(सन् १९८२ मा ‘माक्र्सिज्म एन्ड भगवत् गीता’ शीर्षकमा दिलिप बोसको लेखसँगै प्रकाशित यस लेखका मूललेखक एस.जी. सरदेसाई (सन् १९०७–१९९६) तत्कालीन भारतीय कम्युनिस्ट पार्टीका नेता हुन् । उनी भारतीय स्वतन्त्रता संग्रामका योद्धा समेत हुन् । ‘गीतालाई कसरी हेर्ने ?’ शीर्षकमा निनु चापागाईंद्वारा अनुदित लेखको यो दोस्रो भाग हो । बाँकी क्रमशः प्रस्तुत गरिनेछ । –सम्पादक ।)
मगधपछिका विकासहरू
मौर्यहरू पछिको अर्को ठुलो साम्राज्य सन् ३०० इ.मा आएको गुप्तहरूको ‘शास्त्रीय’ साम्राज्य थियो । तर जुन समयमा गीताको जन्म भएको ई.पू. २०० र सन् ३००का बीचको अवधि पनि चाखलाग्दो छ र यस अवधिका महत्त्वपूर्ण लक्षणहरू छन् ।
यस अवधिले उत्तर–पश्चिमबाट आएका खास गरी इन्डो–ग्रीकहरूका ठुला विदेशी आक्रमणहरू, शक र कुषाणहरूको सामना गरेको छ । देशभित्रै पनि शुङ्ग, शतवाहन, कलिङ्ग आदिका सङ्घर्षरत राज्यहरूको दृश्य अघि आयो ।
व्यापार र उद्योगको विस्तार लगातार भैरह्यो । सांस्कृतिक, आर्थिक र बौद्धिक अन्तक्र्रिया भारत, रोमन साम्राज्य, पश्चिम तथा केन्द्रीय एसिया (कजाकिस्तान, किर्गिजिस्तान, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तान) र चीनका बीचमा असाधारण रूपले विकसित भयो । विज्ञान, मूर्तिकला र वास्तुकलाले अति प्रचण्ड गतिमा विकास गरे । केही शताब्दीका लागि भारतको ‘केन्द्र’ पाटलिपुत्रबाट तक्षशिला बन्न पुग्यो ।
यसका साथै दृश्यमा विघटनका केही लक्षणहरू पनि प्रकट भए । सम्भवतः मौर्यहरूको पतन विदेशी आक्रमणबाट भयो । तर त्यो वास्तवमा त्यो अतिक्रमण अन्तिम कारण मात्रै थियो । अति केन्द्रीकृत र अति कृत्रिम वातावरणमा विशाल र शक्तिशाली साम्राज्यको निर्माण गर्नु एउटा कुरा थियो । त्यति बेलाको यातायात र सञ्चारका प्रचलित साधनहरूको सीमा र अति केन्द्रीकृत राज्यसंयन्त्रको खर्चालुपनले गर्दा त्यस्तो खालको साम्राज्यलाई स्थिर बनाउनु एकदमै फरक कुरा थियो, जुन अति कठिन कार्य हो । मगध राज्य अशोकको शासनकालमा आफ्नो शिखरमा पुगेको थियो, तर त्यसले पनि आफ्नो कमजोरीलाई नै अभिव्यक्त ग¥यो अर्थात् त्यो असाधारण रूपले केन्द्रीकृत थियो र एकदमै बोझिलो थियो । त्यतिखेरका प्राविधिक सीमाहरूभन्दा यो निकै अघि बढेको थियो । अशोक साम्राज्यका भ्वाङ्हरू उनकै जीवनकालमा प्रारम्भ भैसकेका थिए । नयाँ, महत्त्वाकाङ्क्षी सैनिकअभियानका प्रहारबाट क्षतविक्षत हुन यसलाई लामो समय लागेन । यस कारण मौर्यपछिको अवधि राजनीतिक द्वन्द्व र विघटनको एउटा काल थियो । यद्यपि तथ्य के हो भने कुषाण, शक, शतवाहन आदिका राज्यहरू निकै साना थिए भन्ने पनि होइन ।
सामाजिक दृष्टिकोणबाट पनि यस अवधिमा एकदमै अनौठो अवस्था विकास भएको देखिन्छ । उपनिषदीय धर्मलाई बुद्धवादले गहिरो आघात पु¥याएको थियो र यस प्रहारबाट यो फेरि ठीक हुन सक्तैनथ्यो र भएन । तर उपनिषदीय समाजका सामाजिक–धार्मिक बन्धनहरूलाई कमजोर बनाउने पर्याप्त सामथ्र्य बुद्धवादसित थियो तापनि, अशोकले निकै मिहिनेत गर्दागर्दै पनि यसले समाजलाई तलदेखि माथिसम्म बाँध्ने नयाँ सम्बन्धसूत्र सृजना गर्न सकेन । यस अतिरिक्त यो स्वयम् पनि विकृत भयो ।
