नेपाली समाज भारतीय संस्कृतिबाट अत्यन्त प्रभावित छ । हिन्दु धर्मका अधिकांश धार्मिक ग्रन्थहरूको असर नेपाली समाजमाथि पनि नराम्ररी परेको छ । आध्यात्मिक चिन्तनका गहिरा जराहरू समाजको तलसम्म फैलिएको कारण हाम्रो समाजले आधुनिक तथा वैज्ञानिक धारणा बनाउन निकै कठिन हुने गरेको छ । आफुलाई आधुनिक तथा वैज्ञानिक हुँ भन्नेहरूसमेत हिन्दु धर्म र भारतीय आध्यात्मिक दर्शनको मोहपासबाट […]
दृष्टिकोण
विश्वप्रसिद्ध हिन्दू धर्मग्रन्थको वैचारिक चिरफार-३ : भागवत् गीता के हो ? के होइन ?
(सन् १९८२ मा ‘मार्क्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् । ‘गीतालाई कसरी हेर्ने ?’ शीर्षकमा निनु चापागाईंद्वारा अनुदित लेखको यो तेस्रो र अन्तिम भाग हो । –सम्पादक) गीताको स्थितप्रज्ञ गीताको छलकपटलाई […]
मनोयुद्धको मचानः साने ! मैले तिमीलाई सुनाउनै पर्ने कथा यो
सुन्जुकी ! मनोयुद्दको मचानबाट तिमीलाई सुनाउनै पर्ने कथा हो यो । आज लम्वेतान गफ नमारी म साँने र केशरका कथा सुनाउँछु । तिमीसँग सहमत नभएको विषय के हो भने तिमी इतिहासलाई मुर्दाको कथन र चिहानघारीको यात्रा भन्छेउ, तर त्यसो हैन् । तिमीले भोगिरहेको जीवन धेरै भूईमान्छेका कथा, सपना, व्यथाका चिहानमाथि उभिएका धरहरा हुन् । लेखक […]
यस्तो रह्यो सन् २०१८ को विश्व अर्थव्यवस्था
एसियामा चिनियाँ राष्ट्रपति सी जिनपिङ अहिलेसम्मकै सबैभन्दा बलियो स्थितिमा छन् । ‘सिंगल डे’ का दिनमा मात्र चीनको अग्रणी अनलाइन भुक्तानी प्लेटफर्म अलिपेले मजबुत क्लाउड कम्प्युटिङ कलाको प्रयोग गरेर प्रतिसेकेन्ड २ लाख ५६ हजार भुक्तानीको प्रशोधन गरेको थियो । यो संसारको सबैभन्दा ठूलो खरिद घटना हो । मजस्ता अर्थशास्त्रीहरूलाई लगानी, शिक्षा र रोजगारीका साथै तिनीहरूको नीतिगत […]
क्रान्तिको गला रेट्न उभिएका संशोधनवादी डाक्टर ऋषिराज बरालका नाममा
नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका तर्फबाट विभिन्न स्वरूपका सङ्घर्षहरू भएका छन् । भित्तेलेखन, पर्चा वितरण, जनसभा, कोणसभामा समेत सरकारी हस्तक्षेप […]
कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्
यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद समेत दिएका छन् । साथै चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीलेसम्म मतदान गरेकोमा उनी आनन्दित भएको थाहा […]
यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले
हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै सुनेका भए पनि, यो सिद्धान्तलाई परिभाषा गर्न अप्ठ्यारो पर्ने गर्छ । नवउदारवाद शब्दको अर्थ के हो थाह छ ? यो […]
ट्रेडमार्कमै सीमित नेपाली कम्युनिस्ट
महाभारतमा एउटा प्रसंग छ– राजगुरु भएर पनि द्रोणाचार्यले छोरा अश्वस्थामाको दूध पिउने इच्छा पूरा गर्न सक्दैनन्। बालहठले पराजीत पिताश्रीले दानको चामल पिसेर पियाउनै लाग्दा कुरु बालकहरूले अश्वस्थामालाई गिज्याउँदै भनेछन्– हे गरूपुत्र! तिमीले पिइरहेको त दूध हैन्, चौलानी पो हो । हे…सखा, हरेक सेतो पदार्थ दूध कहाँ हुन्छ र? त्यस्तै नाम राख्दैमा नामअनुसारकेै गुण हुनुपर्छ भन्ने […]
नयाँ ढंगको पार्टी निर्माणको प्रश्न
प्रारम्भ यतिबेला नेपाली क्रान्तिको विषय निकै गम्भीर र संवेदनशील बन्न पुगेको छ । नेपाली धर्तीमा मालेमावादको प्रयोग अवरुद्ध भएसँगै विसर्जित हुन पुगेको क्रान्तिको परियोजनालाई पुनर्संगठित गर्दै अगाडी बढाउने दायित्व यतिबेला हाम्रो काँधमा आएको छ । जनयुद्धको आँधीमय दशकद्वारा अंकुरित आशा, अभिलासा र सपनाहरुलाई भयानक निराशाको हुन्डरीबाट जोगाउदै तिनलाई सही नेतृत्व प्रदान गर्ने ऐतिहासिक अभिभारा पनि […]
दलाल पुँजीवादी सत्ता ध्वस्त गराैं जनताको जनवादी व्यवस्थामा अघि बढाै
नेपाल कम्युनिस्ट पार्टीले संसदीय चुनाव बहिष्कार मात्र होइन, यसको खारेजी गर्ने निर्णय आठौँ ऐतिहासिक महाधिवेशनमा गरेको थियो । हाम्रो पार्टीले समस्त क्षेत्रमा यो निर्णयको वैज्ञानिक औचित्य, त्यसको कार्यान्वयनको ऐतिहासिक आवश्यकता र नयाँ राजनैतिक विकल्पको बारेमा जानकारी गराउँदै र त्यो चुनाव खारेजका लागि आम जनतामा अपिल गर्दै आएको थियो । हामी चाहन्थ्यौँ कि देशमा जनताको जनतन्त्रको […]










