रोजगारदताले मन खुम्च्याउन जरुरी छैन: मन्त्री विष्ट

काठमाडौँ, ८ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन रोजगारदताले मन खुम्च्याउन जरुरी नभएको बताए ।संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सानो रकमको योगदानबाट रोजगारदाता सधैँ चिन्तामुक्त हुने बताए । “सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन”, मन्त्री […]

असोजमा एनआरएनएको महाधिवेशन काठमाडौंमा हुने

काठमाडाैं । ‘म, मेरो एनआरएनए, र मेरो नेपाल’ भन्ने नाराका साथ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन आगामी असोज २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने भएको छ। सङ्घको बिहीबार बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको बैठकले नेपाल सरकार परराष्ट्र मन्त्रालय समेतको सल्लाहमा उक्त मिति तय गरेको हो। उक्त विश्व सम्मेलन पनि विगतमा झैँ […]

सुरक्षा कारण देखाउँदै रोहिङ्ग्या शरणार्थी स्वदेश फर्किन अस्वीकार

एजेन्सी । बङ्लादेशमा शरणार्थीका रूपमा बसेका रोहिङ्ग्याहरूलाई स्वदेश फर्काउने पछिल्लो प्रयास असफल भएको छ । विभिन्न पाँच बस र दश ट्रकमा झण्डै तीन हजार ५०० शरणार्थीहरूलाई बिहीबार स्वदेश फर्काउने योजना बङ्लादेशमा बनाइएको थियो । मुस्लीम समुदायको बाहुल्यतासहित झण्डै सात लाख ४० हजार म्यानमारका रोहिङ्ग्या समुदायका बासिन्दा सन् २०१७ देखि बङ्लादेशमा शरणार्थी बन्न बाध्य छन् । […]

टुकेन लिम्बूको परिवारलाई सहयोग गर्न यसरी उर्लिए दक्षिण कोरियाको चुम्लुङ र इलामेली समाजमा आवद्ध सदस्यहरु

काठमाडौं । इलामेली समाज दक्षिण कोरिया र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत असार २९ गते कोरियामा निधन हुन पुगेका टुकेन लिम्बू (लिङ्दम) को परिवारलाई सहयोग ४ लाख ७६ हजार ३०३ रूपैया सहयोग प्रदान गरेको छ । किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष कमल तिगेला, महासचिव निरन्ती तुम्बापो, तथा कोरियाबाट फर्केकी मञ्जु लावतीबाट लिङ्दमका श्रीमती सरस्वती नेम्बाङ […]

कश्मीर तनावले भारतीय सेनामा कार्यरत नेपालीका परिवार चिन्तित

धनकुटाकी सरिता राई अचेल छिनछिनमा आफ्नो मोबाइल हेरिरहेकी हुन्छिन्। २४ घण्टा नै डाटा अन गरेर राखिएको मोबाइलमा केही ‘नोटिफिकेसन’ आउने बित्तिकै आँखा डुलाइहाल्छिन्। उनको रातमा निद्रा र दिनमा चैन हराएको छ। सरिताको ध्यान सधैँभरि एउटै कुरामा केन्द्रीत छ- कतै श्रीमान्‌को कल वा सन्देश आयो कि? उनी यसरी चिन्तित हुनुको कारण हो- भारतले गत अगस्ट ५ […]

चीनमा चालीस लाख यौनकर्मी, नेपाली महिला पनि तस्करको फन्दामा

काठमाडौं । चीनमा करिब ४० लाख महिला यौनकर्मी रहेको एक अध्ययनले देखाएको छ । चिनियाँ कम्युनिष्ट पार्टीको एक प्रतिवेदनलाई आधार मानेर राष्ट्रिय मानव अधिकार आयोगले गरेको महिला बेचबिखनसम्बन्धी एक अध्ययनमा चीनमा ३० देखि ४० लाख महिला यौनकर्मीका रुपमा काम गरिरहेको उल्लेख गरेको छ । यसको प्रभाव नेपालमा पनि पर्दै गएको आयोगको प्रतिवेदनले औँल्याएको छ । […]

प्रवासीको सहयोगमा एम्बुलेन्स

बागलुङ, ३० साउन । नेदरल्याण्डसमा रहेका बागलुङेको सहयोगमा नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाले एम्बुलेन्ससहित स्वास्थ्य उपकरण खरीद गरेको छ ।प्रवासी नेपालीको सहयोग खरिद गरेको एम्बुलेन्स केही दिनभित्रै सञ्चालनमा ल्याउने तयारी भएको र रक्तसञ्चार केन्द्रका लागि पनि उपकरण आइसकेको शाखाका उपसभापति राजेन्द्र आचार्यले बताए । “लेखानी, बिहुँलगायतका क्षेत्रबाट नेदरल्याण्डस पुग्नुभएका बागलुङवासी यसमा जोडिनुभएको छ”, उनले भने […]

बन्दुकधारी र सुरक्षाकर्मीबीच गोली हानाहान, ६ सुरक्षाकर्मी घाइते

काठमाडाैं । अमेरिकाको फेलाडेल्फियामा बन्दुकधारी र प्रहरीबिच गोली हानाहान भएको छ । गोली हानाहानको क्रममा कम्तिमा ६ सुरक्षाकर्मी घाइते भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । फेलाडेल्फिया मुख्य शहर नजिकै रहेको भवनमा बन्दुकधारीले गोली चलाएका हुन् । सरकारी अधिकारीले ‘ड्रग्स वारेन्ट’ गरिरहेका बेला गोली हानाहान सुरु भएको हो । स्थानीय समय अनुसार बुधबार बेलुका साढे ४ […]

पोखरामा अवैध बस्ने पर्यटक वृद्धि

चिप्लेढुङ्गा, २८ साउन । पोखरामा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या बढेको छ । पर्यटक प्रहरी कार्यालय लेकसाइडको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७५÷७६ मा अवैध रुपमा बसोबास गर्ने पर्यटकको सङ्ख्या २२ रहेको छ । त्यसमा रुसका धेरै छन् भने अन्यमा लेवनान, फ्रान्स, टर्की, केन्या, पोल्याण्ड, बेलायत, यमन, चीन, नेदरल्याण्डस्का नागरिक छन् । उनीहरुलाई लेकसाइड आसपासका क्षेत्रबाट […]

पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीय स्थल बनाउन सुझाव

काठमाडौँ, २८ साउन । विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिइएको छ । विश्व सम्पदा सूचीमा सूचीकृत एवं विश्वभर छरिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र भएर पनि पशुपति क्षेत्रलाई व्यवस्थित बनाउन राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सांसदहरुले सुझाव दिएका छन । समितिका सभापति दिलकुमारी रावलले भने ‘‘पशुपतिका […]