के पनि हेक्का राख्न आवश्यक छ भने शक र कुषाणहरूको आक्रमण पर्सियाका राजा साइरस अर्थात् सिकन्दरका जस्ता थिएनन् । ती व्यावसायिक सिपाहीबाट निर्मित सेनाका आक्रमण थिएनन् । ती भारतमा विशाल, जनजातीय आप्रवासन थिए । यो सङ्घटना देशको जातीय संरचना र मगधकालमा राष्ट्रिय चरित्र ग्रहण गरेको चतुर्वर्ण्यमा गम्भीर किसिमले आघात पु¥याउने कारण बन्यो । यो भनेको स्मृतिहरूले ठुलो हौवा खडा गरेको र गीताले पनि सन्त्रासका साथ हेरेको वर्णसड्कर हो ।
यसलाई सामाजिक–धार्मिक विचारधारात्मक शून्य भनौं कि सामाजिक (आर्थिक र राजनीतिक होइन) अराजकता भनौं जे भने पनि मगधकालको अन्तपछि अनौठो एउटा ठुलो सामाजिक अन्तराल विकसित भयो । पुरानो ओइलाइसकेको थियो र नयाँले जन्म लिन बाँकी थियो । यतिखेरको सामाजिक विकासको चरणलाई ध्यान दिने हो भने नयाँ होइन, तर एकदमै पुनर्नवीकृत धर्मको आवश्यकता प्रस्ट रूपले देखिन्थ्यो ।
गीता, पुनर्नवीकृत धर्मको धर्मग्रन्थ
गीता यस धर्मको धर्मग्रन्थ थियो ।
यस धर्मले गुप्तकाल (सन् ३००–५००) मा आफ्नो विकासको पूर्णता हासिल ग¥यो । यो स्मृतिहरू, महाभारत, गीता (महाभारतको एउटा अंश भए तापनि यसको छुट्टै चर्चा हुन जरुरी छ) पुराणहरूमा आधारित र तीसितै गाँसिएको थियो । वास्तवमा गुप्तकालमै महाभारत र पुराणहरूले आफ्नो अन्तिम आकार र अन्तर्वस्तु ग्रहण गरेका थिए ।
यो धर्म नै हिन्दुवाद हो र त्यो हाम्रो अहिलेको समयसम्म प्रचलनमा छ ।३
गीताले के काम ग¥यो ?
असाध्यै महत्त्वको विषय नभए तापनि गीताका भक्तहरूमध्येका सबैले अभिव्यक्त गर्ने गरेको एउटा कुराबाट यहाँ छुटकारा पाउनु बेस हुन्छ ।
के गीताका श्रीकृष्ण वास्तविक ऐतिहासिक व्यक्तित्व हुन् ?
निःसन्देह, उनी वास्तविक ऐतिहासिक व्यक्ति हुन सक्तैन थिए । किनभने पौराणिक श्रीकृष्णका अलौकिक कर्महरू– तिनमा केही प्रशंसा गर्न लायक पनि छन् तर अधिकांश त्यस्ता छैनन्– इश्वी सम्बत्को सुरुताका भारतमा अस्तित्वमा हुनै सक्तैनथे ।
तर यो कम महत्त्वको विषय हो । प्राचीन कालमा, सबैजसो देशहरूमा सामाजिक कल्पनाले समकालिन सामाजिक सङ्गठनका लागि त्यस्ता व्यक्तिहरूको आवश्यकता बोध गरेको खण्डमा खास व्यक्तित्वहरूलाई जन्माउने काम गर्दथ्यो ।
के साँच्चै इन्द्रको अस्तित्व थियो ? इन्द्रबिनाको ऋग्वैदिक समाज अकल्पनीय छ । र अहिले त ईसामसिहको ऐतिहासिकतासमेत विवादमा छ ।
जे होस्, गीताको बिगुल फुक्ने कोही थियो भने त्यो श्रीकृष्ण नै थिए । यो नै यस विषयको वैज्ञानिक उपचारका लागि पर्याप्त हुन सक्छ ।
गीताको अध्याय चार (श्लोक ७) मा श्रीकृष्णले घोषणा गरेका छन्–‘जहिलेजहिले धर्म मरणासन्न हुनेछ र अधर्मले टाउको उठाउनेछ म त्यतिखेर युगैपिच्छे प्रकट हुनेछु ।’ केका निम्ति ? ‘धर्मको पुनर्स्थापनाका लागि’ (iv.8) यहाँ व्यक्त सम्पूर्ण अहंकारसहित यस वक्तव्यले वास्तविक अवस्थालाई देखाएको छ । ‘अधर्मले आफ्नो टाउको उठाइरहेको’ भन्ने गीताका लेखकको मनमा जे थियो त्यो वास्तवमा चातुर्वर्ण्य सोपानक्रममा बुद्धवादले सृजना गरेको अन्यौल र शक–कुषाण आक्रमणहरूबाहेक अरू केही थिएन ।
विस्तारमा जानु अघि गीताको ऐतिहासिक उपलब्धिलाई अति सङ्क्षेपमा प्रस्तुत गरिएको छ :
उपनिषद्हरूको मूल स्थितिको रूपरेखाभित्र रहेर गीताले सम्पत्तिशाली शासक वर्गहरूको समकालीन व्यावहारिक तथा विचारधारात्मक आवश्यकतासित मिल्ने गरी थुप्रै परवर्ती परम्परा र दृष्टिकोणहरूलाई परिष्कार र संश्लेषण गर्ने काम ग¥यो ।
