सादगीपूर्ण जीवनका कारण सम्मानित पूर्वभारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री भन्थे रे, ‘सिट् लाइट्, नट् टाइट् ।’ अर्थ पक्कै यही हो, कुर्सीमा आसक्ति नदेखाऊ । तर, ‘टाइट्’ क्रान्तिबाट आएका हाम्रा ‘टाइट्’ नेतालाई ‘लाइट्’ हुन कसरी मान्य हुन्छ ? ठूलो सोफामा अघिल्लो पंक्तिमा एक्लै बसेका हाम्रा प्रधानमन्त्री र अलि परै दोस्रो लहरका कुर्सीमा बसेका अरू नेताको एउटा तस्बिर अहिले चर्चामा […]
दृष्टिकोण
नेपालमा समाजवादको कन्तबिजोग
अहिले सबैभन्दा बढी सुनिने शब्द हो- समाजवाद र आर्थिक समृद्धि । नेपालको संविधानमा प्रस्तावनामै ‘समाजवाद उन्मुख’ लेखिए तापनि बास्तविकतामा नेपाल समाजवाद उन्मुख छ वा छैन भन्ने विषय एउटा अहं प्रश्न हो। यस लेखमा ब्यवहारिक रुपमा समाजवाद के हो ? छोटो चर्चा गर्नेछौ। सोभियत संघ र पूर्वी युरोपका पोल्यान्ड, बुल्गारिया, चेकोस्लोभाकिया, रोमानिया, युगोस्लाभिया र हंगेरीमा समाजवादी […]
ज्ञानेन्द्रमाथि आक्रमण हिटलरी शैलीको बर्बरता
अध्यारो सन्नाटामा कतै दुरदराजमा बत्ती बलिरहेको देखेपछि मानिसमा एउटा आस पलाउँछ कि त्यो बत्तीको प्रकाश यतासम्म आइपुग्ने छ । त्यही आशामा मानिस कही कही झुन्डिएको हुन्छ । यस्ता आशाका त्यान्द्राहरु समाजमा रहिरहेकै हुन्छन् । अहिले नेपाली समाजमा त्यसको प्रतिनिधित्व नागरिक समाज, कलाकार, पत्रकार र समाजसेवीले केही हदसम्म गरेका छन् । नागरिकको आशाको प्रतिनिधित्व अरुले गरेको […]
बौद्ध साँस्कृतिक केन्द्र र बुद्धजन्मस्थलका लागि चीन र नेपालसँग कठीन संघर्षमा भारत
भारतले हालका वर्षहरुमा बौद्धमार्गको पूनर्जिवितिकरण गर्ने महत्वकांक्षी योजना बनाएको छ । आफ्ना केही मजवुत र केही सामान्य शक्तिका साधन श्रोतहरुको साथमा, भारत बौद्ध साँस्कृतिक केन्द्रका लागि चीनसँग र जन्मभूमिका लागि नेपालसँग प्रतिस्पर्धा गरिरहेको छ । यो कुरा सन् २०११ म दिल्लीमा भएको विश्व वौद्धमार्गी सम्मेलन, २०१४ को सेप्टेम्वरमा सम्पन्न अन्तर्राष्ट्रिय वौद्धमार्गी सम्मेलन र २०१७ मार्चमा […]
समृद्ध नेपालको नारा, कबिल्ला राजाको कमिज र विषबृक्ष
कबिल्ला राजाकी छोरी थिइन् । आफ्नी एकमात्र सन्तान अत्यन्त रोगी भएका कारण राजा चिन्तित थिए । भएजति सबै उपाय लगाए, रोग बीसको उन्नाइस भएन । एक प्रख्यात ज्योतिषले राजकुमारी निको हुने सुझाउँदै राजालाई उपाय सिकाए– ‘लोभ नभएको मानिसले लगाएको थोत्रो कमिज लगाइदियो भने राजकुमारीको रोग निको हुन्छ । उनी स्वस्थ हुन्छिन् ।’ सन्तानका लागि सबै […]
स्वदेशमा पृथ्वीनारायणको शालिक उखेल्ने, चीन गएर माओको शालिक परिक्रमा गर्ने ढोङ्गीहरु
