काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ मा बुधबार न्युजिल्याण्ड र श्रीलंका भिड्दैछन्। श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा बेलुकी सवा ७ बजे न्युजिल्याण्डले घरेलु टोलीसँग खेल्दैछ। सुपर-८ मा श्रीलंका र न्युजिल्याण्ड समूह ‘बी’ मा छ। दुवै टोलीलाई आजको खेल जित्ने पर्ने दबाब छ। सुपर-८ को पहिलो खेल वर्षाका कारण रद्द भएपछि न्युजिल्याण्डले पाकिस्तानसँग अंक बाँढेको थियो। […]
खेलकुद
ब्रिटिश गोर्खाली क्रिकेट लिगको टाइटल स्पोन्सर ब्रिज इन्टरनेशनल
काठमाडौँ । बेलायतको प्रतिष्ठित नेपाली क्रिकेट प्रतियोगिता ‘ब्रिटिश गोर्खाली क्रिकेट लिग’ (बीजीसीएल) को मुख्य प्रायोजक शैक्षिक परामर्श संस्था ‘ब्रिज इन्टरनेशनल’ बनेको छ । लन्डनस्थित लिटिल काठमाडौँमा आयोजित एक विशेष समारोहमा दुई संस्थाबीच यससम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौता हस्ताक्षर समारोहमा बेलायती क्रिकेट जगतका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति थियो । कार्यक्रमका प्रमुख अतिथि तथा नेशनल […]
सुपर-८ चरणको पहिलो खेलमा आज पाकिस्तान र न्युजिल्याण्ड भिड्दै
कोलम्बो । आज टी-२० विश्वकपको सुपर-८ चरणको पहिलो खेलमा पाकिस्तान र न्युजिल्याण्डबिच प्रतिस्पर्धा हुँदैछ। यो खेल कोलम्बोको आर प्रेमादासा स्टेडियममा साँझ ७ बजे सुरु हुनेछ। दुवै टोली समूह चरणमा आ-आफ्नो अन्तिम खेल जितेर यो चरणमा प्रवेश गरेका हुन्। समूह चरणमा दुवै टोलीले समान ३-३ खेल जितेर १-१ खेलमा हार बेहोरेका थिए। पाकिस्तानले नेदरल्यान्ड्स, अमेरिका र […]
टी-२० विश्वकपमा नेपालको आज अन्तिम खेल, प्रतिष्ठाका लागि स्कटल्याण्डसँग भिड्दै
काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ मा नेपालले आज अन्तिम खेल खेल्दै छ। समूह ‘सी’ मा रहेको नेपालले मंगलबार चौथो तथा अन्तिम खेलमा स्कटल्याण्डसँग प्रतिष्ठाका लागि खेल्न लागेको हो। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा मंगलबार बेलुकी सवा ७ बजे नेपाल र स्कटल्याण्ड भिड्नेछन्। अघिल्लो तीन वटै खेलमा नेपाल पराजित भएको थियो। पहिलो खेलमा इंग्ल्याण्डविरूद्ध उत्कृष्ट खेलेको नेपाल […]
इटालीको हारसंगै नेपालको समूहबाट सुपर-८ पुग्ने दुवै टोलीको टुंगो लाग्यो
काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत नेपाल रहेको समूह ‘सी’ बाट सुपर-८ मा पुग्ने दुवै टोलीको टुंगो लागेको छ। आज कोलकताको इडेन गार्डेनमा भएको खेलमा इटालीलाई २४ रनले पराजित गर्दै इंग्ल्यान्डले सुपर-८ मा स्थान सुरक्षित गरेसँगै समीकरण पूरा भएको हो। यसअघि यो समूहबाट आयोजक वेस्ट इन्डिज लगातार तीन खेल जित्दै सुपर-८ मा पुगिसकेको थियो। […]
एक साता लामो टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न
काठमाडौं । नेपालस्थित पाकिस्तानी राजदूतावासको आयोजनामा सञ्चालन भएको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । पाकिस्तान-नेपालमैत्री टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत ११औं संस्करणको फाइनल खेल तथा समापन समारोह आज आइतबार काठमाडौंमा सम्पन्न भएको हो । फेब्रुअरी ७ देखि १५ सम्म सञ्चालन भएको प्रतियोगितामा पाकिस्तान दूतावास टोलीसहित नेपालका विभिन्न क्लबका गरी १२ टोलीको सहभागिता रहेको थियो। सन् २०१४ […]
वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएसंगै टी–२० विश्वकपबाट बाहिरियो नेपाल
काठमाडौँ । टी–२० क्रिकेट विश्वकपमा नेपाल वेष्ट इन्डिजसँग ९ विकेटले पराजित भएको छ । आइतबार मुम्बइस्थित वानखेड स्टेडियममा नेपाललले दिएको १३४ रनको लक्ष्य वेष्ट इन्डिजले १५.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको हो । लगातार तेस्रो खेलमा पनि पराजित भएसँगै नेपाल बाहिरिएको छ। नेपाल स्कटल्यान्डसँगको समूह ‘सी’ को अन्तिम खेलअघि नै सुपर-८ मा नपुग्ने निश्चित […]
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य
काठमाडौँ । आइसिसी टी-२० विश्वकप २०२६ मा समूहको तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ। भारतको मुम्बईस्थित वानखेडे रंगशालामा टस जितेको वेस्ट इन्डिजले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १३३ रन बनायो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गर्दै नेपालालई आशा दिएका हुन्। अन्तिम ओभरमा आउट हुनुअघि उनले ५८ […]
टी-२० विश्वकप २०२६ : नेपालको लज्जास्पद हार, इटलीले हात पार्यो ऐतिहासिक जित
मुम्बई । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटलीसँग लज्जास्पद हार व्यहोरेको छ । एन्थोनी मोस्का र जस्टिम मोस्काले उत्कृष्ट ब्याटिङ गर्दै शतकिय साझेदारी गरेपछि नेपालले दिएको १२४ रनको लक्ष्य इटलीले १२.४ ओभरमा पूरा गरेको हो । टी-२० विश्वकपको नेपाल पहिलो पटक १० विकेटले पराजित भएको थियो । समूह सी मा नेपालको […]
खेल बहिष्कारको निर्णय फिर्ता, क्रिकेटप्रेमीले भारत–पाकिस्तान भिडन्त हेर्न पाउने
मुम्बई । आईसीसी टी–२० विश्वकपअन्तर्गत भारतविरुद्धको समूहचरणको खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णय अन्ततः फिर्ता भएको छ। भारत र श्रीलंकामा संयुक्त रूपमा जारी विश्वकपमा भारत र पाकिस्तान आगामी फेब्रुअरी १५ मा कोलम्बोमा आमनेसामने हुने भएका छन्। पाकिस्तान सरकारले सामाजिक सञ्जाल एक्समार्फत जारी वक्तव्यमा हालसम्म प्राप्त कूटनीतिक उपलब्धि र मित्र राष्ट्रहरूको आग्रहलाई ध्यानमा राख्दै भारतविरुद्ध खेल्न टोलीलाई […]











