कोरोना विरुद्धको खोप अनुसन्धान गर्न चार हजार कोरियालीले प्लाज्मा दान गर्ने इच्छा व्यक्त गरे

काठमाडौं । काेराेना भाइरस (कोभिड १९) अनुसन्धानका लागि दक्षिण कोरियामा चार हजार जनाले प्लाज्मा दिने भएका छन् । दक्षिण कोरियास्थित सिञ्जोची चर्चका पूर्व कोभिड १९ संक्रमित ४ हजार जनाले रगतको प्लाज्मा दिने इच्छा व्यक्त गरेका हुन् ।

उक्त चर्चका संस्थापक मान ही लीले प्रति व्यक्ति ५०० मिलिलिटर प्लाज्मा दान गर्न इच्छा व्यक्त गरेको जनाएका छन् । उनले प्लाज्मा झण्डै ८३ अर्ब डलर बराबर मूल्यको रहेको पनि जनाएका छन् ।

प्लाज्माको अभावमा कोभिड १९ को खोपको अनुसन्धान र अध्ययन गर्न मुस्किल परिरहेको अमेरिकी अनुसन्धानकर्ताहरुले बताएका छन् । तर अहिलेसम्म २ सय जना अमेरिकीले मात्र प्लाज्मा दिने इच्छा व्यक्त गरेका छन् । दक्षिण कोरियामा अहिलेसम्म १२ हजार ५ सय ३५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएका छन् । जसमध्ये २८१ जनाले ज्यान गुमाएका छन् ।

दक्षिण कोरियामा कोरोना भाइरस फैलिनुमा शिञ्जोची चर्चको भूमिका रहेको भन्दै आलोचना भएको थियो । तर चर्चले भने उक्त आरोपको खण्डन गरिसकेकाे छ ।

Loading...