बोर्डरमा बिहानै गोलावारी, गोरखा घर भएका सैनिक गुरुङको मृत्यु

नयाँदिल्ली । भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिककाे मृत्यु भएकाे छ । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार बिहानै भएको गोलाबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा नेपालकाे गाेरखा घर भएका सम्वर गुरुङ रहेका छन् । उनी जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका थिए । भारतीय सेनामा हवलदार रहेका गुरुङ गोलाबारीमा घाइते भएकाे र उनको उपचारका क्रममा क्रममा मृत्यु भएको भारतीय सेनाले जनाएकाे छ । साे क्षेत्रमा पाकिस्तानी सेनाले एका बिहानै गाेलावारी चलाएकाे पनि भारतीय सेनाले दावी गरेकाे छ

एक महिनाभित्रै भारतीय सीमा सुरक्षाका लागि नेपालीले ज्यान गुमाएको यो दोस्रो घटना हो । यसअघि ८ असारमा जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमै खटिएका गुल्मी जिल्ला घर भएका हवलदार दीपक कार्कीको मृत्यु भएको भएको थियो ।

Loading...