गौतम बुद्धले छलकपट चोरीलाइ निरुत्साहित पार्ने ज्ञान बाँडेपछि एकदिन डाँकु अंगुलीमार गौतम बुद्धलाई मार्न आएछन् । चेलाहरुले बुद्धलाई खबर गरेछन, ‘तपाईंलाई मार्न भनेर एउटा डाँकु आएको छ के गरौ ?’
गौतम बुद्धले भनेछन, ‘म कहाँ पठाइदेउ ।’ डाँकु बुद्धको नजिकै पुगेछन ।
बुद्धले डाँकुलाइ सोधेछन, ‘किन आयौं ?’
डाँकुले उत्तर दिएछ, ‘म तपाईंलाई मार्न आएको हुँ । किनकि मेरो चोरी खाने पेसा बन्द किन गरायौं ?’
गौतम बुद्धले मुस्कुराउँदै डाकुलाइ भनेछन, ‘त्यसो भए त्यो रुखको हाँगा भाँचेर ल्याइदेउ ।’ डाँकुले हाँगा भाँचेर गौतम बुद्धलाई दियो ।
फेरि गौतम बुद्धले डाँकुलाई भनेछन, ‘यो हाँगा लिएर जस्ताको तस्तै जोडिदेउ ।’
डाँकुले भनेछ, ‘त्यो असम्भव कुरा हो म त्यो गर्न सक्तिन ।’
गौतम बुद्धले फेरि हास्दै भनेछन, ‘हो, जुन काम तिमीले गर्न सक्तैनौ, त्यो काम तिमीलाइ गर्ने अधिकार छैन ।“ त्यसपछि आफ्नो चोर्ने पेसा छोडेर डाँकु गंगुलीमार गौतम बुद्धको पाउमा परेर चेलाहरुसँगै ज्ञान सिक्न बुद्धको चेला बनेछ ।
राजनीति सिद्धान्त र नेपाली मौलिकता
जहाँ घर मुन्तिर सहर मास्तिर सेताम्य दुधका धारा झैँ अनगिन्ती छहरा छाँगा नदीनाला बगिरहेका छन । हाम्रा देशका खेर बगिरहेको दुधका धाराहरुका एकएक थोपाहरु सिन्चित उपयोग गरेर छिमेकी देशले झलमल्ल बिजुली बालेर अध्यारो गाउँ शहर उज्यालो बनाउँछ ।
यहाँ सुख्खा जमिनमा बगिरहेको दुधका धाराहरुको सदुपयोग कसैले गर्दैनन । त्यसलाइ सिचाइमा प्रयाेग गरी कृषिको औद्योगिककरण गर्न साेच्दैनन । लाखौं युवाहरूलाई रोजगार र उद्ममशील र देशको लागि केही गर्ने बनाउँदैनन । अह ! हाम्रो जस्तो जलस्रोतको धनी देशको सत्ताको स्टेरिङ समातेर बस्ने शासकहरुले औँसी र पूर्णिमाको चौपट गोधुली सन्ध्यामा निभ्न थालेको दियोमा तेल थप्ने वास्ता समेत गरेनन ।
कस्तो दुर्भाग्य नेपाल आमाको आर्जन गरेको जल, जमीन, जडिबुटी माथि सौदावाजी गरेर गौतम बुद्धको नेत्रका रेटिना अगाडि कसाई र बुचरको तरबार तिखारेर मानव आस्थाको दिगो स्तम्भको एकताले डोरीलाई काटेर फाल्ने कुचेष्ठा गरिदैछ । यो कस्तो राजनीति चिन्तनको विकास भयो ?