यस प्रयासका अनिवार्यतः दुई विशेषता छन् । एकातिर यसको निरन्तरता शासक वर्गको भौतिक र विचारधारात्मक आवश्यकतालाई सुरक्षित गर्नुमा रहेको छ भने अर्कातिर यसका असङ्गतिहरू विभिन्न परम्परा एवम् दृष्टिकोणहरूलाई बलपूर्वक संश्लेषणमा ल्याउने यसको प्रयत्नमा व्यक्त भएका छन् । यस्तो बलात् संश्लेषणलाई अलिकति पनि उपेक्षा गर्न सकिन्न ।
अब हामी गीताको ऐतिहासिक भूमिकाको यो सामान्यीकृत चरित्रचित्रणलाई विस्तार एवम् प्रदर्शन गर्नेछौं ।
गीताले सुस्पष्ट रूपले चातुर्वर्ण्य ईश्वरीय हो भन्ने मान्यतालाई, उपनिषदहरू : ब्रह्म, आत्मको आध्यात्मिक प्रत्ययवाद (आदर्शवाद)लाई पुनर्पुष्टि गर्दछ र मोक्ष प्राप्तिका लागि आत्म ब्रह्मसित विलीन हुनुपर्दछ भन्ने कुरालाई पुनः दाबी गर्दछ ।
‘चातुर्वर्ण्यको सृष्टि मबाट भएको हो’ (iv.13) र ‘म’को अर्थ व्यक्तीकृत ईश्वरको अवतार, श्रीकृष्ण हो । यस कारण, आधारभूत अवस्थितिका बारेमा कुनै पनि अर्थहीन कुरालाई सहन गरिँदैन । यसमा के मात्र परिवर्तन भएको छ भने चातुर्वण्र्य ब्रह्म, पुरुष, प्रजापति आदिबाट सृष्टि गरिनुको सट्टा अब मानव रूपको ईश्वरबाट सृष्टि भएको छ । यसका बारेमा हामी पछि छलफल गर्नेछौं ।
ब्राह्मणका पूज्य, पवित्र र ‘स्वाभाविक’ (स्वभावज) कर्तव्यहरू र समान किसिमले शासकका रूपमा क्षत्रियका शौर्यपूर्ण ‘स्वाभाविक’ कर्तव्यहरूका बारेमा अठारौं अध्यायमा प्रस्टसित किटान गरिएको छ ।
वैश्यहरूको ‘स्वाभाविक’ कर्तव्यहरूमा कृषि र पशुपालन पर्दछ । व्यापारलाई यसमै गाभिएको छ । उपनिषद्हरूसम्म व्यापारको कमै महत्त्व थियो ।
जे होस्, शुद्रहरूको ‘स्वाभाविक’ कर्तव्यहरूमा बारेमा गीताले अधिकतम र सर्वाधिक निर्दयी जोड दिएको छ ।
‘शुद्रको स्वाभाविक कार्य (कर्तव्य) सेवा गर्नु हो (xviii.44)’ ।४
यो अनिवार्य फैसला पर्याप्त नभएको जस्तो मानेर गीताले चातुर्वर्ण्यका दैवी नियमहरूले निर्धारित गरेका आआफ्ना कर्तव्यहरूको पालनाभन्दा उच्च कुरो अरू केही पनि छैन र तिनको उल्लङ्घनभन्दा अरू कुनै घृणित काम छैन भनेर पटकपटक दोहो¥याउने गर्दछ ।
‘स्वधर्मे निधनम् श्रेयः परधर्मो भयावहः’ आफ्नो धर्मको पालना गर्दागर्दै मर्नु श्रेयष्कर छ र अर्काको धर्म मान्नु त्रासपूर्ण छ भनेर सर्वोच्च देव श्रीकृष्ण धर्माधिकारीले जसरी कुरा गर्दछन् (III. 35, XVIII. 45, XVIII .47आदि) ।
वास्तवमा, यो यतिमा मात्र सीमित छैन, यसभन्दा अघि बढेर यसले के आदेश दिन्छ भने अज्ञानीहरूका मनमा आफ्ना कर्तव्यहरू पालना गर्ने कार्यमा अन्यौल र शड्का निर्माण गर्ने काम एकदमै हुनु हुँदैन (III. 24) । त्यस कारण, यदि तपाईंले शुद्रहरूलाई ‘उक्साउनु’ भयो भने नष्ट हुनु हुनेछ ।
यसरी बुद्धवादले जेजति सामाजिक ‘खुकुलोपन’ (अधर्म) निर्माण गरेको थियो र उत्तरमगधकालको जेजस्तो अशान्त अवस्था थियो त्यसमा पेच कस्ने काम गीताले ग¥यो ।