सन्दर्भ ६५ वर्षअघिको हो । बीपी कोइराला दुई तिहाई जनमत प्राप्त संसदका सर्वाधिक शक्तिशाली प्रधानमन्त्री थिए । चीनको निम्तामा कोइरालाको राजकीय भ्रमण तय भयो । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले प्रधानमन्त्री कोइरालालाई चीनमा उठाउने एजेण्डाको फेहरिस्त थमाए । कोइरालालाई नेहरुको शैली पचेन । उनले तत्काल प्रतिवाद गरे– ‘एउटा सार्वभौम मुलुकको प्रधानमन्त्रीले स्वतन्त्र मुलुकको सरकार प्रमुखसँग वार्ता […]
क्लेप्टोक्रेसी र फाटेको जालले छेकेको समाजवाद
बहसमा हामी समाजवाद उन्मुख गणतन्त्रात्मक मुलुकका नागरिक भनिन्छौ तर शासनको रुप र चरित्र हेर्दा भने क्लेप्टोक्रेसी अवस्थामा देखिन्छ । सुन्दर शब्दको नियति र सत्ताचरित्र नाप्ने औजार भनेको ह्वाँङह्वाङ्ती छ्याङ्छयाङ्ती देखिने सहजचेतले ठम्याउन सकिने परिणाम नै हुन् । विकीपिडिया अनुसार– डेमोक्रेसी, एरिष्टोक्रेसी, ब्यूरोक्रेसी भनेझै क्लेप्टोक्रेसी पनि एक शासन पद्धति हो । ग्रीक भाषामा kleptes भनेको Thief […]
जनयुद्धको भर्याङ, काशी पुग्न कुतीतिर हिडेका प्रचण्ड र बाटो भत्काएका बाबुराम
क्रान्ति उत्तर हैन प्रश्न हो –जाँन हालवे ‘जनयुद्ध’ का अगुवा अर्थात् प्रथम प्रहरमा मैले भेटेका प्रचण्ड (२०३७) र बाबुरामहरू (२०४७) अहिले जस्तै थिएनन्। शारीरिक आवरण एउटै भए पनि आदर्श, भूमिका, सपना र प्रतिबद्धता भने आकाश-जमिन झैं फरक थियो र छ। कुनै बेला समग्र पार्टीकै अभिभावक भएका उनीहरू कालान्तरमा आफ्नै निजत्व, परिवार र घेरामा कैद हुँदै […]
बुद्धलाई मार्न खोज्ने डाँकु अंगुलीमार र नेपाली राजनीति
गौतम बुद्धले छलकपट चोरीलाइ निरुत्साहित पार्ने ज्ञान बाँडेपछि एकदिन डाँकु अंगुलीमार गौतम बुद्धलाई मार्न आएछन् । चेलाहरुले बुद्धलाई खबर गरेछन, ‘तपाईंलाई मार्न भनेर एउटा डाँकु आएको छ के गरौ ?’ गौतम बुद्धले भनेछन, ‘म कहाँ पठाइदेउ ।’ डाँकु बुद्धको नजिकै पुगेछन । बुद्धले डाँकुलाइ सोधेछन, ‘किन आयौं ?’ डाँकुले उत्तर दिएछ, ‘म तपाईंलाई मार्न आएको […]
लालसेनाबाट लालगेडीमा झरेका मुखिया र हस्तिनापुरको लडाइ
भगवान श्रीकृष्णको छोरा साम्बप्रति युवतीहरु भुतुक्कै हुन्थे । तर उनको प्रेम भने परमशत्रु दुर्योधनकी छोरी लक्ष्मणसंग बस्यो । उनीहरु एक अर्काप्रति यति आशक्त कि संगै जिउने, मर्ने कसम खाएका थिए । यिनीहरुको प्रेमले पाण्डव र कौरव पक्षमा ठूलो हल्लीखल्ली मच्चियो । यदुवंशी खलकसंग छोरी लागेको दुर्योधनलाई सह्य थिएन । बाउहरुको जुँगा लडाईंले आफ्नो पवित्र प्रेम […]