नेपाली आमाको काखमा हामीलाइ बुझ्न् गार्हो भयो । संसारका हिंस्रक चिन्तन भएका मनुष्य चिन्तनमाथि शान्ति र अहिंशाको ज्ञान् बाँडन सफल गौतम बुद्धको हाम्रो जस्तो देशमा मानव अधिकारको ज्ञान् सिकाउन र अर्कोतिर हतियारको ब्यापार बोकेर बैरीहरु हाम्री आमाको छातीमा नाचिरहँदासम्म अनबिज्ञ रहने शासकहरु प्रभुकै आशिर्वादको भरोसामा हामी तीन करोड नेपालीलाई मूर्ख बनाउन लागि परेका छन ।
खासखास समयमा नेपालकाे राजनीति अस्थिरता र हिंसाको शिकार बन्दै आएको छ । नेपाली भू-राजनिती र अर्थनीतिमा ब्याप्त असन्तुष्टि र चरम महंङ्गीको चपेटामा परिरहेको हुन्छ । तर, हामीहरु उत्ताउलो समृद्धिको भजन जपेर कंगाल भएको पत्तै पाएका छैनौ । आखिर हाम्रो राष्ट्रमा सुख शान्ति र समृद्धिको कुनै सम्भावना नै नभएर हो त ? संभावना अथाह छ त्यो नहुनुको मूल समस्या के हो ? समस्या समाधानको बाटो के हो ? बुझ्न जरुरी छ ।
समृद्धिका सुनौलो संभावना
संसारका ९५% देशहरूको दाँजोमा नेपाल प्राकृतिक दृष्टिले विकास र समृद्धिको एक नम्बरमा छ । नेपालका नदीनालालाई मात्र समुचित प्रयोग गर्ने हो भने विद्युतको आम्दानीको माध्यमले मात्रै प्रत्येक नेपालीलाई दैनिक २ डलर आम्दानी कामै नगरी बसेर नै हुने देखिन्छ ।
त्यस्तै राष्ट्रको सम्पूर्ण खेतीयाेग्य जमीनलाई कृषि उत्पादनका लागि प्रयोगमा ल्याएर कृषिलाई औद्योगिककरण गर्न सक्ने हो भने खाद्यवस्तु रहेकाे परनिर्भरता सजिलै समाधान हुन्छ । त्यति मात्र नभई त्यसरी आत्मनिर्भर बन्न सक्ने हो भने पाँच बर्षमा नेपाल एशियाली मुलुकहरूलाई उछिनेर अगाडि बढने संभावना छ ।
प्राकृतिक श्रोत साधन र जडिबुटीलाई राष्ट्रिय स्तरमै प्रशाेधन गर्नसके एक घर अनेक रोजगार स्वदेशमा नै सिर्जना हुनसक्ने सुनौलो सम्भावना छ । नेपालमा यतिमात्र गर्न सक्ने हो भने वैदेशिक रोजगार शुन्यमा झार्न सकिन्छ । हरेक नेपाली आफ्नै भूमिमा पसिना मात्र बगाउँदैनन राष्ट्रलाई विश्वव्यापी सुखी समृद्धि समुन्नत राष्ट्रहरुको नमूना नै बनाउने सुनौलो संभावना छ ।
राजनीतिक अस्थिरता र समृद्धिको मूल समस्या के ?
सामाजिक विकास, शिक्षा, स्वास्थ, गास, बास, कपास र रोजगार यी सबै कुरा परिवर्तनको मूल हतियार भनेकाे राजनीति नै हो । राजनीतिक शक्ति, सिद्धान्त र संगठन बाहिरी रङ्गमन्चको प्रभावबाट स्वतन्त्र स्वच्छ हुन जरुरी हुन्छ । हरेक व्यक्ति राष्ट्रिय समस्याको जानकार हुनुपर्छ ।
साथमा आफू निकटका छिमेकी राष्ट्रसँग सुमधुर कुटनैतिक सम्बन्ध बनाउनु जरुरी हुन्छ । छिमेकी राष्ट्रको विकाससँग जोडिएको अर्थब्यवस्थाबाट लाभ लिन नसक्ने हाे र छिमेकी हीत विपरित कुनै तेस्रो शक्तिसँग राजनीतिक आर्थिक साझेदारी गरियाे भने विकास उन्मुख राष्ट्रहरु अस्थिरताको दिशामा जानसक्छन ।
हाम्रो देशको विदेश नीति र अार्थिक नीति पनि त्यसको नराम्ररी शिकार बनेको छ । एशियाली मुलुकमा नेपाल आफैमा भू-राजनीति अर्थ राजनीतिको हिसाबले त्रिकोनात्मक शक्ति संघर्षको अथाह पीडामा फसेको छ । चिनको शक्ति उदयले पश्चिमा मुलुकलाई चित्त बुझेकाे छैन नै । अर्काेतिर चिनको उदयलाई कसरी रोक्ने भन्ने पश्चिमा राजनीतिक रणनीति अनुसार एशियाली मुलुकको मेन ककफिटको रूपमा नेपाल रहेको छ । पश्चिमाहरुको युद्ध अनुमानलाई हाम्रा नेपाली राजनीतिक नेतृत्वले बुझ्न नसक्नु नै मूल समस्या बनेको छ ।
त्यसको प्रतिफल विभिन्न रूपमा देखिएका राजनीतिक दुश्चक्रको सामना गर्नुपर्ने बाध्यता छ । नेपाललाई युद्धको रणमैदान बनाउने असफल राष्ट्रमा परिणत गराउने र बहुराष्ट्रिय सेनाको नाममा आफ्नो सैनिक उपस्थिति जनाउने साम्राज्यवादी युद्ध रणनीतिकाे चाललाई अब पनि नेपाली राजनीतिक नेतृत्वले बुझ्न नसक्ने हो भने नेपालमा देखिएको राजनीतिक अस्थिरता, अशान्ति र सामाजिक अंतरर्विरोध चुलिने पक्का छ । त्यसको असरले भौगोलिक तथा क्षेत्रीय बिखण्डनको बाटोमा नेपाली राजनीति जाने पक्का छ ।
वर्तमान नेपालको संविधान पूर्णरुपमा पश्चिमाहरुको ग्राइन्डडिजायनमा बनेकाे छ । यसलाइृ बदल्नु पर्दछ । नेपाली माैलिक जगमा निर्माण हुने र नेपाल र नेपालीको हित गर्ने संविधान जरुरी छ ।
समाधानको उत्तम उपाय के ?