गीताका समर्थकहरूले के औँल्याउने गरेका छन् भने गीताका अनुसार व्यक्तिका गुण र कर्महरूअनुसार नै चातुर्वर्ण्यको निर्माण भएको थियो (IV. 13) । त्यसो हो भने पनि यो वर्ग विभाजित, शोषणकारी सामाजिक संरचना थियो । तर वास्तवमै यदि यो त्यस्तो थियो भने वर्ण र जाति जन्मद्वारा अलिकति पनि निर्धारित हुनु हुँदैनथ्यो । गीताले जसको मानसिकता र स्वभाव सेवक (नोकर) को छ त्यसलाई शुद्रका रूपमा व्यवहार गरिन्छ भनेको छैन । यसले प्रस्टसित के उल्लेख गरेको छ भने शुद्रहरूको नोकर–चाकरको ‘स्वाभाविक’ (प्रकृतिले नै) मानसिकता हुन्छ । यसरी सेवक बन्नुभन्दा अगावै कोही शुद्र बन्दछ । यसको अर्थ के हुन्छ भने शुद्रहरू जन्मले नै शुद्र भएका हुन् कुनै आधारभूत सेवकको विशेष गुण वा मानसिकताका कारणले होइन ।
शुद्रहरूमाथि दासताका साङ्लाहरूले कसेर मात्र नपुगेर गीताले सुरुदेखि अन्तसम्म तल्ला तहका मानिसहरू र महिलाहरूप्रति चर्को घृणा प्रदर्शन गर्दछ ।
महिला, वैश्य र शुद्रहरूलाई चाण्डालहरूसित एकसाथ राखिएको छ र यी पापबाट जन्मिएका हुन् (IX. 32) ।
अर्को कुरो, गीताले के भनेको छ भने कुनै व्यक्ति स्थितप्रज्ञको चरणमा पुगेको खण्डमा मात्र उ समदर्शी बन्दछ । अनि मात्र उसले विद्वान् ब्राह्मण, गाई, हात्ती, कुकुर र चाण्डाललाई बराबरीका रूपमा अर्थात् समान देख्तछ (V. 18) । यस कारण चाण्डाल, कुकुर र ब्राह्मणलाई समान रूपमा हेर्न सक्षम हुनका लागि कसैले पनि स्थितप्रज्ञको उदात्त चरणमा पुग्नुपर्ने हुन्छ । अनि सम्पूर्ण प्राचीन धर्मग्रन्थहरूलाई मान्ने हो भने लाखौं लाख व्यक्तिमा एकजनासित मात्र त्यो चरणमा पुग्ने क्षमता हुन्छ ।
यसको प्रस्ट कुरा के हो भने भौतिक जीवनको यथार्थमा उच्च तब्काले चाण्डाल र ब्राह्मणलाई मानवप्राणीका रूपमा समान तहको मान्यता दिँदैन । अर्को कुरो, चाण्डाललाई पनि कुकुरसँगै राखिएको छ । यसको अर्थ के हुन्छ भने लौकिक जीवनमा चाण्डाल र कुकुरलाई माथिल्लो तहले एउटै स्थितिको मान्दछ । पृथ्वीमा विष्णुको अवतार मानिएका महान् भगवान् श्रीकृष्णको आदेश यस्तो छ ! यसको के आलोचना गर्नु ?
यी सब कुरा भए तापनि तथ्य के हो भने उपनिषद्हरूको समय र गीताको समय एउटै थिएन । यी दुइका बीचमा आठ वा नौ शताब्दीको फरक छ र लाखौंलाख टन पानी गङ्गामा बगिसकेको छ । यस बीचमा बुद्धवाद र अझ त्यसभन्दा पनि बढी आमूल परिवर्तनकारी सम्प्रदायहरूले तल्ला तब्काका जनताका आवाजलाई वाणी दिएका थिए र अहिंसा, करुणा र तल्ला तहका जनताप्रति माया आदिको पक्षपोषण गरेका थिए । यसको प्रभावस्वरूप अहिंसा परमो धर्मः, दया हि परमो धर्मः का नाराहरू आमजनतामा लोकप्रिय भए र तिनलाई सजिलै निमिट्यान्न पार्न सकिन्नथ्यो । ‘बुद्धिमत्तापूर्ण व्यवस्थापन’ (निश्चय नै धनी तथा शक्तिशालीहरूको हितअनुसार) अपरिहार्य बन्न पुग्यो ।
यस कारण, महिला, वैश्य र शुद्रहरूलाई पाप योनि (पापबाट जन्मिएका) भनेर एकै ठाउँमा राखे तापनि उनीहरूका लागि गीताले मोक्षको ढोका खोलिदियो (IX. 32) ।
उपनिषद्हरूले मोक्षबाट उनीहरूलाई निषेध गरेका थिए । यसको अपवाद थियो, तर त्यसले पनि आमनियमलाई नै पुष्टि गर्दथ्यो । उपनिषदीय आत्मिक पाण्डित्यका महान् प्राधिकार याज्ञवल्क्यले उनीहरूलाई मोक्षबाट निषेध गरेका थिए भने बुद्धवादले त्यस पाण्डित्यमाथि ठुलो प्रहार गरेपछि गीताले चाहिँ यसलाई अस्वीकार गर्न सकेन । जे भए पनि, गीताका लेखकले दयामायाले होइन ‘समझदारी’का साथ यसलाई मान्यता दिए ।
अर्को कुरो यसभन्दा पनि बढी महत्त्वपूर्ण र चाखलाग्दो छ । मोक्षको ढोका तल्ला तहका समुदाय र महिलाका लागि खोलिएको त थियो, तर उनीहरूले यसभित्र छिर्ने कसरी ?
