मंगलवार टोकियोमा ३०९ जना कोरोना संक्रमित भएको टोकियो महानगरपालिका कार्यालयले पुष्टि गरेको छ । केहिदिन यता टोकियोमा कोरोना संक्रमण बढ्दो क्रममा छ ।आज सम्म टोकियोमा कोरोना संक्रमितको संख्या १४ हजार २२ पुगेको जापानको लोकप्रिय संचार माध्यम एनएचकेले जनाएको छ । टोकियो महानगरपालिका सरकारले सर्बसाधारणलाई अनावश्यक काममा हिडडुल तथा भिड्भाड नगर्न पनि अनुरोध गरेको छ ।
प्रवास
टोकियोमा आइतबार २९२ जनामा कोरोना संक्रमण पुष्टि
जापानको राजधानी टोकियोमा आइतबार कोरोना संक्रमितको संख्या २९२ जनामा पुष्टि भएको छ।अघिल्लो दिनको तुलनामा यो संख्या घटदो भएपनि शनिबार टोकियोमा संक्रमितको संख्या ४७२ पुगेको थियो । राजधानी टोकियोमा पछिल्लो समय कोरोना संक्रमण बढिरहेको छ ।अहिले सम्म टोकियोमा १३ हजार ४५५ जना संक्रमित रहेको एनएचके न्यूजले जनाएको छ ।
टोकियोमा शनिबार पनि कोरोना संक्रमितको संख्या उच्च
जापानको राजधानी टोकियोमा शनिबार पनि कोरोना संक्रमितको संख्या बढेको छ । शनिबार मात्र ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै टोकियोमा जम्मा संक्रमितको संख्या १६ हजार १ सय ६३ जना पुगेको छ ।
कुवेतले लगायो नेपालीलाइ आफ्नो देश प्रवेशमा रोक
काठमाडाैं । कुवेत सरकारले नेपालसहित सात देशका नागरिकलाई आफ्नो देश प्रवेशमा रोक लगाएको छ। नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सबाट जाने नागरिकलाई प्रवेशमा रोक लगाएको हो। कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन्। कोरोना संक्रमण नियन्त्रणको लागि यस्तो निर्णय गरिएको कुवेत सरकारले जनाएको छ। कुवेतमा १ अगस्टदेखि व्यवसायिक उडान सञ्चालन हुँदैछन्। उडान खुले […]
अक्टोबरमा दोश्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन हुने
काठमाडौँ । गैरआवासीय नेपाली संघले आगामी अक्टोबर ९ देखि ११ तारिखसम्म (२०७७ असोज २३–२५) ‘दोस्रो गैरआवासीय नेपाली विश्व ज्ञान सम्मेलन’ आयोजना गर्ने भएको छ । नेपाल सरकारको सहकार्यमा हुने उक्त ज्ञान सम्मेलन कोभिड–१९ का कारण उत्पन्न जटिल परिस्थितिलाई मध्यनजर गरी भौतिक रूपमा वा अनलाइनमार्फत् आयोजना गरिने संघले जनाएको छ । परिस्थिति समान्य बनेको अवस्थामा अक्टोबरमा […]
अनेसासको अध्यक्षमा पौडेल निर्विरोध निर्वाचित
टोकियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय कार्यसमितिको सन् २०२० देखि २०२२ सम्मको दुई वर्षे कार्यकालका लागि प्रकाश पौडेल ’माइला’ (जापान) को नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ । यस अघि वरिष्ठ उपाध्यक्ष रहेका माइला अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । अनेसासको निर्वाचन कमिटीले सोमबार साँझ अनलाईनमार्फत नतिजा घोषणा गरेको हो । शुक्रबार, शनिवार र […]
भारतीय सञ्चारमाध्यमको आपत्तिजनक प्रस्तुतिबारे भारतलाई पठायो नेपालले कूटनीतिक नोट
काठमाडौं । केहि समययता भारतीय सञ्चारमाध्यममा नेपालबारे प्रसारण गरिएका समाचार सामग्रीहरु आपत्तिजनक भएकोले त्यसविरुद्ध तत्काल कदम चाल्न आग्रह गर्दै नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ। सो नोटमा भारतका केहि सञ्चारमाध्यमले आधारहीन, बनावटी, गलत र असंवेदनशील सामग्री प्रसारण गरेको हुँदा त्यसले नेपाली जनता र नेपालको नेतृत्वको भावनामा चोट पुर्याएको बताइएको छ। ‘न्यूनतम पेशागत मर्यादा पनि कायम […]
बोर्डरमा बिहानै गोलावारी, गोरखा घर भएका सैनिक गुरुङको मृत्यु
नयाँदिल्ली । भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिककाे मृत्यु भएकाे छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहानै भएको गोलाबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । मृत्यु हुनेमा नेपालकाे गाेरखा घर भएका सम्वर गुरुङ रहेका छन् । उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा […]
विदेशबाट फर्किए १६ हजार भन्दाबढी नेपाली
काठमाडौँ । कोभिड–१९ को महामारी यता बिहीबारसम्म हवाई उडानमार्फत विभिन्न २१ देशमा अप्ठ्यारोमा परेका १६ हजार २९४ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् । फिर्ता भएकामध्ये सबैभन्दा बढी बागमती प्रदेशका पाँच हजार ३५८ रहेका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका ३९४ छन् । यस्तै सबैभन्दा बढी कुवेतबाट तीन हजार ५२७ र सबैभन्दा कम पाँच जना […]
कोरोना विरुद्धको खोप अनुसन्धान गर्न चार हजार कोरियालीले प्लाज्मा दान गर्ने इच्छा व्यक्त गरे
काठमाडौं । काेराेना भाइरस (कोभिड १९) अनुसन्धानका लागि दक्षिण कोरियामा चार हजार जनाले प्लाज्मा दिने भएका छन् । दक्षिण कोरियास्थित सिञ्जोची चर्चका पूर्व कोभिड १९ संक्रमित ४ हजार जनाले रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् । उक्त चर्चका संस्थापक मान ही लीले प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न इच्छा व्यक्त गरेको जनाएका छन् […]









