नेपालि बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्न सफल

  काठमाडौँ  । नेपालका बक्सर सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा पुग्नुभएको छ ।

सर्बियाको बेलग्रेडमा सोमबार राति ६७ केजी तौल समूहको खेल अन्तर्गत इराकीका बक्सर अल ओहाइदीले वाकओभर दिएपछि सनिल विजेता घोषित हुनुभयो । सागमा स्वर्ण विजेता सनिलले अब प्रिक्वाटरफाइनलमा स्थान बनाउन सर्बिया बक्सर आबासोभ भाखिदसँग भिड्नु हुनेछ ।

सनिल १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपाललाई स्वर्ण पदक दिलाउने बक्सर हुनुहुन्छ । विश्व च्याम्पियनसिपमा सनिलसँगै रविन थापा, पुरन राई र भुपेन्द्र थापाले पनि सहभागिता जनाउनुभएको छ ।

Loading...