मंगलवार टोकियोमा ३०९ जनामा कोरोना संक्रमण

मंगलवार टोकियोमा ३०९ जना कोरोना संक्रमित भएको टोकियो महानगरपालिका कार्यालयले पुष्टि गरेको छ ।

केहिदिन यता टोकियोमा कोरोना संक्रमण बढ्दो क्रममा छ ।आज सम्म टोकियोमा कोरोना संक्रमितको संख्या १४ हजार २२ पुगेको जापानको लोकप्रिय संचार माध्यम एनएचकेले जनाएको छ ।

टोकियो महानगरपालिका सरकारले सर्बसाधारणलाई अनावश्यक काममा हिडडुल तथा भिड्भाड नगर्न पनि अनुरोध गरेको छ ।

Loading...