जोशी (दक्षिण कोरिया), असल केसी (जापान), प्रिउस गिरी, (जापान), स्पृहा भट्टराई (जापान), एरिका सापकोटा (जापान), शिवानी मरासैनी (जापान), आयान खरेल (दक्षिण कोरिया), इभान कार्की (दक्षिण कोरिया), रोचक पाठक (जापान) सहभागी हुने छन् ।

यस कार्यक्रममा मुख्य अतिथिका रुपमा नेपाली बालसाहित्यकार श्री रमेशचन्द्र घिमिरेको उपस्थित रहने छ भने विशेष अतिथिका रुपमा अनेसासको केन्द्रीय वरिष्ठ उपाध्यक्ष श्री सर्वज्ञ वाग्ले, महासचिव विमला निरौला, बाल समितिका संयोजक डा. प्रकाश पौडेल, अजुर्न सडौला र प्रदिप थापाको उपस्थिति रहने छ ।

कार्यक्रमलाई दक्षिण कोरियाका लोकराज न्यौपानेले सञ्चालन गर्नुहुनेछ भने कार्यक्रमको समय जापान, कोरियामा बेलुका ५ः३० बजे र नेपाली समय दिउँसो २ः१५ देखि रहेको आयोजक बालसमितिले जानकारी दिनुभएको छ ।

Loading...