गल्ति स्वीकार्दै धर्मसेनाले खोले विश्वकप फाइनलमा ५ को सट्टा ६ रन दिनुको कारण

विश्वकप फाइनल २०१९ मा इंग्ल्याण्ड विजयी हुँदा खेलको रोमान्चकता त चर्चामा थियो नै त्यस खेलमा घटेका घटनाहरु समेत मानसपटलमा जिवितै रहेको छ। सुपर ओभरमा पुगेको खेल पुनः बराबरी भए पछि इंग्ल्याण्डलाई खेलमा प्रहार गरेको बाउन्ड्री धेरै भएका कारण विजेता घोषणा गरिएको थियो। उक्त फाइनलमा एउटा यस्तो निर्णय अम्पायरबाट भएको थियो जुन गल्ति नभएको भए खेलको […]

पोखरामा राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिता हुने

कास्की, ६ साउन । पोखरामा यही साउन ७ देखि ९ गतेसम्म राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४१औँ स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी नेकपा कास्की तथा नेपाल राष्ट्रिय वाणिज्य सङ्घको आयोजनामा पोखरा–८ बगालेटोलस्थित सोंपाल समाज भवनमा ‘प्रथम पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता’ गर्न लागिएको सङ्घका अध्यक्ष सञ्जीबहादुर […]

गौतम बुद्ध रङ्गशाला निर्माणको काम पुनः शुरु हुने

चितवन, ६ साउन । राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा चासो र चर्चाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको रोकिएको निर्माणकार्य मङ्गलबारबाट शुरु गरिने भएको छ । यही जेठ १५ गते स्थानीयवासीले बाटो फराकिलो बनाउनुपर्ने भन्दै कच्चीबार भत्काएपछि काम रोकिएको थियो । सीताराम कट्टेल ध्रुर्मुश कुञ्जना घिमिरे सुन्तली फाउण्डेसनको अगुवाइमा भरतपुर महानगरपालिका–१५ रामपुरमा रङ्गशाला निर्माण थालिएको हो […]

टि-२० विश्वकप छनौट एसिया फाइनल सुरु, आयोजक सिंगापुरको विजयी सुरुवात

आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) सिंगापुरमा आज देखि सुरु भएको छ। उद्घाटन खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। आयोजक सिंगापुर सहित नेपाल, कतार, कुवेत र मलेसिया सहभागी प्रतियोगिताको विजेता टिम युएईमा अक्टोबर ११ देखि सुरु हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिनेछ। विजयी सुरुवात गर्ने क्रममा […]

गारेथ बेलले मड्रिड यहि सिजनबाट छाड्ने, जिदानले गरे पुष्टि

एजेन्सी । रियल मड्रिडले ग्यारेथ बेलका लागि राम्रो अफरको पर्खाइमा रहेको प्रशिक्षक जिनेदिन जिदानले पुष्टि गरेका छन् । आइतबार मड्रिडले इन्टरनेशनल च्याम्पियन्स कपमा बार्यन म्युनिखसँग खेल्दा पनि जिदानले बेललाई टिममा राखेनन् । बेल किन टिममा परेनन् भन्ने प्रश्नमा जिदानले उनी रियल मड्रिड छाड्ने संघारमा रहेको बताए । उनले भने, ‘आश छ उनले छिट्टै छाड्नेछन् र, […]

सनसनीपूर्ण खेलमा सेनेगललाई पराजित गर्दै अल्जेरियाले उचाल्यो अफ्रिका कप अफ नेसन्सको उपाधि

काठमाडौं, ४ साउन । कायरोमा शुक्रबार राति भएको सनसनीपूर्ण खेलमा अल्जेरियाले सेनेगललाई पराजित गर्दै अफ्रिका कप अफ नेसन्सको उपाधि जितेको छ । कायरोमा भएको फाइनल खेलमा अल्जेरियाले सेनेगललाई १–० गोलको अन्तर पराजित गर्यो । अफ्रिकन च्याम्पियन बनेपछि अल्जेरियामा ठूलो खुसीयाली मनाइएको छ । सेनेगलका एक खेलाडीको सानो गल्तीका कारण अल्जेरियाले खेलको सुरुमै गोल गर्यो । […]

नेपाल क्रिकेट सङ्घको निलम्बन यथावत्, जिम्बाबे क्रिकेट बोर्ड निलम्बन

३ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाल क्रिकेट सङ्घ (क्यान)को निलम्बन यथावत् नै राखेको छ । इङ्गल्याण्डको लण्डनमा बिहीबार बसेको आइसिसीको बोर्ड बैठकले क्यान निलम्बन फुकुवाका बारेमा कुनै छलफल गरेन । आइसिसीले क्यानमा सरकारी हस्तक्षेप बढेको भन्दै नेपाललाई विसं २०७३ वैशाख १३ गते निलम्बन गरेको थियो । त्यसयता बारम्बार फुकुवाको प्रयास भए […]

आयाक्सका डी लीट युभेन्टसमा अनुबन्धित

२ साउन,एजेन्सी । नेदरल्यान्ड्सका डिफेन्डर म्याथिस डी लीट इटालीको च्याम्पियन युभेन्टस फुटबल क्लबमा अनुबन्धित भएका छन् । क्लबका अनुसार आठ करोड ४२ लाख डलरमा उनी आयाक्सबाट युभेन्टसमा स्थानान्तरित हुन राजी भएका हुन् । उन्नाइस वर्षीय यी प्रतिभाशाली डच खेलाडीको करार अवधि पाँच वर्षको रहेको छ । युभेन्टसले जारी गरेको विज्ञप्तिमा डी लीटले करार रकमका अतिरिक्त […]

१०० रोपनी जग्गामा रङ्गशालाको डिपिआर तयार

दमौली, २ साउन । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा निर्माण गर्न लागिएको रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । नगरपालिकाले नगरको शानको रूपमा घोषणा गरेको रङ्गशालाको डिपिआर तयार भएको हो । ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालय वरपर रहेको जग्गालाई रङ्गशालाको रूपमा विकास गर्न लागिएको वडाध्यक्ष कृष्ण रेग्मीले जानकारी दिए । उनका अनुसार विद्यालयको नाममा रहेको […]

कीर्तिमानी मुल्यमा डिफेन्डर भित्रायो म्यानचेस्टर युनाइटेडले

एजेन्सी । म्यानचेस्टर युनाइटेडले कीर्तिमानी रकममा लेस्टर सिटीका स्टार ह्यारी मग्वाइरलाई आफ्नो क्लबमा अनुबन्धित गरेको छ । इङल्यान्डका खेलाडी मगुइरलाई युनाइटेडले कीर्तिमानी रकम ८० मिलियन पाउन्डमा अनुबन्धित गरेको हो । यो डिफेन्डरका लागि तिरिएको सर्वाधिक मूल्य हो । योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन पाउण्ड खर्च गरेको थियो । मग्वाइर म्यानचेस्टर सिटीसँगमा पनि […]