उपनिषद्हरूले वकालत गरेको एउटै मात्र बाटो तपस्या र ध्यानको बाटो हो, जसलाई आडम्बरपूर्ण किसिमले ज्ञानमार्ग भनिएको छ । तर आत्म र ब्रहमको नीरस तथा रहस्यवादी बकवास निम्न तहका जनताका लागि एकदमै अबोध्य थियो । त्यो ब्राह्मण र क्षत्रियहरूको एकाधिकार थियो । यसका अतिरिक्त, यी माथिल्लो तहका मानिसहरूलाई आफ्नो अस्तित्व र सुखसुविधाका लागि वैश्य तथा शुद्रहरूको ढाड भाँच्ने श्रम आवश्यक थियो । यस कारण, कसले तल्ला तहका जनलाई जङ्गलहरूमा सेवा निवृत्तिको आनन्द लिन र ध्यान गर्न जाने अनुमति दिन्थ्यो ? त्यसले त माथिल्ला तहका मानिसहरूलाई तिनको सुखसुविधा र आरामको आर्थिक आधारबाट नै वञ्चित गर्दथ्यो ।
यसको बाटो पनि निकाल्नैपर्ने थियो । र त्यो बाटो भक्ति भयो । भक्तिका जराहरू पछिल्लो कालको बुद्धवादसम्म गाडिएका थिए तापनि यसको पूर्णतः विकसित सिद्धान्त र व्यवहार गीताकै योगदान हो ।
भक्तिको अर्थ ईश्वरका अघि बिनासर्त प्रेम तथा निष्ठाका साथ आफुलाई समर्पण गर्नु हो । यसका लागि न तपस्या, न ध्यान न आत्म तथा ब्रह्मसम्बन्धी गुह्य रहस्यहरूको अन्तर्दृष्टि आवश्यक हुन्छ । पावन श्रद्धाका साथ ईश्वरलाई चढाएको एउटा पात, एउटा फूल, एउटा फल वा शुद्ध पानी जेसुकैले पनि आफ्नो काम फत्ते गर्दछ (IX. 26) । बाह्रौं अध्यायको पा“चौं श्लोकले सङ्कोच नगरी के भन्दछ भने भक्तिको सजिलो मार्ग विशेषतः अज्ञानी तथा साधारण गाउँलेहरूका लागि हो ।
यसरी समस्याको समाधान गरिएको थियो । निम्न वर्गका मानिस तथा महिलाहरूलाई शोषक वर्गको आर्थिक एवम् राजनीतिक पवित्रताको वातावरण प्रदान गर्ने आध्यात्मिक–बौद्धिक रक्षास्थानबाट बाहिर राख र उनीहरूका लागि मोक्षको ढोका पनि खुला राख । कस्तो उत्तम समाधान ! …….
हामी अघि बढौं । गरिब र अज्ञानीहरूले अबोधगम्य अमूर्तन, दुर्ग्राह्य शक्तिको पूजा र प्रार्थना गर्न सक्तैनन् । त्यस शक्तिलाई आँखाले देख्न सकिन्न, हातले छुन सकिन्न, कानले सुन्न सकिन्न र दिमागले सोच्न पनि सकिन्न । (यो कुनै व्यङ्ग्यात्मक टिप्पणी होइन । उपनिषद्हरूका थुप्रै ठाउँमा आत्म र ब्रह्मका बारेमा सङ्क्षिप्तमा यसरी नै व्याख्या गरिएको छ । हेर्नुहोस् प्रख्यात अंश ‘नेति नेति’ ।)
पुजा गर्न र खुसी पार्न ‘जनसाधारण’का लागि प्रस्ट तथा वास्तविक मानव ईश्वरको आवश्यकता पर्दछ । र यसको अर्थ वैयक्तीकृत मानव ईश्वर हुन्छ ।
यस ‘साधन’का लागि पनि पछिल्लो कालखण्डको बुद्धवादले बाटो बनाइदिएको थियो । बुद्धले बुद्धत्व प्राप्त गर्नु अघि थुप्रै जीवन गुजार्नुपरेको थियो । अनि किन सर्वोच्च शक्तिले पृथ्वीमा कहिलेकाहीँ मानवीय रूपमा अवतारका रूपमा न उत्रनु ? र भागवत् गीताको उपाय पनि यही नै हो ।
यसले बुद्धम् शरणम् गच्छामिबाट शरणम् गच्छामि लियो र बुद्धका ठाउँमा श्री कृष्णलाई स्थापित ग¥यो । गीतामा एउटा आदेश घिनलाग्दो स्थिति बन्ने गरी बारम्बार दोहो¥याइएको छ : मामेकं शरणं ब्रज । ‘म एक्लैको शरण पर’, ‘अरू सब देवतालाई छाड र ममा आत्मसमर्पण गर’, ‘मेरा भक्तहरू कहिल्यै नाश हुने छैनन्’, ‘म ब्रह्माण्ड हुँ, म परमाणु हुँ, म सबथोक हुँ’ !