हरेक राजनीतिक पार्टीले अाफ्ना घोषणापत्र अाफ्नै माैलिकतामा बनाए पनि सरकारमा पुगेपछि पूर्ण रूपमा विदेशी शक्ति राष्ट्रको हित अनुकूल काम गर्दै अाएका छन् । जसले नेपालकाे राजनीतिक अस्थिरता, गरिबी, अभाव, निम्तिएर लामो समयसम्म नेपाली जनताले पटकपटक बलिदान गर्नुपर्ने बाध्यता सिर्जना भएको हो ।
अझै पनि राष्ट्र र जनताले राज्यसत्ताको लागि नभएर राज्य ब्यवस्था परिवर्तनको लागि एकपटक अन्तिम लडाई नलड्नुकाे विकल्पै देखिदैन । अबको लडाई स्वाभिमान, स्वतन्त्रता, भ्रष्टाचार, बेथीति र दलाल खुफिया प्रवृत्तिका विरुद्ध हुनु जरुरी छ । त्यसबाट जनताको जनवादी गणतन्त्र स्थापना र सर्बहारा वर्गको साझा अधिनायकत्व लागु गरिनु अनिवार्य जरुरी छ ।
भ्रष्टाचार बिरोधी आन्दोलन खासगरी २०४७ सालदेखि अहिलेसम्मका स्थानीय कथित जनप्रतिनिधिहरुले शिक्षा, स्वास्थ, वन, यातायात, बिद्युत, उर्जा, कृषि, उद्योग, अादि क्षेत्रमा गरेका भ्रष्टाचारको तथ्याङ्क भण्डाफाेर गरिनुपर्छ । २०४७ सालदेखि अहिलेसम्मकै पूर्ब विशिष्ट मन्त्री प्रधानमन्त्री सांसद कर्मचारी तथा एनजीओ, आइएनजिओले गरेका भ्रष्टाचार, काेही मरिसकेकाे भए पनि उनीहरुका तीन पुस्ता समेतलाई कानुनी दायरामा ल्याइनुपर्छ । भ्रष्टाचार गरेर अार्जन गरेको सम्पति राज्यले फिर्ता लिने र सम्पूर्ण भ्रष्टाचारको सम्पति राज्यले कब्जामा लिन सक्ने हो भने कुनै पनि धनी राष्ट्रका अगाडि सहयोग माग्न नेपाललाई हात थाप्नु जरुरत देखिदैन ।
शिक्षा, स्वास्थ, कृषि, उद्योग कलकारखाना र विकासमा लगानी मात्र गर्न सक्ने हो भने वैदेशिक रोजगारका लागि बिदेश पलायन भएकाे युवाशक्तिलाई स्वदेशमै रोजगारी सृजना गर्न सकिन्छ । दस बर्षभित्रैै नेपाललाई विश्वको एक नम्बर राष्ट्रको सूचीमा उकाल्न सकिने सजिलो उपाय हो ।
माथिका सबै समस्याको समाधान राजनीतिक तहबाट मात्र सम्भव छ । यति गर्न सके मात्र नेपाली जनताले चाहेको इच्छा अनुसारकाे देश विकास हुन्छ । राजनीतिक अस्थिरता, अशान्ति, सामाजिक बिभेद अादिको अन्त्यको सम्भावना छ । अनि मात्र हामी बुद्धका सन्तान हाै भनेर गर्वले छाती फुलाएर परिचय दिन सक्छौ । अन्यथा पुरानै परम्परा, संस्कार, शैली, साेच र उस्तै भावभङ्गीमा जाने हो भने बुद्धको अगाडि कसाइको राजनीतिको विजय हुने पक्का छ ।