अन्तत: मेस्सीले गरे बार्सिलोना छाड्ने निर्णय, क्लबलाइ पत्र पठाउँदै मागे ट्रान्सफर

काठमाडौं, १० भदौ । विश्वचर्चित खेलाडी लियोनल मेस्सीले बार्सिलाेना छाड्ने निर्णय गरेका छन। पछिल्लाे समय बार्सिलाेनामा व्यापक असन्तुष्टि जन्मिरहेका बेला मेस्सीले क्लब छाड्ने निर्णय गरेका हुन् । मेस्सीले आफ्नाे ट्रान्सफर मागेका छन । मेस्सीले मंगलबार क्लबलाई पत्र पठाउँदै आफ्नो क्लब छाड्ने रकममा काम गर्न अनुरोध गरेका हुन। पछिल्लाे समय च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बार्यन म्युनिखसँग ८-२ […]

सन्दिपको उत्कृष्ट बलिङले पनि जोगाएन जमैकाको हार

एजेन्सी । नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनका बाबजुद क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा जमैकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित बनेको हो । १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रनमात्र बनाउन सक्यो । […]

एपीएफका ३४ खेलाडीमा कोरोना संक्रमण

काठमाडौं, ५ भदौ । सशस्त्र प्रहरी बल (एपीएफ)का ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ । नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपीएफ स्रोतले जनाएको छ । सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दहचोकमा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई […]

बार्सिलोनामा प्रशिक्षकदेखि सहायक प्रशिक्षक सबै क्लबका पूर्व खेलाडी नियुक्त

म्याड्रिड । स्पेनिस क्लब बार्सिलाेनामा मुख्यप्रशिक्षकदेखि सहायक प्रशिक्षकमा क्लबकै पूर्व खेलाडी नियुक्त भएका छन् । लगातार खराब प्रदर्शनका कारण आलाेचित बनेकाे क्लबले अन्य पदहरुमा पनि परिवर्तन हुने चर्चा छ ।  पछिल्लाे समय बार्सिलोनाले सहायक प्रशिक्षकमा हेनरिक लार्सनलाइ नियुक्त गरेकाे छ । यसअघि मुख्य प्रशिक्षकमा रोनाल्ड कोएम्यान  नियुक्त भएका थिए । राेनाल्ड काेएम्यान नियुक्त भएकाे केही […]

रोनाल्ड बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड बन्ने पक्का

एजेन्सी । बार्सिलोनाको नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान बन्ने भएका छन् । बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउले कोएम्यान नै क्लबको नयाँ प्रशिक्षक बन्ने बताएका छन् । ५७ वर्षका कोएम्यान बार्सिलोनाका पूर्व खेलाडी पनि हुन् । उनले हाफ नेदरल्याण्डसको राष्ट्रिय टिमका प्रशिक्षक छन् । यो हप्ता भित्र उनलाई अनुबन्ध गर्ने प्रक्रिया पूरा हुने जनाइएको छ । मंगलबार […]

फिफाको महिला वरियतामा नेपाल ९९औँ स्थानमा

विश्व फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि परेको हो । यही कारण वरियतामा कुनै फेरबदल नभएको हो। पछिल्लो पाँच महिनादेखि फिफाको वरियता एकनास रहेको पाइएको छ। एशियाली देशतर्फ नेपाल २१औँ स्थानमा छ । […]

नेपाली राष्ट्रिय भलिबल टीममा रहेका खेलाडीको कोरोना बीमा गरिने

काठमाडौं । लक्ष्मीनारायण श्रेष्ठ मेमोरियल ट्रष्टले नेपाली राष्ट्रिय महिला तथा पुरुष भलिबल टोलीको खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । ट्रष्टले नेपालमा गत वर्ष मङ्सिरमा सम्पन्न भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग) खेलेका महिला तथा पुरुष खेलाडीको बीमा गर्न लागेको हो । खेलाडीको आत्मबल बढाउने उद्देश्यले कोरोना बीमा गर्न लागिएको ट्रष्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ […]

महेन्द्रसिंह धोनी र सुरेश रैनाले गरे अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा

काठमाडौं । भारतीय क्रिकेट टीमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले सन्यासको घोषणा गरेका छन्। पूर्वकप्तान धोनीले शनिबार बेलुका सामाजिक सञ्जाल इन्टाग्राममा स्टाटस लेख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको बताएका छन्। भारतका लागि विश्वकप, टी ट्वान्टी विश्वकप र च्याम्पियन्स ट्रफि जस्तो विश्वका तीन ठूला उपाधि जिताउन मद्दत गरेका धोनीले सन्यास घोषणा गरेका छन्। उनले लेखेका छन्, `धन्यवाद, माया […]

च्याम्पियन्स लिगमा बार्यनसँग बार्सिलाेनाकाे ८–२ को लज्जाजनक हार

काठमाडौं । जर्मनकाे बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई ८–२ ले पराजित गरेको छ । यो लज्जास्पद हारसँगै बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । लिस्बोनमा शुक्रबार राति भएको अन्तिम ८ को खेलमा बार्सिलोना र बार्यन म्युखिन भिडेका थिए । मेसीको कप्तानीमा रहेको बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमै अग्रता लिएको थियो । पहिलो हाफमा चार गोल […]

नेपाल बक्सिंग संघ एकलौटी ढंगबाट चलाएको भन्ने बारे संघले गर्यो आपत्ति

काठमाडौँ। नेपाल बाक्सिंग संघले आफ्नो बारे भ्रामक समाचार आएको प्रति गम्भीर ध्यान आकर्षण भएको बताएको छ। संघका महासचिवद्वारा केहि संचार माध्यममा बैठमा हातपात गरेको ,आर्थिक अनियमितता एवं बक्सिङ्ग खेलको बिकासमा संघले ध्यान नदिएको ,एकलौटी रुपमा संचालन भएको भनि दिएको अभिव्यक्ति प्रति खेद जनाउदै संगले शनिवार बिज्ञप्ति जारि गरेको छ। बिज्ञप्तिमा महासचिव जस्तो जिम्मेवार व्यक्तिबाट बाक्सिंग […]