यसरी मूर्त वा गोचर ईश्वरको निर्माण भयो । यसको पूजाआजाका लागि श्रद्धापूर्ण निष्ठा र समर्पणभन्दा अरू केही चाहिँदैन ।
मुख्य, बुद्धवादभन्दा अघिका उपनिषद्हरूमा यस खालका कुनै पनि कुरालाई स्थान दिइएको छैन । हिन्दूवाद लचिलो छैन त ? के यसले सधैं नयाँ विचारहरू ‘आत्मसात्’ गर्दैन ? र पनि ‘उस्तै रहँदैन त ?’
गीतामा अहिंसा, करुणा, दया आदिका बारेमा अति प्रशंसापूर्ण सन्दर्भहरू पाइन्छन् । प्रस्ट रूपमा यी बुद्धवादी परम्पराबाट आएका हुन्, उपनिषद्को परम्पराबाट होइन । (१९)
दर्शनशास्त्रको क्षेत्रमा गीताले साङ्ख्य, योग र वेदान्त (अर्थात् उपनिषदीय प्रत्ययवाद) लाई मिलाउन मिहिनेत गरेको छ । त्यसमा यस्ता वाक्यहरू पाइन्छन् : ‘तपाईं जे गर्नु हुन्छ त्यसलाई प्रकृतिले निर्धारण गर्दछ’ (XVIII. 59) । वास्तवमा, भगवान् श्री कृष्ण के पनि दाबी गर्छन् भने ‘पूर्णता प्राप्त गरेका मध्येको म कपिल मुनि हुँ’ (X. 26) । हामीलाई थाहा नै छ कपिललाई साङ्ख्य दर्शनका प्रतिपादक मानिन्छ ।
यस अवस्थालाई सम्पूर्ण मानवकार्यहरूलाई सञ्चालन र निर्देशन गर्ने सिद्धान्तसित र परम, निरपेक्ष, अज्ञेय, निराकारजस्ता चल्दै आएको वेदान्तको सूत्रसित कसरी मिलाइएको छ त ? एकदम सजिलो उत्तर छ । श्री कृष्णको दृष्टिकोण के छ भने हरेक सत्य त्यसको आफ्नै स्तरमा मात्र साँचो हुन्छ, तर वेदान्तको स्तर उच्चतम भएको हुँदा अरू सबै सत्यहरू यसकै अधीनस्थ हुन्छन् ।
यसरी गीताले वेदान्तका आधारभूत दार्शनिक प्रस्थापनाहरूको अडान लिएको छ, तिनको परित्याग गरेको छैन । यसको प्रयास वृत्तलाई आयाताकार दिनु, अरू दार्शनिक सिद्धान्तहरूलाई निचोरेर वेदान्तमा ल्याउनु थियो (निश्चित रूपले निन्दित लोकायतलाई छाडेर) ।
यहाँनिर एउटा कुराको उल्लेख गर्नु रोचक होला जस्तो लागेको छ । यसलाई गीताको विश्वसनीय विशेषता पनि भन्न सकिन्छ (विरोधीलाई उसको ऋण चुक्ता गर्ने अवसर पनि दिउँ न ) ।
गीताको भाषा एकसाथ काव्यात्मक, सरल र सुस्पष्ट छ । यो सूक्तिपूर्णसमेत छ । जसले गीतालाई बुझेका छन् उनीहरूले यसको प्राञ्जल सूक्तिहरूलाई कहिल्यै बिर्सने छैनन्, तिनले पाठकलाई आफ्नो पकडमा लिन्छन् । आत्माको देहान्तरण (पुनर्जन्म) को सिद्धान्तका बारेमा क्षमतावान् व्यक्तिहरूले निकै मिहिनेत गरेका थिए र यसको व्याख्या गर्न सक्षम मस्तिष्क भएकाहरूले गीताभन्दा अघि पनि निकै पसिना बगाएका थिए । कुनै व्यक्तिको मृत्युपछि उसको अदृश्य आत्मा कसरी जन्मदै नजन्मिएको अर्को मानिसको शरीरमा प्रवेश गर्दछ ? गीताका अनुसार एकदम सजिलो छ । ‘जसरी कुनै मान्छेले थोत्रा लुगा फुकालेर नयाँ लुगा लगाउँछ -II. 22_ ! यसले तपाईं हामीलाई चकित पार्दछ, पार्दैन त ? यतिखेर तपाईंको मन्दबुद्धिमा दैवी प्रकाश पर्न सकेन भने पक्का पनि तपाईं पटमूर्ख जस्तै वाल्ल पर्नु हुनेछ !
भक्तिको राजनीतिक भूमिका
दिवङ्गत प्राध्यापक कोशाम्बीले भक्तिको राजनीतिक भूमिकाका बारेमा प्रकाश पारेर गीतालाई बुझ्न योगदान दिएका छन् ।
हामीले व्याख्या गरेजस्तै गीता त्यस अवधिसित (अति लामो समय, निःसन्देह) सरोकार राख्तछ जतिखेर जनजातीय राज्यहरू र गणतन्त्रहरू समाप्त हुँदै थिए र प्रादेशिक राज्यहरू र साम्राज्यहरूले तिनको ठाउँ लिँदै थिए ।
हरेक राजनीतिक सत्ताका लागि आफ्ना नागरिकहरूबाट विश्वास प्राप्त गर्न विचारधारात्मक–आत्मिक आधारको आवश्यकता पर्दछ । राजनीतिक सत्ताको अन्तिम मन्जुरी त बल नै हो । तर ‘कानुन व्यवस्था’ लागु गर्न यो मात्र पर्याप्त भने हुँदैन । सरकारको कार्यसम्पादन सामान्य रूपले हुनका लागि जनताले सरकारलाई स्वेच्छाले स्वीकार गरेको हुनुपर्दछ । र यसले राज्यसित केही आमरूपले स्वीकारेका वफादारी वा निष्ठाका धारणाहरूको माग गर्दछ ।
जनजातीय राज्यहरूमा जातिभित्रका गोत्रहरूका बीचको रक्तसम्बन्ध त्यस्तो बन्धन थियो जसले राजाप्रति एकता र निष्ठाको आधार प्रदान गर्दथ्यो ।
प्रादेशिक राज्यहरूमा यसको स्थान केले लियो त ? राजालाई ईश्वरको प्रतिनिधिका रूपमा मान्ने (युरोपमा) र ईश्वरको एक तत्त्वका रूपमा लिने (भारतमा) धारणाले लियो । यो नै राज्यसत्ताका लागि निष्ठा र आज्ञाकारिताको नयाँ आधार बन्यो ।
यसलाई अझ मजबुत बनाउने काम गुप्तकालमा गीताभन्दा झन्डै दुइ शताब्दीपछि भारतमा सामन्तवादको विकासले ग¥यो । हामी त्यसबारेमा पछि कुरा गर्नेछौं ।
के कुरामा अलिकति पनि शड्का छैन भने गीताको ईश्वरप्रतिको भक्तिले भारतीय सामन्तवादमा ईश्वरीय तत्त्वका रूपमा राजाप्रतिको स्वामिभक्तिलाई निश्चित रूपले असाध्यै दरिलो बनायो । यसले गुप्तहरूलाई सहयोग पु¥याएकोमा आश्चर्य मान्नुपर्दैन । उनीहरूले आफ्ना प्रजाको राजतन्त्रप्रति रहेको निष्ठालाई मजबुत पार्न पुराणहरूलाई पुनर्सम्पादनसमेत गरेका थिए ।
यसरी ईश्वरभक्तिले राजभक्तिलाई दरिलो बनायो र राजभक्तिले ईश्वरभक्तिलाई मजबुत पा¥यो र यी दुवैले शासकीय सम्पत्तिशाली वर्गहरूको उत्पीडित जनतामाथिको लौकिक र आत्मिक सत्तालाई सुदृढ बनाउन सहयोग गरे । कस्तो आनन्ददायक समाधान !
जनजातीय राज्यका विरुद्ध प्रादेशिक राज्य
यसले हामीलाई यथार्थमा केन्द्रीय मुद्दामा, भावगत् गीताको केन्द्रीय विषयमा ल्याउँछ ।
गीता श्रीकृष्ण र अर्जुनका बीचको संवादका रूपमा प्रख्यात छ । पाण्डवका पाँच भाइहरूमध्ये सर्वाधिक तेजश्वी योद्धा अर्जुनले आफ्ना निकटका बान्धव कौरवलाई युद्धका निम्ति तयार भएर उनका सामु परेको अवस्थामा भारतको महाकाव्यात्मक महायुद्धमा मार्न अस्वीकार गरे ।५
यथार्थमा यस बहसको अर्थ के हो ? यो केका बारेको बहस हो ?
सामान्यतया के विश्वास गरिन्छ भने यो हिंसा र अहिंसाका विषयमा रहेको भिन्न मत हो । अर्जुन आफ्ना बन्धुबान्धवहरूको हत्या गर्न चाहँदैनथे भने श्रीकृष्ण तिनको हत्या हुनैपर्छ भन्ने अडानमा थिए । तर यसरी हेर्नु विषयलाई अतिसरलीकरण गर्नु हो ।
सामान्यतया, अमूर्तनमा गीता हिंसा र अहिंसाका प्रश्नमाथिको संवाद होइन । श्रीकृष्ण आफैंले पनि अहिंसाको उच्च सिद्धान्तप्रति गीताका तीन वा चार ठाउँमा सम्मानभाव व्यक्त गरेका छन् ।
यो संवाद हिंसा विपरीत अहिंसाको विशिष्ट प्रश्नका बारेमा थियो र यस विषयले ठुलो ऐतिहासिक महत्त्व राख्तथ्यो ।
गीताको प्रारम्भकै अध्यायमा अर्जुन आफ्ना धनुष र वाणहरू भुइँमा राख्तछन् र युद्ध गर्न अस्वीकार गर्दछन् । उनले त्यहाँ भनेको कुरा यस्तो थियो : ‘म आफ्ना सामु दाजुभाइहरू, भतिजाहरू, काकाहरू, गुरुहरू र सब नातेदारहरू देख्तछु । यिनीहरूलाई मार्नु भनेको कुलको विनाश गर्नु हो । यस्तो विनाशको अर्थ प्राचीन कुलधर्मको समाप्ति हो । यो अपराध जसले गर्दछ ऊ नरकमा पर्दछ (I. 39, 40, 44) ।
यो प्रस्ट ऐतिहासिक प्रश्न हो । जनजातीय समाजमा युद्ध र हिंसा भैरहन्थ्यो । तर त्यो भिन्नभिन्न जातिहरूमा हुने गर्दथ्यो, रक्तसम्बन्धमा गाँसिएका जातिहरू बीच हुँदैनथ्यो । जनजातिका समाजमा आफ्नै जातिको सदस्यका विरुद्ध अर्थात् र रक्तसम्बन्धको परिधिभित्र हिंसा अज्ञात थियो । यस्तो पटक्कै हुँदैनथ्यो । यस्तो हिंसाले कुलधर्मको पवित्र सिद्धान्तको उल्लङ्घन गर्दथ्यो र जस्तोसुकै कारण भए पनि यसको अनुमति थिएन । वास्तवमा जनजातीय रीतिरिवाज र परम्परा (नियम, कानुन) ले जातिको अर्को कुनै सदस्यलाई खतरा आइपरेमा उसको रक्षा एवम् समर्थन गर्नुलाई बाध्यकारी वा अनिवार्य बनाएको छ । एक सबका लागि र सब हरेकका लागि यो नै जनजातीय जीवन तथा समाजको आधारशिला थियो । यस्तो जघन्य पाप गर्ने जिम्मा आफ्नो काँधमा राखिदिएको कुराबाट अर्जुन किंकर्तव्यविमूढ हुनु र त्यो काम गर्न अस्वीकार गर्नु अनौठो कुरो थिएन । (२२)
हामीले यसअघि नै के उल्लेख गरिसकेका छौं भने जनजातीय विपरीत प्रादेशिक शक्तिको विषयले भारतीय इतिहासलाई शताब्दीयौंसम्म लखेटेको थियो । गुप्तकालमा अन्ततः प्रादेशिक सिद्धान्तको पक्ष स्थापित भएको थियो । भारतको ‘नेपोलियन’ समुद्र गुप्त पञ्जाब र राजपुतानाका थुप्रैथुप्रै जनजातीय राज्यहरूलाई ध्वंस गर्ने काममा प्रख्यात छन् । त्यहाँ जनजातिवाद गङ्गाको उपत्यकामा भन्दा लामो समयसम्म टिकेको थियो ।
गीतामा श्रीकृष्ण जनजातीय एकता र निष्ठाप्रति अझै पनि वफादार रहेका अर्जुनका विरुद्ध प्रादेशिक सिद्धान्तको समर्थक रहेका छन् । अन्ततः श्रीकृष्ण विजयी हुन्छन्, अर्जुन हार्छन् महाकाव्यात्मक संवादको महत्त्व यही हो ।
गीताका लेखकले कुरु क्षेत्रको युद्धको हजारौं वर्षपछि लेखिएको किताबमा महाभारतमा प्रक्षेपण गरेको स्वैरकाल्पनिक संवादलाई किन चयन गरेका हुन् भनेर व्याख्या गर्न कठिन छैन ।
पूज्य एवम् पवित्र विगतसित जोडिएका सिद्धान्त र नियमहरूले जनताका मनहरूलाई ठुलो प्रभाव पार्दछन्, आजको विज्ञान तथा तर्कबुद्धिवादको युगमा समेत । प्रस्ट छ गीता लेखिँदाको दुई हजार वर्षअघिको समयमा यस्तो अझ बढी हुन्थ्यो । समकालीन राजनीतिका लागि आवश्यक हुने सिद्धान्तलाई पवित्र र यसरी अति प्राचीनतासित जोडेर प्राधिकारपूर्ण बनाउनुपर्ने हुन्छ । यसले गीतामा घुसाइएका विश्वरूप दर्शन र अन्य चमत्कारको पनि व्याख्या गर्दछ ।